गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय समिति फ्रान्सले प्रत्येक बर्ष कम्तिमा एउटा सामाजिक परोपकारी परियोजना ( One NCC One Charity) अन्तर्गत पाल्पाको रिब्दीकोट गाउँपालिका स्थित नारायणी माध्यमिक बिधालयमा कक्षा ११ र १२ थप गर्नको लागि 4,17,056 रुपैयाँ आर्थिक सहयोग गरेको छ। फ्रान्सबाट २४ डिसेम्बर २०१८ मा एन आर एन ए केन्द्रमा रकम पठाएको थियो। केन्द्रले उक्त रकम सो बिधालयलाइ १७ फेब्रुअरीमा हस्तान्तरण गरिएको थियो।  नारायणी माध्यमिक बिधालयलाइ सहयोग गर्न एन आर एन ए फ्रान्स र संस्थाका सल्लहाकार तथा भु पु आइ सी सी सदस्य मिन जी सीज्यु को सहकार्यमा सहयोग रकम जम्मा गरि पठाइएको हो। एनआरएनए एनसीसी फ्रान्सले हरेक बर्ष परोपकारी परियोजना अन्तर्गत शिक्षा, स्वास्थ्य तथा खानेपानी क्षेत्रमा सुधार गर्न नेपालका बिकट ठाउँहरुमा सहयोग गर्दै आएको छ।


  एन आर एन ए फ्रान्स नारायणी माध्यमिक बिधालयलाइका बिधार्थी एवं प्राध्यापकहरुलाइ हार्दिक शुभकामना दिदैं बिधालयको उत्तरोत्तर प्रगतिको कामना गर्दछ।  साथै संस्थाको परोपकारी कोष / आपतकालीन कोषको लागि सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाइ एनआरएनए फ्रान्स हार्दिक धन्यवाद व्यक्त गर्दछ।

प्रवक्ता

प्रकाश सापकोटा

एन आर एन ए फ्रान्स परिवार