मिति १९/११/२०१७, गैर आवासीय नेपाली संघ फ्रान्सका अध्यक्ष एक बहादुर मल्लज्यु को अध्यक्षतामा तेस्रो कार्यसमितिको बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ ।

बैठकमा विगतका कार्यकालमा भएका कार्यहरुको समीक्षा, देउसी भैलो कार्यक्रमको समीक्षा, संस्थागत लगायतका अन्य सरोकारका विषयमा विस्तृत छलफल गरिएको थियो । साथसाथै आगामी एक वर्षभित्र गरिने  बार्षिक कार्यक्रमहरुको योजना तर्जुमा गरिएको छ ।

बैठकमा वर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, अध्यक्ष एक बहादुर मल्ल, बरिस्ठ उपाध्यक्ष गीता खनाल थापा,  उपाध्यक्ष चेत भक्त ढुंगाना, महासचिव नरेन्द्र शाही ठकुरी, सचिव प्रविन सापकोटा, कोषाध्यक्ष मिन कुमार श्रेष्ठ,  सह-कोषाध्यक्ष अजय अन्तन उप्रेती, युवाप्रतिनिधि प्रमोद पाण्डे, सदस्य  शिखा राई ‘अस्मिता’, सदस्य देवी जंग गुरूंग, सदस्य शिव प्रसाद शर्मा, प्रवक्ता प्रकाश सापकोटा, आइ सी सी सदस्य सुवर्ण विक्रम हमाल ठकुरी तथा निवर्तमान अध्यक्ष भक्त बहादुर वाग्लेज्यु को उपस्थिति रहेको थियो ।

बैठकको उदघाटन गर्दै संस्थाका अध्यक्ष एक बहादुर मल्ल ज्यु ले नेकपा माओवादीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री  पुस्पकमल दाहालका सुपुत्र प्रकाश दाहालको दुखद मृत्यु भएकोमा दुख प्रकट गर्दै मृतआत्माले शान्ति पाओस् साथै शोकाकुल परिवारजनमा धेर्य धारण गर्ने शक्ति मिलोस भनि कामना गर्नु भएको थियो ।

बैठकमा एन आर एन फ्रान्सको प्रवक्ता पदमा श्री प्रकाश सापकोटा ज्युलाइ मनोनित गर्दै अध्यक्ष ज्युले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको थियो ।

देउसी भैलो कार्यक्रम सफलताका साथ सम्पन्न भएकोमा आयोजक समितिलाई धन्यबाद प्रकट गर्दै त्यसको समीक्षा तथा आपतकालीन कोषमा जम्मा गर्न संकलित रकम र कार्यक्रम सम्पन्न गर्न लागेको खर्चको बिवरण प्रस्तुत गरिएको थियो, अध्यक्ष एक बहादुर मल्ल ज्युले देउसीभैलो कार्यक्रम सफलताका साथ सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण महानुभाव हरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो, सम्पूर्ण कार्यसमितिका पदाधिकारीहरुले उक्त कार्यक्रमको समीक्षा गर्नुभएको थियो ।

बैठकमा पेरिसस्थित अस्पतालमा उपचारार्थ श्री प्रदीप राना मगर ज्युको सिघ्र स्वास्थलाभको कामना गर्दै उहालाई एन आर एन को तर्फबाट सहयोग जारी राख्न तथा अरु के कसरि सहयोग गर्न सकिन्छ प्रदिप ज्यु र उहाको परिवारसंग पनि परामर्श गर्दै गर्नु पर्ने निर्णय गरिएको छ ।

आइ सी सी सदस्य सुबर्ण हमालज्यु ले काठमाण्डौमा सम्पन्न महाधिवेशन, नया केन्द्रिय कार्यसमिति र महाधिबेसनमा भएका निर्णयहरु जानकारी गराउनु भएको थियो ।

साथै कार्यक्रममा एन आर एन ए फ्रान्सको कार्यालय खोल्नुपर्ने, महिलाहरुको लागि कार्यक्रम के कसरी तय गर्ने, नन्त मा छेत्रीय शाखा खोल्ने, बालबालिकाहरुको लागि कार्यक्रम ल्याउनुपर्ने आदि बिषयहरुमा पनि छलफल गरिएको थियो ।

नया गठित कार्यसमिति लाइ पूर्णता दिन एन आर एन फ्रान्सको विधान अनुरुप संरक्षक समिति र सल्लाहकार समिति यसअनुसार गठन गरिएको  छ :

 

संरक्षक समिति

मुकुन्द अमात्य (प्रमुख संरक्षक)

पेम्बा शेर्पा (संरक्षक समिति सदस्य)

मिन जि. सि. (संरक्षक समिति सदस्य)

 

सल्लाहकार समिति

भक्त वाग्ले (प्रमुख सल्लाहकार)

निर्मल अर्याल (सल्लाहकार)

घनश्याम पौडेल (सल्लाहकार)

हरि सापकोटा (सल्लाहकार)

थम्मन टण्डन (सल्लाहकार)

मैया “जिता” कटवाल (सल्लाहकार)

रोशनी हमाल (सल्लाहकार)

शोभा मैनाली (सल्लाहकार)

अनिता गुरुङ (सल्लाहकार)

किरण के. सी. (सल्लाहकार)

कृष्ण अधिकारि (सल्लाहकार)

 

संस्थापक अध्यक्ष : हरिहर अर्याल

 

—————-

धन्यबाद !

अध्यक्ष : एक बहादुर मल्ल

प्रवक्ता  : प्रकाश सापकोटा

 

गैर आवासीय नेपाली संघ

     पेरिस,  फ्रान्स