पोर्चुगलवासी नेपालीहरु यतिबेला पोर्चुगलमा नेपाली राजदूतावास स्थापनाको निम्ति जोडतोडले लागेका छन्। पोर्चुगलमा नेपाली राजदूतावास नहुँदा साधारण कामको लागि पनि फ्रान्स धाउनुपर्ने बाध्यता छ। दिन प्रतिदिन नेपालीहरुको संख्यामा बृद्धि हुँदा समस्याहरु पनि बढ्दै गइरहेको छ |

यहाँका संघ संस्थाका अगुवाहरू पोर्चुगल भ्रमणमा रहेका हरेक बिशिष्ट ब्यक्तित्वहरु समक्ष राजदूतावास स्थापनाको निम्ति आवश्यक पहल गरिदिन अनुरोध गर्दै ज्ञापन पत्र बुझाएका छन्। एनआरएन केन्द्रीय अध्यक्ष शेष घले, उपाध्यक्ष भवन भट्ट, नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भटराई, संघीय समाजवादी फोरमका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव, नेपाली कांग्रेसका सांसद बहादुर लामासम्मले आवश्यक पहल गरिदिने आश्वासन दिएर पनि अहिलेसम्म पोर्चुगलमा राजदूतावास स्थापनाको कुनै ठोस निर्णय हुन सकेको छैन। यतिबेला फेरि पोर्चुगलमा राजदूतावास स्थापनाको पहलको निम्ति आवस्यक कागजपत्र बोकेर एनआरएन पोर्चुगलका उपाध्यक्ष शम्भु गौतम नेपाल लागेका छन्।

नेपाल बसाईको क्रममा सम्बन्धित पक्षहरु समक्ष भेटघाट गरी ज्ञापन पत्र बुझाउने र पोर्चुगलमा नेपाली राजदूतावास स्थापनाको आबश्यकता प्रष्ट रुपमा प्रतक्ष्य राख्ने कुरा उपाध्यक्ष गौतमले जानकारी दिएका छन्।

स्रोत : सेतोपाटी संवाददाता पोर्चुगल, पुस ६