पेरिसमा आइफल टावोर अगाडी गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश विश्वमा फैलाउने उद्देश्यसहित बुद्ध जयन्ती मनाइयो। भगवान गौतम बुद्धको शान्ति उपदेश र उनी नेपालमा जन्मिएका हुन् भन्ने सन्देश विश्वमाझ फैलाउन नेपाली समुदाय एकत्रित भएका थिए । बुद्धका तस्विर र पोस्टरसंगसंगै नेपाली झण्डाको उपस्थितिले बुद्ध र नेपालको सम्बन्ध दर्शाइरहेका थिए।

फ्रान्सस्थित नेपाली दूतावास, एन आर एन ए  फ्रान्स, फ्रान्स नेपाल मैत्री संघ, मैजों कल्चर दु नेपाल, नेपाली एकता समाज फ्रान्स, तमु समाज फ्रान्स, मगर समाज फ्रान्स, पाकोफेन र म्याग्दी समाज फ्रान्स ले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा नेपालीहरुको भब्य सहभागिता रहेको थियो । विभिन्न संस्थाहरुका प्रतिनिधिहरुले विश्व आतंकवादले त्रसित भइरहंदा बुद्धको शान्ति सन्देश अहिले झन् आवश्यक भएको उल्लेख गर्नुभएको थियो । उहाहरुले नेपाल र विश्व राजनीतिमा बुद्धको नीति अवलम्बन गर्नुपर्ने आवश्यकता औलाउदै बुद्धको अनुशरण गरेर मात्रै विश्वमा शान्ति र समृद्धि स्थापना हुन सक्नेबताउनुभयो ।

 

प्रकाश सापकोटा (प्रवक्ता)

एन आर एन फ्रान्स 

 

 

फोटो स्रोत 

(प्रकाश सापकोटा, बिजेन्द्र प्रधान fb बाट)