स्वागत कार्यक्रम

फ्रान्स को पेरिसमा अवस्थित सगरमाथा रेस्टुरेन्ट मा ३१ अगस्ट १०२८ का दिन पुर्ब प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईज्यु, पुर्ब मन्त्री हिशिला यामीज्यु , गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रीय समन्वय परिषदका अध्यक्ष श्री भबन भट्ट ज्यू, एन आर एन युरोपियन क्षेत्रिय संयोजक एकराज गिरीज्यु, एन आर एन ए एन सी सी बेल्जिएमका अध्यक्ष लोक दाहालज्यु, एनआर एन हनरि काउनसिल मेम्वर गोविन्द सुवेदि, केन्द्रिय सल्लाहकार रबिन्द्र मान श्रेष्ठ,  रेडियो नेपालका पत्रकार भवन आचार्यज्यु को स्वागत स्वरुप एक स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा एन आर एन फ्रान्सको तर्फबाट कार्यसमितिका पदाधिकारीहरु, अध्यक्ष एक बहादुर मल्लज्यु, उपाध्यक्ष चेत भक्त ढुंगानाज्यु, सचिव प्रविन सापकोटाज्यु, महिला संयोजक पार्वती मल्लज्यु, प्रवक्ता प्रकाश सापकोटा, सदस्य कमल अधिकारीज्यु, अन्तरास्ट्रीय समन्वय परिषद् सदस्य सुवर्ण बिक्रम हमालज्यु तथा संस्थागत अध्यक्ष हरिहर अर्यालज्यु र  भू पु उपाध्यक्ष/सल्लाहकार हरि सापकोटाज्यु उपस्थित हुनु हुन्थ्यो।

 

अन्तरक्रिया कार्यक्रम

फ्रान्स को पेरिसमा अवस्थित कामरन रेस्टुरेन्ट मा 1 अगस्ट 2018 का दिन पुर्ब प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईज्यु पुर्ब मन्त्री हिशिला यामी, गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रीय समन्वय परिषदका अध्यक्ष श्री भबन भट्ट ज्यूको प्रमुख अतिथित्यमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रमको अध्यक्षता एन आर एन फ्रान्सका अध्यक्ष श्री एकेन्द्र मल्ल ज्युले गर्नु भएको थियो।  कार्यक्रममा नेपाली राजदुतावासका नियोग उप प्रमुख श्री लेखनाथ भट्टराईज्यु, एन आर एन फ्रान्सका संस्थापक अध्यक्ष तथा साहित्यकार श्री हरिहर अर्यालज्यु, एन आर एन युरोपियन क्षेत्रिय संयोजक एकराज गिरी, एन आर एन एन ए केन्द्रीय महिला संयोजक श्रीमती रजनी प्रधान, एन आर एन ए एन सी सी बेल्जिएमका अध्यक्ष लोक दाहाल, एन आर एन फ्रान्सबाट अन्तरास्ट्रीय समन्वय परिषद् सदस्य सुवर्ण बिक्रम हमाल, निवर्तमान अध्यक्ष भक्त बहादुर वाग्ले, पूर्ब अध्यक्ष घनश्याम पौडेल, गोरखाली समाजका अध्यक्ष सुरेन्द्र काप्रि, उपाध्यक्ष रामेश्वर श्रेस्ठका साथै बिभन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। एन आर एन फ्रान्स र गोरखाली समाज फ्रान्स ले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रमको  सन्चालन एन आर एन फ्रान्सका सचिब प्रबिन सापकोटा तथा गोरखाली समाज का महासचिव राजेन्द्र बाबु श्रेस्ठ ले गर्नु भएको थियो।

औपचारिक कार्यक्रममा समसामयिक बिषय बस्तुमा सहभागीहरुको प्रश्नमा डा भट्टराई र अध्यक्ष भट्ट ज्युले प्रस्ट पारिदिनु भएको थियो। डा भट्टराईज्यु ले अहिलेको नेपालमा राजनैतिक अवस्था, त्यसप्रति उहाको दृष्टिकोण स्पस्ट पार्नु भएको थियो भने अध्यक्ष भट्ट ज्युले एन आर एनले नेपाल सरकार संग कसरि समन्वय गर्दै अगाडी बढ्न सक्छ र गैर आवासीय नेपालीहरुका मागहरु के के छन् कसरि पुरा गर्न सकिन्छ भन्ने बिषयमा स्पस्ट पार्नु भएको थियो।

 

प्रवक्ता

प्रकाश सापकोटा

एन आर एन फ्रान्स