राष्ट्रिय आविष्कार केन्द्रका सँस्थापक अध्यक्ष तथा नेपालमा सामाजिक क्षेत्रमा ख्यातिप्राप्त डा. महावीर पुनज्यु संग फ्रान्सको राजधानी पेरिसमा एक अन्तरक्रिया तथा भेटघाट कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।  

एनआरएनए फ्रान्स लगायत मा रहेका अन्य १४ ओटा संघसँस्थाहरुको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रमको विशेष अतिथि डा. महावीर पुन र प्रमुख अतिथि फ्रान्सका लागि नेपाली राजदुत महामहिम दिपक अधिकारी हुनु हुन्थ्यो। 

आयोजक संस्थाहरू

१) एनआरएनए फ्रान्स

२) नेपाली एकता समाज फ्रान्स

३) नेपाली सांस्कृतिक गृह

४) तमु समाज फ्रान्स

५) मगर समाज फ्रान्स

६) म्याग्दी समाज (MONA)फ्रान्स

७) गोर्खा समाज फ्रान्स

८) तामांग घेडुक फ्रान्स

९) जनसंपर्क समिति फ्रान्स

१०) बिधार्थी संगठन

११) पाकोफेन

१२) स्याँजा समाज फ्रान्स

१३) अन्तर्राष्ट्रीय कलाकार मंच फ्रान्स (INAS France)

१४) चितवन समाज फ्रान्स

१५) नेपाली जनप्रगतीशील मंच फ्रान्स

पेरिस ३ स्थित Place de la République भन्ने ठाउँमा भएको कार्यक्रममा उल्लेख्यरुपमा नेपालीहरुको उपस्तिथी रहेको थियो। नेपाली रास्ट्रिय गानबाट सुरु गरिएको कार्यक्रममा आयोजक नेपाली संघ सँस्थाहरुको तर्फ बाट एनआरएनए फ्रान्सकी अध्यक्ष्य गीता खनाल थापा र आयोजक समितिको तर्फ बाट लक्ष्मण कुमार गुरुङले डा. महावीर पुनलाइ खादा ओडाई पुष्प गुच्छाले स्वागत तथा सम्मान गर्नु भएको थियो। त्यस्तै महामहिम राजदुत दिपक अधिकारीलाई स-धन्यवाद सम्मान गरिएको थियो।

कार्यक्रममा बोल्दै महामहिम राजदुत अधिकारीले डा. पुनको युरोप यात्रा सफलताको कामना गर्दै उहाँले देशको इन्जिन भनिने युवा वर्गलाइ प्रेरणा प्रदान गरेर प्रविधिको विकास संगै उनीहरुलाइ देशको विकासमा आकर्षित गर्ने अभियानका लागि शुभकामना दिनुभएको थियो ।

आविस्कार केन्द्रका अध्यक्ष डा. पुनले यसरी संघसँस्थाहरु मिलेर संयुक्त कार्य गरेकोमा प्रसंशा गर्दै भिडियो मार्फत आफुले बाल्यपन देखि आविस्कार केन्द्रसम्म पुग्न पार गरेका रमाइला र चुनौतीपूर्ण घटनाहरुको बारेमा संक्षिप्त जानकारी दिनुभयो। उहाँले जनस्तर र विदेशीको सहयोगबाट स्थापित केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्यलगायतका कयौं अन्य क्षेत्रमा गरिरहेका नयाँ-नयाँ अनुसन्धानका कामहरुको जानकारी दिनुभयो । 

कार्यक्रमको अन्त्यमा फ्रान्समा रहेका नेपालीहरुले डा महावीर पुन संग अवास्कार केन्द्रले गरिरहेका र गर्न सक्ने कामहरुको बारेमा आफ्ना जिज्ञासाहरु राखेका थिए।

फ्रान्समा रहेका नेपाली संघ सँस्थाहरुले सँस्थाको कोषबाट तथा सहयोगी दाताहरुबाट आर्थिक संकलन गरेर आविस्कार केन्द्रको सहयोगार्थ रु १० लाख उन्चालिस हजार ४७ रुपैयाँ नेपाल पठाएका थिए।

तस्विरहरु