आदरणीय फ्रान्स बासी दाजुभाई तथा दिदीवहिनीहरु,

सर्वप्रथम बिजया दशमी तथा आउँदै गरेको शुभ दिपावली २०७५ को उपलक्ष्यमा यहाँहरू सबैलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं !

यहाँहरुलाई थाहा भएकै कुरा हो हरेक बर्ष झैं यस पाली पनि हामीले एन आर एन ए फ्रान्सको आपतकालिन कोषमा जम्मा गर्ने गरी तपाईहरूको घरआगनमा देउसीभैलो खेल्न आउँदै छौं , साथै देउसीभैलो हुने दिनहरु यस प्रकार भएको जानकारी गराउदछौ।

देउसीभैली कार्यक्रम तालिका :-

– ०२ नोवेम्बर सुक्रबार वेलुकी ६:३० बजे 

नेपाली राजदुतावास फ्रान्सकी माहामहिम राजदूत श्रीमती अम्वीका देवी मानन्धर लुईटेल ज्यूको निवास 
 7 Rue Albéric Magnard
75116 Paris

– ०४ नोवेम्बर आइतबार दिउस १४:३० बजे देखी

बीना शर्मा ज्यूको निवास,
11 Rue Saint Leger, 78100, Saint Germain en Laye

– ०९ नोवेम्बर शुक्रबार बेलुका १८ बजे बाट 
थमन तन्डन ज्यूको निवास
11 Rue Anizan Cavillon, 93350, 
Le Bourget

– १० नोवेम्बर सनिवार बिहान ११ बजे देखी १४:३० सम्म : 
अन्कित खत्री ज्यू, Restaurent Resunga, 
51 Rue de la République, 92800 Puteaux.

– १० नोवेम्बर सनिवार दिउस १५ बजे देखी १८ बजे सम्म 
रविन ओली ज्यू Restaurant Chemin d’Himalaya 
12-14 Cours Mgr Roméro, 91000 Évry

– ११ नोवेम्बर आइतबार दिउस १४ बजे देखी १७:३० सम्म 
थानेस कंडेल ज्यू – बिरु खड्का ज्यू 
Restaurant Indian-Nepali Swad 
4 Rue Bargue, 75015, Paris

११ नोवेम्बर आइतबार बेलुका १८ बजेबाट 
शिव राम भण्डारी ज्यूको 
Crêperie Bonne Nouvelle, 
46 Rue Poissonnière, 75010 Paris

– १७ नोवेम्वर शनिवार दिउसो २:३० बजेबाट

अस्मिता शेरचन ज्युको
Asmita Beauté Indienne
4 Avenue Anatole 94400 vitry sur Seine
 
– देउसी भैलो खेल्ने अन्तिम दिन :- – 18 November आईतवार

हलमा – दिउसो ०२ वजे देखि १८ वजे सम्म
Restaurant kamran
77-79 Rue du Landy, 93300 Aubervilliers 

देउसीभैलोलाइ सहयोग गर्नुहुनेहरुको नाम लिस्ट : http://nrnfrance.fr/emergency-help/2638

 

#नोट :- हामीले देउसीभैलो खेल्ने टोल, स्थानको बारेमा facebook र website मा जानकारी गराउँदै जानेछौं , आँफुलाई नजिक र पाई पर्ने ठाउँमा आफ्नो उपस्थिति जनाई रमाइलो गर्दै देउसीभैलीलाई सहयोग गरिदिनु हुनको लागी सादर अनुरोध गर्दछौं।

**यहाँहरूले व्यक्तिगत रूपमै आफ्नो घरघरमा देउसीभैलो टिमलाई निमन्त्रणा पनि गर्न सक्नुहुनेछ ,हामीले निमन्त्रणा लाई प्राथमिकता दिनेछौं ! त्यसको लागी एन आर एन फ्रान्स का कार्यसमिति पदाधिकारी, सदस्यहरू संग सिघ्र संम्पर्क गर्नुहुन् अनुरोध गर्दछौं ।

संयोजकहरु :-

१/ नरेन्द्र शाही ।
२/ प्रबिन साप्कोटा ।
३/ कमल अधिकारी । 
४/ अजय उप्रेति ।
५/ गीता खनाल ।

# थपजानकारी को लागी हाम्रो facebook र website हेर्दै गर्नुहोला