गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद (एनआरएनए) फ्रान्सले खेलकुदको माध्यमबाट फ्रान्सका युवा, महिला तथा बालबालिकाहरुलाई मनोरञ्जन, भाइचारा र आपसी सद्भभाव अभिवृद्धि गर्ने उदेश्यका साथ हरेक बर्ष सञ्चालन गर्दै आएको एनआरएनए स्पोर्ट डे यहि आइतबार २६ जुन २०२२ को दिन लाकोर्नव स्थित खेलकुद मैदानमा भव्यताका साथ सम्पन्न भएको छ।  

उक्त प्रतियोगितामा हाम्रो निमन्त्रणालाइ स्वीकार गरि सहभागिता जनाउनुभएको मगर समाज फ्रान्स , तमु समाज फ्रान्स , मोना फ्रान्स , स्यांग्जा समाज फ्रान्स र बाग्लुंग समाज फ्रान्सलाई हार्दिक धन्यबाद ब्यक्त गर्दछौ। सात टिम बीच भएको प्रतिस्पर्धामा बिजेता मगर समाज फ्रान्स, उपविजेता स्यांग्जा समाज फ्रान्स र उत्कृस्ट खेलाडी मगर समाज फ्रान्सका डिन बहादुर राना ज्यूलाइ हार्दिक बधाई ज्ञापन गर्दछौ। साना नानीबाबु हरु बिच खेलाइएको तातो आलू खेलको पहिलो गेमका बिजेता निशान क्षेत्री र उपविजेता सान्वी क्षेत्री साथै दोस्रो गेमका विजेता इरोन गुरूड. र उपविजेता तेन्जिन गाम्पा लाई पनि हार्दिक बधाई दिन चाहन्छौ। साथै महिला दिदीबहिनीहरुको मनोरन्जनको लागि खेलाइएको तातो आलु खेलको बिजेता खिम पुन र उपविजेता सुमित्रा थापाज्यू लाई हार्दिक बधाई ज्ञापन गर्दछौ। साथै एनआरएन ए फ्रान्सको स्पोर्ट्स डे सम्पन्न गर्न सहयोग गर्न लागिपर्नु भएका कार्यसमितिका सक्रिय साथीहरू , सम्पूर्ण आदरणीय रेफ्री साथीहरु र रेफ्रीलाई सहयोग गर्ने भाइहरू र साना नानिबाबुहरुको खेल सम्पन्न सहयोग गर्नु हुने समिक्षा थापा र समिरा थापा र केन्जल अधिकारीलाई एनआरएनए फ्रान्स परिवार हार्दिक कृतज्ञता ज्ञापन गर्दछ।

अन्त्यमा , हाम्रो निमन्त्रणालाइ स्वीकार गरि पाल्नुभएका फ्रान्सका लागि नेपाली राजदूत महामहिम दिपक अधिकारी ज्यू, एनआरएन ए फ्रान्सका निबर्तमान अध्यक्ष ज्यू, भूतपुर्ब अध्यक्ष ज्यूहरु , भूतपुर्ब आइसीसी सदस्य ज्यू, अतिथिज्यू हरु , विभिन्न संघ संस्था अध्यक्ष एबम प्रतिनिधि ज्यूहरु ,उपस्थित सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरु , आर्थिक र भौतिक सहयोग गर्नुहुने हजुर हरु सबै सबै लाइ फेरी पनि हृदय देखि धन्यबाद सहित आभार व्यक्त गर्दछौं।

कार्यक्रम सम्पन्न आर्थिक सहयोग गर्नुहुने सहयोगीहरुको नाम यस प्रकार छ :

१ . निर्मल अर्याल -१०१ यूरो

2.लोक बहादुर पुन -१००

3. प्रबिण सापकोटा -५०

4. शिव राम भन्डारी – ५२

5. प्रमोद पान्डे -५०

6. सुरज श्रेष्ठ – ५०

7. नारायण न्यौपाने – ५०

8. गीता खनाल – ५५ + चना

9. कमल बिक्रम के.सि.- ५५

10. मीन जि.सि. – ६०

11. उमेश बन्जारा – ५५

12. पारु खड्का अधिकारि -५१

13. अजय उप्रेती -५०

14. हेल्लो मो.मो. -५०

15. संगिता तिमल्सिना- ४५

16. गोबिन्द रिजाल – ५०

17. लक्ष्मण मल्ल – ५०

18. घनश्याम पौडेल – ३०

19. टीका अधिकारी – २५

20. माया राना -२१

21. हरि सापकोटा – २०

22. महेन्द्र अधिकरी- २०

23. उज्जल खनाल – २०

24. सुजन राज भट्ट – २०

25. एकेन्द्र मल्ल – २०

26. बिजय खनाल – २०

27. दिपक चालिसे – २०

28. आनन्द खनाल – १५

29. सुधिर राना -१०

30. दामु थापा -१०

31. अश्मिता शेरचन – १०५

32. केशब उप्रेती -१०

33. रेस्टुरेन्ट नमस्ते नेपाल- १०० यूरो