एन आर एन ए फ्रान्सको वार्षिक देउसीभैलो कार्यक्रम अन्तर्गत नेपाली राजदुतावास फ्रान्सकि माहामहिम राजदूत अम्विका देवी मानन्धर लुईटेल ज्युको निवासमा गत ०२ नोवेम्बर २०१८ गते शुक्रबारका दिन सफलताका साथ सम्पन्न गरियो, उक्त देउसीभैलो कार्यक्रमलाई भव्य स्वागत का साथ दक्षिणा सहयोग गरिदिनु भएकोमा उहाँ र उहाँको आमा बुवा र परिवारलाई एन आर एन फ्रान्स परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछ ।

साथै उक्तकार्यक्रममा उपस्थित भै भैलीलाई स्वागत का साथ दक्षिणा दिनुहुने नेपाली राजदूतावास फ्रान्स पेरिसका उपनियोग प्रमुख लेखनाथ भट्टराई ज्युको परिवार, सहचारि अरेन्द्र महर्जन ज्यु  र परिवार साथै सृजना श्रेष्ठ ज्युलाई एन आर एन ए फ्रान्स परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछ ।

कार्यक्रममा उपस्थित भएर देउसीभैली खेल्न सहयोग गर्नु हुने सम्पूर्ण दाजुभाई दिदीबहिनिहरु र एन आर एन फ्रान्स का सम्पूर्ण साथीहरूमा हार्दिक धन्यवाद ।

(एन आर एन ए फ्रान्सको आपतकालिनकोशको लागि भनी खेलिएको आजको देउसीभैलो बाट २५९,२० € जम्मा भएको छ ।)

 

प्रविन सापकोटा

सचिब

तथा एन आर एन ए फ्रान्स परिवार ।