गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद (एनआरएनए) फ्रान्सले खेलकुदको माध्यमबाट फ्रान्सका युवा, महिला तथा बालबालिकाहरुलाई मनोरञ्जन, भाइचारा र आपसी सद्भभाव अभिवृद्धि गर्ने उदेश्यका साथ हरेक बर्ष सञ्चालन गर्दै आएको एनआरएनए स्पोर्ट डे यहि आइतबार १० अक्टोबर २०२१ को दिन लाकोर्नव अवस्थित खेलकुद मैदानमा भव्यताकासाथ सम्पन्न भएको छ।
 
उक्त प्रतियोगितामा हाम्रो निमन्त्रणालाइ स्वीकार गरि सहभागिता जनाउनुभएको मगर समाज फ्रान्स , तमु समाज फ्रान्स , मोना फ्रान्स , स्यांग्जा समाज फ्रान्स लाइ हार्दिक धन्यबाद ब्यक्त गर्दछौ। ६  टिम बीच भएको प्रतिस्पर्धामा बिजेता मोना फ्रान्स, उपविजेता तमु समाज फ्रान्स र उत्कृस्ट खेलाडी तमु समाजका दिल बहादुर गुरुंगलाई हार्दिक बधाई ज्ञापन गर्दछौ।
 
साना नानीबाबु हरु बिच खेलाइएको तातो आलू खेलकी बिजेता प्रिन्सा न्यौपाने लाइ पनि हार्दिक बधाई दिन चाहन्छौ।
 
फाइनल खेलको अन्त्यमा समय र प्रकाशको समस्याले उत्पन्न अवस्थालाई तमु समाज फ्रान्स र मोना फ्रान्स दुवै टिमका साथीहरुले गर्नुभएको सहमतिलाई एनआरएनए फ्रान्स परिवार हृदय देखि हार्दिक धन्यबाद ज्ञापन गर्दछ।
 
अन्त्यमा , हाम्रो निमन्त्रणालाइ स्वीकार गरि पाल्नुभएका फ्रान्सका लागि नेपाली राजदूत महामहिम दिपक अधिकारी ज्यू, सम्पूर्ण अतिथि ज्यू हरु , विभिन्न संघ संस्था अध्यक्ष एबम प्रतिनिधि ,उपस्थित सम्पूर्ण दाजुभाइ दिदीबहिनी हरु र उक्त खेल सम्पन्न सहयोग गर्नुहुने रेफ्री साथीहरु , आर्थिक र भौतिक सहयोग गर्नुहुने हजुर हरु सबै सबै लाइ फेरी पनि हृदय देखि धन्यबाद सहित आभार व्यक्त गर्दछौं।
 
कार्यक्रममा आर्थिक सहयोग गर्नुहुने सहयोगी हरु को नामावली यस प्रकार छ :
 
गीता खनाल थापा : १०५ यूरो
शिवराम भण्डारी : १०१ यूरो
नारायण न्यौपाने : १०० यूरो ( दोश्रो ट्रफी र मेडल प्रायोजक )
उमेश बन्जारा : १०० यूरो
मान बहादुर सेन्चुरी : ६१ यूरो
हरिहर अर्याल : ५० यूरो
तप्त भण्डारी : ५० यूरो
अमर भण्डारी : ५० यूरो
दिलिप गुरुङ : ५० यूरो
लोक बहादुर पुन : ५० यूरो
कमल बिक्रम के सी : ५० यूरो
लक्ष्मण मल्ल : ५० यूरो
टिका अधिकारी : ३१ यूरो
महेश्वर शर्मा : ३१यूरो
पारु खड्का अधिकारी : ३१ यूरो
राजेन्द्र श्रेष्ठ : ३१ यूरो
इनास फ्रान्स ( प्रविन सापकोटा , आभाष आचार्य , महेन्द्र अधिकारी , ओम गौचन , जीवन थापा, भुवन आले , शर्मिला गुरुङ , समिक्षा थापा , उदयराज पाण्डे ) : १०० यूरो
 
-एनआरएनए फ्रान्स परिवार