गोरखा / रास– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भूकम्प प्रभावित गोरखाको लाप्राकस्थित गुप्सीपाखामा नमुना बस्ती बनाउन निजी आवास निर्माणलगायत संरचनाका लागि धमाधम घडेरी खार्ने काम अघि बढाएको छ । भूकम्पप्रभावित लाप्राकवासीलाई सरकारले गुप्सीपाखामा घर बनाउने प्रयोजनका लागि घडेरी उपलब्ध गराएपछि एनआरएनएले अहिले घडेरी खार्ने काम गरिरहेको छ ।

Prime Minister Pushpa Kamal Dahal (left) and Non-Resident Nepalis Association (NRN) President Shesh Ghale lay foundation stone for the Integrated Model Settlement, constructed for survivors of the 2015 Gorkha Earthquake, in Laprak of Gorkha district on October 7, 2016. Photo: PM’s Secretariat

६ सय १७ टहरा हटाएर गुप्सीमा घडेरी बनाइएको हो । गुप्सीमा बस्दै आएका लाप्राकी कोही पुरानै गाउँ तथा कोही रिन्जिलुङतर्फ सरेका छन् । लाप्राक पुनर्निर्माणको कामलाई गति दिन एनआरएनएका अध्यक्ष शेष घले नेतृत्वको टोली गत ११ पुसदेखि शुक्रबारसम्म लाप्राकस्थित गुप्सीपाखामा बसेका थिए । पुनर्निर्माणका लागि आवश्यक स्वयंसेवक बस्ने आवास गृह, खानेपानीलगायत पूर्वाधार खडा गर्नका लागि पूर्वतयारी गर्न भन्दै अध्यक्ष घले केही समय गोरखाको गुप्सीमा बसेका हुन् । एनआरएनएले पनि आगामी एक वर्षभित्र निजी घर, विद्यालय लगायत सार्वजनिक भवनको निर्माण गर्ने गरी कामलाई तीव्र रूपमा अघि बढाएको हो । गुप्सीपाखामै इँटा बनाउने मेसिन पु¥याएर निजी आवास निर्माणलाई तीव्र रूपमा अघि बढाउने एनआरएनएको तयारी छ । लाप्राकको सिंगोे बस्ती एनआरएनएले पुनर्निर्माण गर्ने जिम्मा लिएपछि लाप्राकवासीले सरकारले दिने भनेको अनुदान रकमसमेत लिन पाएनन् ।

Press release ->

स्रोत : rajdhanidaily