« राहत स्वरूप ३,००,०००/- (तीन लाख) रूपैया सहयोग घोषणा »

 

यहि २५ अप्रिल २०१५ शनिबारका दिन नेपालमा आएको विनाशकारी भूकम्पबाट ठुलो र अकल्पनीय घटनाबाट हामी सम्पूर्ण नेपालीहरु स्तब्ध भएका छौ । यस विनाशकारी भूकम्पमा परि ज्यान गुमाउने हरुप्रति भापूर्ण श्रद्दान्जली प्रकट गर्दै , घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ ।

यस दुखद घटनाबाट अत्यन्तै ठुलो जनधनको क्षति भएको र ति हृदयबिदारक दृश्यहरु आईरहेको छ यस दुखद घडीमा हाम्रो मातृभूमी र विपदमा पर्नु हुने सम्पूर्ण नेपाली दाजूभाईहरुलाई सहयोग गर्नु हाम्रो आजको सबैभन्दा ठुलो कर्तब्य हुने हुदा यस अकल्पनीय विपद को घडीमा तत्काल राहतको निम्ति गैर आवासीय नेपाली संघ फ्रान्सले रू ३,००,००० (तीन लाख) प्रदान गर्ने घोषणा गर्दछ । यस राष्ट्रीय विपदको घडीमा सहयोग गर्नुहुनका निमित्त फ्रान्सस्थित सम्पूर्ण संघ-सस्था लगाएत सम्पूर्ण गैर आवासीय नेपालीहरुमा गैर आवासीय नेपाली संघ फ्रान्स हार्दिक अपील गर्दछौं ।

साथै सहयोग दिन चाहने महानुभावहरुले एनआरएन फ्रान्सका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरू लाई सम्पर्क गरि सहयोग हस्तान्तरण गर्न आग्रह गर्दछौं ।

 

सम्पर्क ब्यक्तिहरू:-
घनश्याम पौडेल 06 22 90 09 41,
भक्त वाग्ले 06 78 96 56 78 ,
सुर्वण हमाल 06 59 69 47 34
प्रार्थी :-
गैर आवासीय नेपाली संघ, फ्रान्स परिवार ।