गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सले नेपालीहरुको महान पर्व तिहार (शुभ दिपावली) को अवसरमा यहि १८ नोभेम्बर २०१८ का दिन सामुहिक रुपमा देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको आपतकालीन कोषको लागि आर्थिक संकलन गर्ने उद्देस्यले २ नोभेम्बरका दिन नेपाली राजदुतावास फ्रान्सकी महामहिम राजदुत अम्बिका देवी लुईटेल मानन्धर ज्युको निवास बाट सुरुवात गर्दै धेरैको घर-दैलो गर्दै अन्तिम दिन पेरिस नजिकैको Kamran रेस्टुरेन्टमा यस बर्षको देउसीभैलो समापन गरिएको छ । एन आर एन ए फ्रान्सका अध्यक्ष एक बहादुर मल्लज्युको सभापतित्व सम्पन्न कार्यक्रममा आइ सी सी फ्रान्सका सदस्य सुबर्ण बिक्रम हमालज्युले स्वागत मन्तब्य दिनुभएको थियो ।  कार्यक्रम संचालक महासचिव नरेन्द्र शाहीज्युले कार्यक्रममा उपस्तिथ सबैलाइ एकैपटक अतिथिको रुपमा आसन ग्रहण गराउनु भएको थियो । तिहारको भैलिनी नृत्य बाट कार्यक्रमको सुरुवात गरिएको थियो । कार्यक्रममा संघका संस्थापक अध्यक्ष, प्रमुख संरक्षक, भू पु अध्यक्षहरु, एन आर एन ए फ्रान्सका अग्रज

तथा सल्लाहकारहरु उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा विभिन्न संघ संस्थाका अध्यक्ष तथा  प्रतिनिधिहरुको पनी बाक्लो उपस्तिथिती रहेको थियो साथै कार्यक्रम भरि ६० जना भन्दा बढीले दक्षिणा स्वरुप आपतकालीन कोषको लागि आर्थिक सहयोग गरेका थिए एन आर एन ए फ्रान्सले १० ओटा घरदैलो (रेस्टुरेन्ट आदिमा) देउसीभैलो कार्यक्रम सम्पन्न गर्दै  समापन कार्यक्रम हलमा गरेको थियो । यस बर्ष संस्थाले पहिलो बर्षको भन्दा ५० प्रतिशत बडी रकम आपतकालीन कोषको लागि संकलन गर्न सफल भएको छ ।

   एन आर एन फ्रान्सका अध्यक्ष एक बहादुर मल्लले कार्यक्रममा उपस्थित हुनुहुने, दक्षिणा दिनुहुने महानुभावहरुलाई र कार्यक्रम सफल पार्न अहोरात्र खटिनुहुने कार्यसमितिका साथीहरु र स्वयंसेवकसाथीहरु सबैलाइ धन्यबाद दिनु भएको छ । साथै बिदेशी भुमिमा नेपालको झल्को मेटाउदै, नेपाली भाषा, कला संस्कृति, रितिरिवाजको संरक्षण र नेपाली परम्परा लाई आत्मसाथ गर्दै नेपाली समाजमा एकता, भातृत्व र सदभावलाइ निरन्तरता दिने एन आर एन ए फ्रान्सको उद्देश्यलाइ यसैगरी फ्रान्सवासी नेपालीहरुको साथ आवस्यक रहेको बताउनु भएको थियो  ।

 

प्रवक्ता

प्रकाश सापकोटा

साथै सम्पूर्ण एन आर एन ए फ्रान्स परिवार