27 February 2020, France

नमस्कार सबै फ्रान्सबासि नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा ।

विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरिसकेको अवस्थामा फ्रान्समा पनि दिनप्रतिदिन गुणात्मक रुपमा यस कोरोना भाइरस (Corona Virus) का प्रभावितहरु बड्दै गएकोले यस संवेदनशीलतालाई ध्यानमा राखेर एन.आर.एन.ए. फ्रान्सले सञ्चालन गर्दै आएको नेपाली पाठशाला अर्को सूचना जारी नहुन्जेल बन्द गरिने कुरा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराउँदछौं। साथै एन.आर.एन.ए. फ्रान्सले तय गरेका आगामी कार्यक्रम पनि प्रभावित हुन सक्ने भएकाले त्यस्तो अवस्था आएमा तत्संबन्धमा पुर्व जानकारी गराउने छौँ।

थप जानकारी :-

चिनबाट सुरु भएको नयाँ कोरोना भाइरसको प्रकोपले हाल विश्वको जनस्वास्थ्य र विज्ञानलाई चुनौती दिइरहेको छ।यस प्रकोपको हाल सम्म कुनै पनि औषधि या भ्याक्सिन नबनेको हुनाले यो भाइरस नियन्त्रणमा आइरहेको छैन। फ्रान्स पनि यस प्रकोपबाट अछुतो नरहेकोले संपुर्ण नेपाली दाजुभाई दिदीबहिनीहरु एकदमै सुरक्षित र सतर्क रहनका लागि एनआरएनए फ्रान्स आग्रह गर्दछौं।प्राप्त सुचनाहरुको आधारमा फ्रान्समा ५७ जनालाई संक्रमण भएको जसमा ४३ जना उपचाररत रहेको, १२ लाई ठिक भइसकेको र २ जनाको मृत्यु भएको कुरा आधिकारिक रुपमा पुष्टि भएको छ ।यो आँकडा अझै बड्न सक्ने सम्भावना जारी नै छ।
कोरोना भाइरसबाट बच्ने उपायहरु :
१)सकेसम्म भिडभाड र सार्वजनिक यातायातको प्रयोग नगर्ने
२)भीडभाडमा जाँदा र सार्वजनिक यातायातको प्रयोग गर्दा मुखमा मास्क र पन्जा लगाउने
३)कुनै पनि संकास्पद या साझा वस्तुहरु छोएमा साबुनपानीले हात धुने।व्यक्तिगत सरसफाईमा अत्याधिक मात्रामा ध्यान दिने।
४)कसैसंग हात नमिलाउने
५) मनतातो कागती मिसाइएको पानी दिनमा पटक पटक पिइरहने
६)फ्रेञ्च सरकार र विश्वास्निय समाचारका माध्यमले जारी गरेका कोरोना भाइरससंग सम्बन्धित जानकारीहरु संग अद्यावधिक रहने।
७)कार्यस्थल,बाटोघाटो र आफ्नै घरमा पनि सुरक्षित र सतर्क रहने
८)कोरोना भाइरससंग संबन्धित जिज्ञासा र जानकारीका लागि ०८००१३०००० नंबरमा (7j/7j ,24h/24h) कल गर्ने, यो निशुल्क छ र संकास्पद लक्षणहरु देखिएमा घरमै बसी १५मा डायल गरेर जानकारी गराउने।
९)जापान र इटालीमा देखिएको बजार संकटको अवस्थालाई मनन गरि केही हप्ताको लागि आवश्यक घरायसी सामाग्रीहरुको पुर्व बन्दोबस्त गरि राख्ने।(सकरात्मक रुपमा लिइदिनु होला)
धन्यवाद !!!

अध्यक्ष
नरेन्द्र शाही ( ठकुरी )
एन.आर.एन.ए. फ्रान्स 🇫🇷