गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद फ्रान्सले आइतबार ११ सेप्टेम्बर २०२२ का दिन पेरिस नजिकै Bobigny शहरमा एक सांस्कृतिक साँझको आयोजना गर्ने भएको छ। ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरु गायक कालि प्रसाद बास्कोटा र गायिका तृष्णा गुरुङको विशेष प्रस्तुतिका साथ कार्यक्रम भव्य मनोरन्जात्मक रुपले संचालन गर्न विभिन्न व्यवस्थापकीय तयारीहरु तिव्रताका साथ अगाडी बडाएको छ।

वरिष्ठ गायक कालि प्रसाद बास्कोटा नेपालका सफल संगीतकार, रचनाकार तथा गायक हुनुहुन्छ। उहाँ « साली मन पर्यो », « जालमा », « निरा », « लप्पन छप्पन », « पन्छी », « दैव हे » जस्ता गितहरु बाट सांगीतिक क्षेत्रमा चर्चाको शिखरमा आउनु भएको हो। उहाँ नेपाली टेलिभिजन मार्फत प्रसारण हुने नेपाल आइडलका ३ शृंखलाहरुमा जर्जको भूमिकामा रहनु भएको थियो।

त्यस्तै ख्यातिप्राप्त राष्ट्रिय कलाकार गायिका तृष्णा गुरुङको « माया पिरती », « गाइने दाजै », « रेलैमा » जस्ता उत्कृस्ट गितहरु मार्फत दर्शक/श्रोताहरुको मन छुन सफल रहनु भयो। द भोइस अफ नेपालमा जर्जको भूमिकामा रहदै नेपाली सांगीतिक क्षेत्रको उहाँ शिखरमा हुनु हुन्छ।

नेपालमा हुने ठुला महोत्सव कन्सर्टमा हजारौ दर्शकलाई नचाउदै र युटुब र सामाजिक सञ्जालहरुमा लाखौको साथ पाउदै आउनु भएका युवा पुस्ताका चर्चित कलाकारहरु अहिले युरोपका दर्शकहरु माँझ आउनु भएको हो।

« सांस्कृतिक साँझ (Au Revoir l’été) » कार्यक्रम मा हजुर हरु सबैको उपस्थिति को लागि हार्दिक अनुरोध गर्दछौं।

कार्यक्रम हुने मिति : आइतबार ११ सेप्टेम्बर २०२२

समय : १४:00 बजे

स्थान : 23 rue de Stalingrad 93000 Bobigny

प्रवेश शुल्क : १५ (जुस,पानि र खाजा सहित ) १० बर्ष मुनिका नानीबाबुहरु लाइ नि:शुल्क