एन आर एन फ्रान्सले यही मे २७ का दिन मृतक रुद्र पुनको सहयोगार्थ नेपाली चलचित्र शत्रु गते प्रदर्शन कार्यक्रम सफल तरिकले सम्पन्न गरेको छ ।  

२२ मे २०१८ का दिन आकस्मिक निधन हुनु भएका श्री रुद्र पुन को श्रद्धाञ्जली एपिसोड को रुपमा परिणत उत्त कार्यक्रम एक पूर्व घोषित कार्यक्रम भएको र त्यसको सम्पूर्ण तयारी पुरा भईसकेको अवस्थामा संघले कार्यक्रमबाट बचत भएको सम्पूर्ण रकम स्वर्गिय पुन को शव ब्यबस्थापन तथा उहाको परिवारलाई सहयोग गर्नमा प्रयोग गर्ने निर्णय गरेको थियो ।  

पेरिस नजिकै बोबिनी (Bobigny) स्थित चलचित्र भवनमा आयोजना गरिएको कार्यक्रममा २८० जनाको क्षमता भएको हल दर्शकहरुले भरिएको थियो । कार्यक्रमको सुरुवातमा एन आर एन फ्रान्सका अध्यक्ष एक बहादुर मल्ल ज्युले स्वर्गिय पुन को आत्माको चिर शान्तिको  कामना गर्दै कार्यक्रमको भावना र मर्म बुझेर उपस्तिथ हुनुहुने सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद दिनुभएको थियो साथै संघका सचिव तथा कार्यक्रम संचालक प्रविन सापकोटा ज्युले १ मिनेटको मौन धारण गर्न आग्रह गर्नुभएको थियो। नेपाली ख्यतिप्राप्त कलाकारहरुको बेजोड अभिनय रहेको चलचित्र “शत्रु गते” लामो समय पछी चलचित्र भवनमा नेपाली चलचित्र हेर्नुहुने दर्शकहरुले राम्रो भएको विश्लेषण गर्नु भएको थियो ।

अध्यक्ष मल्लले चलचित्र प्रदर्शनबाट बचत भएको रकम पर्याप्त नहुने भएकोले सहयोगी हातहरुलाई समेत आग्रह गरिने र सबै संघ संस्था हातेमालो गर्दै अगाडी बढने बताउनु भएको छ । मृतकका परिवारको आग्रह अनुसार स्वर्गीय पुनको पार्थिव शरीर नेपाल पठाइने भएको छ ।

 

प्रकाश सापकोटा

प्रवक्ता

एन आर एन ए फ्रान्स