गैर आवसिय नेपाली संघ रास्ट्रिय समन्वय परिषद फ्रान्सले यही सोमबार २५ फेब्रुअरीका दिन फ्रान्सका लागि नेपाली राजदुत महामहिम अम्बिका देबी लुइन्टेल मानन्धरज्युलाई उहाँ को ४ वर्ष २ महिना को फ्रान्सको कार्यकाल समाप्त भइ नेपाल फर्किन लाग्नु भएकोमा “विशेष विदाई कार्यक्रम” सम्पन्न गर्‍यो।  संस्थाका सह-कोषाध्यक्ष अजय उप्रेतीज्युको “द हिमालयन रेस्टुरेन्ट“ मा रात्रिभोजका साथ सम्पन्न कार्यक्रममा महामहिम राजदुतज्यु लाई प्रशंसा-पत्र, फुलको गुच्छा र खादा ओढाई संघका अध्यक्ष एक बहादुर मल्ल, आई सि सि सदस्य सुवर्ण हमाल, संस्थापक अध्यक्ष हरिहर अर्याल, प्रमुख संरक्षक मुकुन्द अमात्य, सल्लाहकार तथा भुपु उपाध्यक्ष हरि सापकोटा र कार्यसमिति का पदाधिकारी एवं सदस्यहरू सबैले बिदाई गर्दै आ-आफ्नो भावना र मनका विदाईका शब्दहरू व्यक्त गरेका थिए ।

महामहिम राजदूतज्युले आफ्नो तर्फबाट एन आर एन ए फ्रान्सलाइ मायाको चिनो प्रदान गर्दै संस्थाका का भुपु तथा बर्तमान कार्यसमितिका पदाधिकारीहरुलाइ खादा ओडाएर सम्मान गर्नु भएको थियो ।

कुनै पारिवारिक बिछोडमाझै भावनात्मक वातावरणमा आफ्ना मनका शब्दहरु ब्यक्त गर्दै महामहिम राजदुतज्युले फ्रान्समा रहेका गैर आवसिय नेपालीहरुले अफुलाई दिएको साथ सहयोग र सद्भभाव प्रती धन्यवाद ब्यक्त गर्नुहुदैं राजदुतावासले आफ्नो कार्यक्रालमा गरेका कामहरुको संछिप्त जानकारी दिनुभयो। साथै संस्थाले हालै सुरु गर्न लागेको नेपाली पाठशाला लगाएत  बिभिन्न सामाजिक कामहरुमा सफलता मिल्दै जाओस भनि शुभकामना दिनुभएको थियो।
एनआरएनए फ्रान्सका अध्यक्ष एक बहादुर मल्लज्युले महामहिम राजदुत अम्बिका देबी लुइन्टेलज्युले फ्रान्समा विवादरहितरुपले आफ्नो कार्यकाल सफलताका साथ सम्पन्न गर्नु भएको संस्थासंग राम्रै सहकार्य गर्नु भएको र विभेदरहितरुपले सम्पूर्ण संघसंस्थाहरुलाइ साथ र सहयोग गर्नु भएकोमा धन्यवाद ब्यक्त गर्दै देशलाइ बिभिन्नरुपमा योगदान गर्दै जानुहुनेछ भनि संस्थाको तर्फबाट शुभकामना दिनुभयो ।

प्रवक्ता

प्रकाश सापकोटा

एनआरएनए फ्रान्स परिवार