गैरआवासीय नेपाली संघको ११ औं युरोपीयन क्षेत्रीय बैठक तथा ९ वौं युरोपीयन महिला बैठक २९ र ३० जुलाई, २०१८ मा लग्जेम्बर्गमा भव्यताका साथ सम्पन्न भयो ।
 
उक्त्त कार्यक्रममा फ्रान्सबाट प्रतिनिधित्व गर्दै २० जनाको टोलि लक्जम्बर्ग गएको थियो । युरोपीयन क्षेत्रीय बैठकमा बस रिजर्ब गर्दै यति धेरै संख्यामा फ्रान्सबाट सहभागिता भएको यो पहिलोपटक हो । कार्यक्रममा एन आर एन फ्रान्सका अध्यक्ष एक बहादुर मल्लज्यु ले एन आर एन फ्रान्सले गर्दै आएका गतिबिधिहरुको जानकारी गराउनु भएको थियो ।
 
 

बरिस्ठ उपाध्यक्ष गीता थापा खनालज्यु ले महिला भेला कार्यक्रममा महिलाहरुको लागि एन आर एन फ्रान्सले गर्दै आएका गतिबिधिहरु र गठित महिला फोरमको बिषयमा जानकारी दिनुभएको थियो ।

एन आर एन फ्रान्सका संस्थापक अध्यक्ष हरिहर अर्यालज्यु ले एन आर एन ए ले गरेका विभिन्न गतिबिधिहरुमा आफ्नो जिज्ञासा राख्नुहुदै सल्लाह र सुझाव दिनुभएको थियो ।

क्षेत्रीय बैठकको युवा भेलामा सहभागी हुदै एन आर एन फ्रान्सका सचिव प्रविन सापकोटाले फ्रान्समा युवाहरुको लागि एन आर एन ए ले गर्दै आएका गतिबिधिहरुको जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा एन आर एन ए फ्रान्सका सहभागीहरुलाई बिबिन्न देशबाट प्रतिनिधित्व गरेर आउने महानुभावहरु संग परिचय, मित्रता र जानकारीहरु आदान प्रदान गर्ने अवसर प्राप्त भएको थियो ।

कार्यक्रमकै सिलसिलामा एन आर एन स्पेनका अध्यक्ष र आइ सी सी सदस्य, एन आर एन अमेरिकाका अध्यक्ष, एन आर एन आयरल्याण्ड कोषाध्यक्ष र परिवार, एन आर एन नेदरल्याण्डका प्रतिनिधिहरु, जापानबाट आउनुहुने अध्यक्ष भवन भट्टको परिवार हरु संगै बसमा लक्जम्बर्ग सहर घुम्ने अवसर मिलेको थियो ।
 
भुतपुर्व प्रधानमन्त्रि बाबुराम भट्टराइज्यु, भूतपूर्व मन्त्रि हिसिला यमीज्यु, गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रीय समन्वय परिषदका (NRNA ICC)अध्यक्ष श्री भबन भट्ट ज्यू र उहाको परिवार लाइ फ्रान्स भ्रमणको निम्तो दिइएको थियो । तेही अनुरुप उहाहरुलाइ पर्सिपल्ट ३१ जुलाईका दिन पेरिसमा स्वागत गरिएको थियो ।
 

सहभागीहरु 

1) प्रविन सापकोटा 

2) प्रकाश सापकोटा 

3) हरि प्रसाद सापकोटा  

4) एक बहादुर मल्ल 

5) पार्वती मल्ल 

6) बसन्त मल्ल 

7) धनश्याम पौडेल 

9) हरिहर अर्याल 

10) माधव अधिकारि 

11) कमल अधिकारि 

12) बिर बहादुर खड्का 

13) थानेश कंडेल 

14) अस्मिता सेरचन 

15) मिलि कोइराला 

16) गीता थापा

17) रितु मल्ल

18) मुकुन्द अमात्य

19) सुमन बश्नेत

20) सुमित्रा प्रधान 

 

लक्जम्बर्ग घोषणा पत्र जारी गर्दै कार्यक्रम सम्पन्न भएको थियो।  

 

प्रकाश सापकोटा 

प्रवक्ता 

एन आर एन फ्रान्स 

 

 

               

फोटो : प्रकाश सापकोटा, १ राजेन्द्र रसाइली

सबै फोटो एकैचोटी राख्दा पेज स्लो हुने हुनाले अर्को पटक  …….