गैर आवसिय नेपाली संघ रास्ट्रिय समन्वय परिषद फ्रान्सले फ्रान्समा नै जन्मेर वा यतै हुर्केका एनआरएन दोस्रो पुस्ताका नेपाली बालबालिकाहरुलाई नेपाली भाषा पढ्न र लेख्न सिकाउने उद्देस्यले फ्रान्समा “नेपाली पाठशाला” सुरु गरेको छ।

यहि आइतबार ३ मार्चका दिन एक बिशेष कार्यक्रमका साथ  “नेपाली पाठशाला” को उद्घघाटन गरिएको छ। तुलनात्मक रुपमा नेपालीहरुको बाक्लो बसोवास रहेको लाकोर्नभ शहरमा पाठशालाको स्थापना गरीएको हो।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्षज्यु, प्रमुख संरक्षक ज्युहरु, भु पु अध्यक्षज्युहरु, प्रमुख सल्लाहाकार ज्यु, सल्लाहाकार ज्युहरु, कार्यसमितिका पदाधिकारी/सदस्य ज्युहरु, आइ सी सी ज्यु, तथा फ्रान्सवासी नेपाली दाजुभाइ दिदिबैनिहरुहरु र बालबालिकाहरुको उपस्तिथीमा पानसमा दियो बालि नेपाली रास्ट्रिय धुन संगै « नेपाली पाठशाला » को उद्दघाटन गरिएको थियो। अध्यक्ष एकबहादुर मल्ल ज्यु, संस्थापक अध्यक्ष हरिहर अर्यालज्यु र उपस्थित सल्लाहाकारज्युहरुले राम्रो कामको शुरुवात गरिएको बताउदै, फ्रान्समा नेपालीहरुको जनसंख्या ब्रिद्दि संगै नेपाली पाठशाला अपरिहार्य भएको बताउनु भएको थियो। उद्घघाटन कार्यक्रमको समाप्ति संगै बालबालिकाहरुलाइ शिक्षक तथा सल्लाहकार हरि सापकोटाज्युले नेपाली भाषा पढाउनु भएको थियो। अध्यक्ष एकबहादुर मल्ल ज्युले उद्दघाटन कार्यक्रम सफल पार्न उपस्थित सबैलाई तथा पाठशाला संचालन गर्न सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यबाद व्यक्त गर्नुभयो ।

 

प्रवक्ता 

प्रकाश सापकोटा 

एनआरएनए फ्रान्स परिवार