आदरणीय फ्रान्स बासी दाजुभाई तथा दिदीवहिनीहरु नमस्कार !!सर्वप्रथम आउँदै गरेको शुभ दिपावली २०७८ को पावन अवसरमा यहाँहरू सबैलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

हरेक वर्ष एन आर एन ए फ्रान्सले देउसीभैलो कार्यक्रमबाट संकलित रकम आपतकालिन कोषमा जम्मा गर्ने गरी तपाईहरूको घरआगनमा देउसीभैलो खेल्दै आइरहेको छ , हरेक वर्ष झैं यो वर्षको देउसीभैलो को सुरुवात नेपाली राजदूताबास फ्रान्सका महामहिम राजदूत ज्यूको निवासबाट सुरुवात गरि हजुरहरुको घर आगनमा आउने जनाकारी सहित हजुर हरु सबैको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं।

देउसीभैलो बाट सहयोग स्वरूप उठेको रकम एन आर एन ए फ्रान्सको आकस्मिक कोष मार्फत नेपाल र फ्रान्समा आइपर्ने आपतकालीन समस्याहरुमा सहयोग गरिने कुरा जानकारी गराउँदछौ।

देउसभैलो कार्यक्रम तालिका :-यही २९ ऑक्टोबर(October) शुक्रबार वेलुकी १९ बजेबाट नेपाली दुतावास पेरिस फ्रान्सका महामहिम राजदुत दिपक अधिकारी ज्यूको निवास ( नेपाल एम्वेसी पेरिस रेसिडेन्ट घर ) बाट शुरू हुदै छ, उक्त मिति र समयमा ईच्छुक दाजुभाई दिदीवहिनीहरू सबैलाई उपस्थित भै देउसीभैलीमा सहभागीताको लागी हार्दिक निमन्त्रणा गर्दछौं ।

Date : 29 Octobre 2021

Résident of ambassadorAddress:- 7 Rue Albéric Magnard 75116 ParisMetro: 9 Station: la muette

नोट : देउसी भैलो खेल्ने अन्य स्थानको सूचना हामी छिट्टै नै फेसबुकमा प्रकाशित गर्नेछौं।