गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद एनआरएनए फ्रान्सले आयोजना गरेको सांस्कृतिक साँझ « Au revoir l’été » यहि आइतवार ११ सेप्टेम्वर २०२२ का दिन भव्यताका साथ सम्पन्न भएको छ।

एनआरएनए फ्रान्सकी अध्यक्ष गिता खनाल थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महामहिम राजदुत दीपक अधिकारीज्यु प्रमुख अतिथि हुनु हुन्थ्यो। कार्यक्रम सञ्चालन एनआरएनए फ्रान्सका सचिव कमल बिक्रम केसिज्युले गर्नु भएको थियो। नेपालका ख्यातिप्राप्त गायक/संगीतकार काली प्रसाद बास्कोटाज्यु र गायिका तृष्णा गुरुङज्यु को विशेष अतिथ्यामा फ्रान्सका स्थानीय कलाकारहरुको धमाकेदार प्रस्तुतिका साथ कार्यक्रम अत्यन्तै मनोरन्जनात्मक भएको थियो।

कार्यक्रममा आभाष आचार्य, स्वस्तिक राइ, नबिन परियार, जेनी गुरुङ, क्रिस्टिना अधिकारी, केंजल अधिकारी, समीक्षा थापा, समीरा थापा, अस्मि थापा, दिलिषा भट्ट, सृष्टी शर्मा, रोशिना अधिकारी लगायत स्थानीय कलाकारहरुले गायन तथा नृत्य प्रस्तुत गर्नु भएको थियो।

कार्यक्रममा हलको क्षमता भन्दा पनि अत्यधिक धेरै नेपालीहरु सहभागी हुनु हुन्थ्यो। सवैलाइ उठाएर नचाउन अतिथि कलाकारहरुलाइ खासै गार्हो भएन, कार्यक्रममा दर्शक बनेर बस्न भन्दा नाचेर सहभागी हुनेको संख्या धेरै थियो। तृष्णा गुरुङजीले आफ्नो चर्चित « खानी हो यामु हे कान्छा » गित गाउदा हल भरीनै एकैसाथ गित गुञ्जिएको थियो। उहाँले आफ्नो सवै भन्दा हेरिएको/सुनिएको गित « माया पिरती » गाउँदा प्राय सवै दर्शकहरु गाउँदै नाच्दै रमाइलो गर्नु भएको थियो।

गायक/संगीतकार काली प्रसाद बास्कोटालाइ दर्शकहरुले उनीहरुको रोजाइको गित गाइदिन आग्रह गर्दै थिए। उहाँको « सुन बाटुली » गितले हललाइ डिस्कोमा परिणत गरेको थियो। त्यसै क्रममा « निरा जहिले रिसाउने  » र « साली मन पर्यो » बोलको गितमा आइपुग्दा नाच्ने दर्शकहरुको भिडले हलमा खाली ठाउँ भेटाउन नसकिने भएको थियो।

कार्यक्रममा अतिथि कलाकारहरु काली प्रसाद बास्कोटा र तृष्णा गुरुङलाइ एनआरएनए फ्रान्सले सम्मान पत्र प्रदान गर्दै धन्यवाद ज्ञापन गरेको थियो। महामहिम राजदुत दीपक अधिकारीज्युले यस प्रकारका कार्यक्रमले नेपालीहरु विच भातृत्व बढाउने भन्दै सम्पूर्ण फ्रान्सवासी नेपालीहरुलाइ शुभकामना दिनु भएको थियो। कार्यक्रममा फ्रान्स स्थित नेपाली संघ सँस्थाहरुका अध्यक्ष तथा पदाधिकारीज्युहरुको उपस्तिथी रहेको थियो।

एनआरएनए फ्रान्सकी अध्यक्ष गिता खनाल थापाज्युले सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद दिदै कार्यक्रमलाइ सफल बनाउन आर्थिक सहयोग गर्ने दाताहरुलाइ सम्मान पत्र वितरण गर्नु भएको थियो। त्यस्तै उहाँले कार्यक्रममा खटिनु हुने र स्टेजमा आफ्नो प्रस्तुति दिएर कार्यक्रम भव्य बनाउन सहयोग गर्नुहुने सवैलाइ धन्यवाद दिनु भएको थियो। :

एनआरएनए फ्रान्सले आयोजना गरेको सांस्कृतिक साँझ « Au revoir l’été » आइतवार ११ सेप्टेम्वर २०२२
गायक/संगीतकार काली प्रसाद बास्कोटा, एनआरएनए फ्रान्सले आयोजना गरेको सांस्कृतिक साँझ « Au revoir l’été » आइतवार ११ सेप्टेम्वर २०२२
गायिका तृष्णा गुरुङ, एनआरएनए फ्रान्सले आयोजना गरेको सांस्कृतिक साँझ « Au revoir l’été » आइतवार ११ सेप्टेम्वर २०२२
महामहिम राजदुत दीपक अधिकारी, एनआरएनए फ्रान्सले आयोजना गरेको सांस्कृतिक साँझ « Au revoir l’été » आइतवार ११ सेप्टेम्वर २०२२
अध्यक्ष गिता खनाल थापा, एनआरएनए फ्रान्सले आयोजना गरेको सांस्कृतिक साँझ « Au revoir l’été » आइतवार ११ सेप्टेम्वर २०२२