एन आर एन फ्रान्सले खेलकुदको माध्यमबाट फ्रान्सका युवा वर्ग र महिला तथा बालबालिकाहरुलाई मनोरंजन का साथै भाइचारा अभिवृद्धि गर्ने उदेश्यका साथ हरेक बर्ष संचालन गर्दै आएको मैन्त्रीपूर्ण खुल्ला खेल प्रतियोगिता यहि गत आइतबार १७  जुन २०१८ को दिन पेरिस शहरको नजीकैको ( Parc Interdépartemental des Sports 93200 Saint-Denis France ) ग्राउण्डमा भव्यताकासाथ सम्पन्न गरेको छ।

कार्यक्रमको उद्घाटन एन आर एन फ्रान्सका अध्यक्ष एक बहादुर मल्लले भलीबल खेलाडीलाई दिएर गर्नु भएको थियो । विशेषतया युवा पुरुषको लागि भलिबल प्रतियोगिता र महिलाहरूका लागी तातोआलु खेल, वच्चाहरूको लागी चम्चा मिठाई दौड़ , बोरा दौड़, खेलहरूले बढो आकर्षक र मनोंजन प्रदान गरेको थियो । खुल्ला भलिबल प्रतियोगितामा निम्न पाँच टिमहरू प्रतिस्पर्धा गरेका थिए । सहभागी टिम हरु :

  • एन आर एन ए फ्रान्स
  • तमु समाज फ्रान्स
  • म्याग्दी समाज फ्रान्स (मोना)
  • मगर समाज फ्रान्स
  • नेपाली एकता समाज फ्रान्स

सबै खेलको समाप्ती पछि प्रमुख अतिथि नेपाली राजदूतवास पेरिस फ्रान्सका नियोग उप प्रमुख लेखनाथ भट्टराई ज्यु , संघका अध्यक्ष एक बहादुर मल्ल, प्रमुख सल्लाहकार तथा निवर्तमान अध्यक्ष भक्त वाग्ले, आइ सी सी सदस्य सुबर्ण हमाल र उपस्थित अन्य संघ संस्थाहरुका अध्यक्षज्युहरूले विजयी खेलाडीहरूलाई नगद, ट्रोफी, सिल र प्रमाण पत्र वितरण गर्नुभएको थियो ।

पहिलो पुरस्कार : म्याग्दी समाज फ्रान्स (मोना) लाई ८००€ नगद, ट्रोफी, मेडल र प्रमाण प्रत्र
दोस्रो पुरस्कार : तमुसमाज फ्रान्स लाइ नगद ५००€ ट्रोफी, मेडल र प्रमाण पत्र 
तेस्रो पुरस्कार : मगर समाज फ्रान्स लाइ मेडल र प्रमाण प्रत्र
उत्कृष्ट खेलाडी पुरस्कार : एन आर एन ए फ्रान्सका प्रविन रसाइली लाइ १०१€ नगद, ट्रफी र प्रमाण पत्र 
रेफ्ररीहरु – मिलन गुरूगं, अनिल थापा, रेग पुन, सुन्दर पुन, सुनिल क्षेत्रि, साथै लाईन्स मेनमा सहयोग गर्नुहुने सबैलाई प्रमाण पत्र प्रदान गरि सम्मान गरिएको थियो ।

अध्यक्ष एक बहादुर मल्लले यस कार्यक्रम मा सहयोग गर्ने प्रायोजकहरु ,सम्पूर्ण स्वयम सेवकहरू, खेलाडीहरू, अन्य संघसंस्थाहरू, सहकर्मी साथीहरू कार्यक्रम संयोजक टिम, विजयी टिम र सहभागी टिम सबैलाई तथा महिला दिदीवहिनी एवं भाईवहिनी खेलाडीहरूलाई धेरै धेरै धन्यवाद दिंदै समापन भएको घोषणा गर्नु भयो ।

कार्यक्रमको लागि सहयोग गर्ने (प्रायोजक)

१) सुबर्ण हमाल: ५०€ 
२) किरण के सि: ५०€ 
३) मिन जि सि: ५०€ 
४) अरुण गुरुङ : ५०€ 
५) प्रमोद पाण्डे: ५०€ 
६) भक्त वाग्ले: ५०€ 
७) अजय उप्रेती: ५०€ 
८) घनश्याम पौडेल: 50€
९) देवी जूङ गुरुङ: ५०€ 
१०) चेत भक्त ढुंगाना: ५०€ 
११) हरिहर अर्यल: ५०€ 
१२) अस्मिता सेर्चन: 65€
१३) गीता थापा: 55€
१४) पार्वती मल्ल: ५५€ 
१५) शिव शर्मा: २५€ 
१६) एकेन्द्र मल्ल: ५५€ 
१७) मुकुन्द आमात्य: ५०€ 
१८) प्रविन सापकोटा: २५€ 
१९) नितेश पौडेल: २०€ 
२०) आनन्द खनाल: 20€
२१) मिन श्रेष्ठ: २५€ 
२२) थमन टन्दन: ५०€ 
२३) नरेन्द्र शाही: २५€ 
२४) कैलाश ओली: २०€ 
२५) कृष्ण पराजुली: 26€
२६) प्रकाश सापकोटा: २५€

 

कार्यक्रमका केहि झलकहरु :

 

प्रवक्ता 

प्रकाश सापकोटा