पेरिस/ गैर आवाशीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सले सम्पूर्ण नेपालीहरुको महान चाड « शुभ दिपावली » २०७४ को पावन अबसरमा हाम्रो संस्कृति जर्गेना साथै संस्था को आपतकालीन राहत कोषमा आर्थिक बृदि गर्ने आभिप्रायले « देउसी भैलो » कार्यक्रम नेपाली राजदूतावास पेरिसको रेसिडेन्ट वाट सुरूवात गरि २९ अक्टोबर आइतवारका दिन समापन कार्यक्रम कार्यसमितिका सह कोषाध्यक्ष अजय उप्रेति परिवार तथा रेस्टुरेन्ट द हिमालय पेरिसमा देउसी भैलो टोलिलाई भब्य स्वागत गरि मनाईएको थियो। उक्त कार्यक्रममा एन आर एन ए फ्रान्सका निबर्तमान अध्यक्ष भक्त वाग्ले ज्यूले देउसि भैलो टोलिलाई स्वागत गर्दै आपतकालीन राहत कोषको लागि सहयोग गर्नुहुने सम्पूर्णमा धन्यबादका साथै असल कार्यको लागि हामी सबै एकजुट भएर लाग्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।
कार्यक्रममा भू पु अध्यक्ष तथा सल्लहाकार घनश्याम पौडेल ज्यू ले  संस्थाले बिगतमा झैं यस बर्ष पनि आपतकालीन राहत कोष कार्यक्रम « देउसी भैलो » लाई निरन्तरता दिदै यस अभियानमा खटिनु भएका नबनिर्वाचित कार्यसमितिका पदाधिकारीहरू, सबैमा धन्यबाद टक्राउनु भएको थियो । उक्त कार्यक्रममा बिभिन्न संघ संस्थाका पदाधिकारीहरू, भूपु उपअध्यक्ष हरि सापकोटा, भूपु कोषध्यक्ष थमन टण्डन तथा भूपु सचिव कृष्ण पराजुलि, भूपु सदस्यहरू साथै कार्यसमितिका वरिष्ट उपाध्यक्ष गिता थापा, उपाध्यक्ष चेत भक्त ढुंगान, महासचिव नरेन्द्र शाही(ठकुरी), सचिव प्रविन सापकोटा, कोषाध्यक्ष मिन श्रेष्ठ, युवा प्रतिनिधि प्रमोद पाण्डे, महिला प्रतिनिधि पार्वती मल्ल, प्रवक्ता प्रकास सापकोटा, सदस्यहरू शिखा राई, नितेस पौडेल, शिव शर्मा, देवि जंग गुरूगं साथै कार्यक्रममा बिभिन्न पेशा ब्यावसायमा सम्लग्न ब्येक्तिहरु, नेपाली बिधार्थीहरुको उल्लेखनीय मात्रामा सहभागिता थियो ।नेपाली गीत संगीतमा नाचगान गरि कार्यक्रम भब्य र रमाइलो गरि सम्पन्न भएको थियो ।एन आर एन ए फ्रान्सका नब निर्वाचित अध्यक्ष एक बहादुर मल्लले आपतकालीन राहत कोषको लागि आर्थिक सहयोग गुर्नुहुने सम्पूर्ण पेरिस बासी दानबिर नेपालीहरु साथै प्रतक्ष्य वा अप्रतक्ष्य रुपमा कार्यक्रम सफल बनाऊन अहोरात्र खटिनु भयका सम्पूर्णमा हार्दिक धन्यबाद ज्ञापन गर्दै कार्यक्रम समापन भएको थियो।

अध्यक्ष
एक बहादुर मल्ल
तथा
एन आर एन ए फ्रान्स परिवार

 

केहि तस्विरहरु :