गैर आवाशीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सले आपतकालीन राहत कोष कोलागी आर्थिक संकलन स्वरूप हरेक बर्ष झैँ यस बर्ष पनि शुभ दिवापवाली को आवसरमा नेपाली राजदुताबासको रेसिडेन्ट पेरिसमा भब्यताका साथ देउसी भैलो कार्यक्रम सम्पन्न भयो ।उक्त कार्यक्रममा नेपाली राजदूताबास पेरिसकी महामहिम राजदुत श्रीमती अम्बिका देवीलुइँटेल मानन्धर ज्यू ले देउसी भैलो टोलीलाई स्वागत गर्नुभएको थियो।
साथै कार्यक्रममा बिभिन्न पेशा ब्यावसायमा सम्लग्न ब्येक्तिहरु,नेपाली बिधार्थीहरु कार्यसमितिका पदाधीकारीहरु लगायत धेरै जनाको उपस्तिथि थियो।गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद,फ्रान्सका अध्यक्ष एक बहादुर मल्ल ले दिपावलीको सुभकामना तथा आपतकालीन राहत कोष को बारेमा जानकारी गराउदै ,नेपाली राजदूताबास पेरिस तथा कार्यक्रम लाई सफल बनाऊन अहोरात्र खटिनु भयका सम्पूर्ण ब्येक्तिहरु मा धन्यबाद ज्ञापन गर्नुभएको थियो।र सम्पूर्ण महानुभाब हरुले नेपाली गीत संगीतमा नाचगान गरि कार्यक्रमलाई भब्य र रमाइलो गराउनु भयको थियो ।

नोट: हामीले देउसी भैलो खेल्ने टोल,स्थान र समयको को बारेमा facebook र website मा जानकारी गराउदै जाने छौ। आफुलाई पायक पर्ने ठाउमा आफ्नो उपस्तिथि जनाई कार्यक्रममा सहभागी भैदिनु हुन को लागि पेरिस बासी नेपाली दाजु-भाई,दिदि-बहिनिहरु तथा सम्पूर्ण मा सादर अनुरोध गर्दछु।हाम्रो यस आभियान लाई सफल पार्न यहाहरु सबैको सहयोगको अपेक्ष्या गर्दछौ।