सधाझैँ यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवश ‘फ्रान्को नेपाल पाकोफेन’ र एन.आर.एन.ए फ्रान्स महिला समितीले १५ पेरिसमा बिभिन्न महिला संघ संस्थाहरुको सँयुक्त आयोजनामा १५ पेरिसको नगरपालिका संग समन्य गरि यही १० मार्च २०१८ का दिन विभिन्न कार्यक्रम सहित अन्तर्राष्ट्रिय महिला दिवश भव्यरूपमा सम्पन्न भयो ! कार्यक्रममा १५ पेरिस नगरपालिका मेयर श्री Philippe Goujon ले कार्यक्रम सफलताको शुभकामना साथै महिला हकहित र बिश्वको कला क्षेत्रमा चर्चित महिलाहरुको योगदानबारे चर्चा गर्नुभएको थियो ! कार्यक्रममा महामहिम राजदूत श्रीमति अम्बिकादेवी लुइँटेल तथा एन आर एन ए फ्रान्सका अध्यक्ष कार्यसमितिका पदाधीकारीहरु विभिन्न संघ संस्थाहरु का बर्तमान तथा भुतपुर्ब पदाधीकारीहरु,बिधार्थीहरु को उपस्थिती रहेको थियो ! कार्यक्रममा बिभिन्न संस्थाहरुले आ-आफनो देश को गीत संगीत तथा कलात्मक नृत्य प्रस्तुत गर्नुका साथै पाकोफेन र एनआरएनए फ्रान्सका तर्फबाट कार्यक्रममा नृत्य प्रस्तुत गरिएको थियो ! नि:शुल्क जलपान को ब्यबस्था गर्नुका साथै अन्तमा फागुपुर्णीमा ‘होलि धुमधाका साथ मनाउदै कार्यक्रम भब्यरुपमा सम्पन्न भएको थियो !

अध्यक्ष
एक व मल्ल 
गैर आवासीय नेपाली संघ फ्रान्स