गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद एनआरएनए फ्रान्सले आफ्नो वार्षिक साधारणसभा सम्पन्न गरेको छ। ६ नोभेम्बर २०२२ का दिन पेरिस नजिकै सम्पन्न कार्यक्रममा संघको विधान संसोधनका साथै वार्षिक विविध गतिविधि र वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो। एनआरएनए फ्रान्सकी अध्यक्ष गीता खनाल थापाज्युको अध्यक्षता र नेपाली दुतावास पेरिसका महामहिम राजदुत दिपक अधिकारीको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।

सँस्थाका सचिव कमल विक्रम केसीले सँस्थाको वार्षिक गतिविधि प्रस्तुत गर्दै, एक वर्ष अवधिमा सम्पन्न / अगाडी बढाइएका कामहरुका बारेमा संक्षिप्त जानकारी दिनु भएको थियो। त्यस्तै साधारणसभामा सँस्थाको वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो।

सँस्थाको वार्षिक साधारण सभाले सर्वसम्मतिमा आफ्नो विधान संशोधन गरेको छ । विधान संसोधन समितिले करिब चार महिना लगाएर विधानका धाराहरु अध्ययन गरी विभिन्न धाराहरु थपघट, संशोधन गर्दै कार्यसमिति समक्ष बुझाएको थियो । विधान उपर छलफलका लागि फ्रान्समा रहेका सम्पूर्ण नेपाली सामाजिक संघ-सँस्थाहरु संग छलफल/परामर्श गरिएको थियो। उक्त विधानलाई समितिको तर्फबाट वार्षिक साधारण सभामा प्रस्तुत गरिएको थियो । संशोधित र परिमार्जित बुँदामाथि सभामा आएका जिज्ञासाहरु माथि छलफल गर्दै संशोधित विधनालाई पास गर्न गरिएको प्रस्ताव सर्वसम्मत बाट पास भएको थियो । फ्रान्सवासी नेपालीहरुको माग, भावना र ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने एनआरएनएको मुल नारालाई ध्यान दिएर विधान संशोधन गरिएको अध्यक्ष गीता खनाल थापाज्यु ले बताउनु भएको थियो।

नेपाली दुतावास पेरिसका महामहिम राजदूत दिपक अधिकारीले एनआरएनए नेपाल सरकारले पहिचान गरेको, सरकारकै एक हिस्सा भएकाले सँगै काम गर्न र सहयोग गर्न पाउन्नु खुशिको भएको बताउनु भयो । कार्यक्रममा आएका जिज्ञासाहरुमा प्रस्ट पर्दै उहाँले फ्रान्समा अप्ठ्यारोमा परेका जुनसुकै परिस्तिथि रहेका नेपालीहरुलाइ नेपाली राजदुतावास पेरिसले सरकारी कागजी कामहरुमा सहयोग गरिरहेको बताउनु भयो।

अध्यक्ष गीता खनाल थापाज्युले कार्यक्रम समापन गर्दै « नेपालीको नोट चल्ने, साथ चल्ने, दुख र असजिलो, गाह्रोसाह्रो पर्दा सबै सहयोग चल्ने तर संस्थामा सदस्यता र आबद्दता किन नचल्ने ? किन आफूले चाहेका ब्यक्तिले सदस्यता पाउने तर उहि खालको हैशियतका अन्य नेपालीले नपाउने ? यो पक्षधरता, यो समस्यालाई हामीले समाधान गर्न खोजेका थियौं । हामीले त्यो गर्‍यौं । एनआरएनए बल्ल सबैको साझा संस्था बनेको छ ।” साथै उहाँले यो अभियानमा साथ दिएकामा सबैलाई धन्यावाद दिनुभयो।

नेपाली कला संस्कृतिको सम्मान, प्रबर्धन र संरक्षण गर्ने उदेश्य सहित एनआरएनए फ्रान्सको वार्षिक कार्यतालिका अन्तर्गतको एनआरएन देउसी भैलो कार्यक्रम पनि सोहि दिन समापन भएको थियो। २४ अक्टोबर २०२२ सोमबारको साँझ नेपाली राजदूत निवास पेरिस बाट सुरुवात भै विभिन्न समाजसेवी, व्यवसायीहरुकोमा पुगेर देउसी भैलो कार्यक्रममार्फत सँस्थाको आपतकालीन कोषमा आर्थिक संकलन हुँदै आएको कार्यक्रम सवै सदस्यहरुलाई निमन्त्रणा गर्दै समापन गरिएको थियो ।