आदर्णिय फ्रान्स वासी दाजुभाई,दिदीवहिनी ज्युहरू 
सबैलाई नमस्कार !
एन आर एन ए को विश्वसंजाल हाल सम्म ७८ देशमा पुगेको त विभिन्न मिडियाबाट सबैलाई जानकारी भएकै कुरा हो । यस संस्थाको विधान मै स्पस्ट रूपमा विभिन्न गतिविधिको लागी विभिन्न समिति ,उपसमिती तथा संयोजकको व्यवस्था समेत गरे अनुसार , अन्तर्राष्ट्रिय महिला दिवश पनि मनाउंदै आईरहेको ले यस वर्ष फ्रान्सको एन आर एन ए महिला समितीले पेरिस स्थित महिला संघहरू विविन्न ७ वटा र १५ पेरिस नगरपालिका संग मिलि यही १० मार्च २०१८ का दिन १५ पेरिस कै नगरपालिका को तल उल्लेखित स्थानमा विभिन्न कार्यक्रम सहित अन्तर्राष्ट्रिय महिला दिवश भव्यरूपमा मनाउने निर्णय गरेको कुरा यहाँहरू समक्ष सुचना गर्दै ,उक्त कार्यक्रममा सम्पूर्ण दाजुभाई ,आमा ,दिदीवहिनीहरू लाई हार्दिक निमन्त्रण गर्दछौं ।

भवदीय:
पान कुमारी मल्ल-पारू
(महिला संयोजक)
-एन आर एन ए फ्रान्स ,

कार्यक्रम संम्बन्धि विवरण :
(१) मिति: १० मार्च २०१८,
(२) समय: दिन को २:०० देखि साँझ ६:३० बजे सम्म,
(३) प्रवेश शुल्क: नि:शुल्क प्रवेश साथमा को जलपाल निःशुल्क व्यवस्था,
(४) स्थान : 22 rue de la saida -75015 Paris ( metro 12-station: Porte de Versailles-Tramway T3 ou Bus:89: arrêt -Georges Brassens.
नोट: थप जानकारीको लागी एन आर एन ए फ्रान्सका पदाधिकारीलाई सिधा सम्पर्क गर्न सक्नुहुने छ ।