गत ४ मार्च २०१८ आईतबार का दिन ,एन आर एन फ्रान्सले संरक्षकहरू र सल्लाहाकारहरू लाई रात्रीभोजको आयोजना गरी भव्य रूपमा स्वागत तथा छलफल गर्यो।संघको भावी उद्देश्यहरु पूरा गर्न पूर्वअग्रज तथा वुद्दीजीवीहरूको सरसल्लाह आवश्यक छ भन्ने मनसायले यस कार्यक्रम को आयोजना गरीएको थियो ।
संघलाई अझ चुस्त वनाउन नयॉ परियोजनाहरू आवश्यक छ भन्ने वारेमा वृहत छलफल भएको थियो ।कार्यक्रममा कार्यसमिति पदाधिकारी एवं सदस्यहरू र संस्थाका संस्थापक अध्यक्ष र भु पु अध्यक्षहरू र संरक्षकहरू , सल्लाहकारहरूको उपस्थिति थियो । आगामी दिनहरूमा पनि यसरी नै हाम्रा कार्यक्रमहरूलाई सहयोग सरसल्लाह गरी दिनु होला भन्ने आशा राख्दै, सवै उपस्थित मानुभावहरूका साथै सगरमाथा रेस्टुरेन्ट पेरिस १५ लाई पनि धन्यवाद ज्ञापन गर्दछौं ।