मोना बेल्जियमको आयोजनामा मिति ११ जुन २०२३ आइतबारको दिन सम्पन्न भएको यूरोप स्तरिय खुल्ला भलिवल प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल एनआरएन ए फ्रान्सका खेलाडी साथीहरुलाई हार्दिक बधाई ज्ञापन गर्दछौं।

बेल्जियम को अन्टरपेन सहरमा आयोजित प्रतियोगितामा ६ टिमको सहभागिता थियो।

प्रतियोगितामा दोश्रो हुन सफल फ्रान्सकै जून पेरिस टिमलाई बधाई तथा सम्पूर्ण सहभागी सहभागी टिमलाई धन्यवाद दिन चाहन्छौ। उक्त सहभागितामा हामीलाई यातायातमा सहयोग गर्नु हुने नारायण न्यौपाने ज्यू, जुद्ध गुरुङ ज्यू रामेश्वर श्रेष्ठ , दिनेश सुवेदी ज्यू लगायत भौतिक र आर्थिक सहयोग गर्नुहुने सबै सबैलाई हृदय देखि धन्यवाद दिन चाहन्छौं।बेल्जियममा न्यानो अतिथ्यताको लागि मोना फ्रान्स परिवारलाई हार्दिक धन्यबाद दिन चाहन्छौं। साथै हामी सबैलाई मिठो खाजा मो मो स्पोन्सर गर्ने समजसेवी प्रेम पुर्जा मगर ज्यू र हामीलाई मीठो परिकार बनाएर खुवाउने रेष्टुरेन्ट (Club Local ) CNTB परिवारलाई पनि मुरी मुरी मुरी धन्यवाद टक्रयाउन चाहन्छौं । साथै कार्य समिति टिममा खटिएर भलिबल टिम बनाउने टिम क्याप्टेन लोक बहादुर पुन र टिम म्यानेजर लक्ष्मण मल्ल तथा खेलाडी लिएर जानमा सहयोग गर्ने टीका दत्त अधिकारी , कमल बिक्रम केसी , राजेन्द्र बावु श्रेष्ठ ज्यूलाई पनि मुरी मुरी धन्यबाद दिन चाहन्छौं । साथै प्रत्यक्ष अप्रत्यक्ष रूपमा हामीलाई माया गर्ने , सहयोग गर्ने , हौसला दिने , शुभकामना दिने सम्पूर्ण नेपाली मनहरूप्रति आभार प्रकट गर्दछौं । एनआरएन ए फ्रान्सलाई प्रतिनिधित्व गर्ने सम्पूर्ण खेलाडी साथीहरुलाई फेरी पनि आभार अनि बधाई प्रकट गर्दछौं।

एनआरएन ए फ्रान्सका खेलाडी साथीहरुको नाम यस प्रकार छ :

१) लोक बहादुर पुन

२) मिलन गुरुङ

३) सुन्दर पुन मगर

४) सुजन पाठक

५) प्रबुद्ध के सी

६) संजय पुरी

७) प्रेम थापा मगर

८) चुचन फगामी

९) दिनेश क्षेत्री

१०) लक्ष्मन मल्ल – टिम म्यानेजर