एनआरएनए अमेरिका अध्यक्ष केशव पौडेललज्युलाई पेरिसमा स्वागत
गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका अध्यक्ष केशव पौडेलज्यु यहि २८ डिसेम्बर २०१८ का दिन फ्रान्स आउनु भएको छ। पारिवारिक भ्रमणको लागि फ्रान्स आउनुभएको अध्यक्षज्युलाइ गैरआवासीय नेपाली संघ फ्रान्सले २८ डिसेम्बर शुक्रबारका दिन पेरिसमा स्वागत तथा सम्मान गरेको छ । उहाँको सम्मान संगै शुक्रबार नै अन्तरर्क्रिया कार्यक्रम समेत गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पौडेलज्युले दुवै देशमा रहेका नेपालीका मुद्दा समान रहेको भन्दै सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो ।
अध्यक्ष एक बहादुर मल्लज्युको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका पुर्व अध्यक्ष निर्मल अर्यालज्यु, पुर्व उपाध्यक्ष हरि सापकोटाज्यु तथा कार्यसमितिका पदाधिकारीहरुको उपस्तिथी रहेको थियो।अन्तरर्क्रिया कार्यक्रम संस्थाका कार्यकारी सदस्य कमल अधिकारिज्युको तोर्सि स्थित रेस्टुरेन्टमा गरिएको थियो।
प्रवक्ता
प्रकाश सापकोटा
एन आर एन ए फ्रान्स परिवार