९ सेप्टेम्बर २०१८ मा  एकता समाज फ्रान्सले आयोजना गरेको फुटबल प्रतियोगितामा एन आर एन ए फ्रान्सको तर्फबाट सहभागीता रहेको थियो ।  उल्लासमय बातावरणमा आयोजना गरिएको सातौं एकता रनिंग कप फुटबल प्रतियोगितामा १० नेपाली टीमहरूको सहभागिता रहेको थियो।यी सबै टीमलाई पछाडी पार्दै तमु समाज फ्रान्स खैरो टीसर्टले बिजय प्राप्त गरी आकर्षक रनिंग कप मेडल तथा ९०० युरो प्राप्त गर्नु सफल भएको थियो।