यही मिती ०२/०२/२०२० आईतबॉर गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्स कार्यसमिति २०१९/२१ ले पहिलो पटक संस्थापक,संरक्षक र सल्लाहकारहरुसंग परिचय तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा फ्रान्सका लागि नेपाली राजदूत महामहिम श्री दिपक राजअधिकारी ज्युको प्रमुख आतिथ्य रहेको थियो। यस कार्यक्रमको अध्यक्षता बर्तमान एन.आर.एन.ए फ्रान्सका अध्यक्ष श्री नरेन्द्र शाही (ठकुरी) ले गर्नु भएको थियो भने संस्थाका महासचिव श्री मिन कुमार श्रेष्ठ ले कार्यक्रम सञ्चालन गर्नु भयो ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सका संस्थापक संयोजक श्री हरिहर अर्याल,संस्थापक स्वर्गीय श्री अशोक न्यौपाने , संस्थापकहरु श्री मुकुन्द अमात्य,श्री पेम्बा सेर्पा(अनुपस्थित),श्री दावा सेर्पालाई वर्तमान आई.सी.सी सदस्य पान कुमारी मल्लज्यु , एनआर.एन.ए फ्रान्सका बर्तमान अध्यक्ष श्री नरेन्द्र शाही (ठकुरी) र महामहिम राजदुत श्री दिपक राज अधिकारी ज्यु को हातबाट खादा लगाई कदर पत्र दिएर एन.आर.एन.ए फ्रान्सको इतिहासमा पहिलो पटक विशेष सम्मान दिइएको थियो।

कार्यकाल २०१९/२१ का प्रमुख संरक्षक श्री घनश्याम पौडेल साथै संरक्षक श्री भक्त बहादुर वाग्ले,संरक्षक श्री मिन जिसी ,संरक्षक श्री निर्मल अर्याल(अनुपस्थित)लाई कदर पत्र दिएर सम्मान गरिएको थियो। त्यसै गरि सल्लाहकारहरुमा प्रमुख सल्लाहकार तथा निबर्तमान अध्यक्ष श्री एक बहादुर मल्ल,श्री बसन्त बिक्रम मल्ल, श्री थमन टण्डन, अनिता गुरुङ ज्यु ,श्री अरुण चामरुङ गुरुङ,श्री प्रशान्त उप्रेती (अनुपस्थित), ज्ञान बहादुर गुरुड़ ,श्री नारायण न्यौपाने र श्री किरण के.सी (अनुपस्थित) लाई मनोनयन पत्र दिएर सम्मान गरिएको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष श्री नरेन्द्र शाही (ठकुरी) ले एन.आर.एन.ए फ्रान्स २०१९/२१ ले हालसम्म गरेका कामकारवाही र प्रगति विवरण सुनाउनु भएको थियो ।साथै संस्थाकी महिला प्रतिनिधि मिली कोइराला ज्यु ले आगामी मार्च ८मा हुने महिला दिवसको लागि आफ्ना योजना साथै अन्य महिला मैत्री कार्यक्रमहरुको बारेमा जानकारी गराउनु भएको थियो। त्यस्तै संस्थाका युवा संयोजक श्री दिलिप गुरुङले खेलकुद लगायत छिट्टै युवा मैत्री कार्यक्रमहरु ल्याउने जानकारी गराउनु भएको थियो भने संस्थाका सदस्य श्री उदयराज पाण्डेले विध्यार्थी को समस्या र समाधानका उपायहरु बारे जानकारी गराउँदै नेपालमा कन्सुलर को आवश्यकता रहेको कुरा बताउनु भयो।

संस्थाले लिएको उद्देश्य प्राप्त गर्न र कार्यविभाजनका लागि बनाइएका विभिन्न उपसमितिका संयोजकहरुले लक्षीत कार्यक्रम र प्रगतिको जानकारी दिएर प्रकास पार्नु भएको थियो। जसमा नेपाली घर उपसमितिका संयोजक श्री भक्त बहादुर वाग्ले ज्युले नेपाली घरको अवधारणा, आवश्यकता, विशेषताहरु र आर्थिक स्रोत आदिको बारेमा प्रोजेक्टर मार्फत जानकारी दिदै हालसम्मको प्रगति माथि प्रष्ट पार्नु भयो भने नेपाली पाठशाला उपसमितिका संयोजक र विधान संशोधन समितिका संयोजक श्री एक बहादुर मल्ल ज्यु को स्वास्थ्य प्रतिकूलताका कारण अनुपस्थित रहनु भएको हुनाले संस्थाका महासचिव श्री मिन कुमार श्रेष्ठले पाठशालाको गतिविधि माथि जानकारी गराउनु भएको थियो। पाठशाला निरन्तर व्यवस्थीत रुपमा अघि बढिरहेको हुनाले आफ्ना नानीबाबुहरुलाई हरेक आइतबार नियमित रुपमा पाठशाला पठाइदिनु हुन आग्रह पनि गर्नु भयो साथै विधान संशोधन समितिको चाडै नै बैठक बसी आवश्यक र उचित विधान परिमार्जन प्रकृयालाई अघि बढाउने जानकारी समेत गराउनु भयो। एनआरएनए एप्सका संयोजक श्री अनिस त्रिपाठीले यस सम्बन्धमा केन्द्रसंग सहकार्य गर्दै अघि बढ्ने साथै सुविधात्मक र जानकारी मुलक एप्स बनाउने बताउनु भएको छ। अन्त्यमा स्मारिका उपसमितिका संयोजक राजु बस्नेतले बर्तमान एनआरएनए फ्रान्सले निकाल्न गइ रहेको स्मारिकाको संबन्धमा यसको परिचय, महत्व विशेषता,यसले समेटने विषयवस्तुको बारेमा जानकारी दिदै लेख तथा जानकारीहरु दिएर यस ऐतिहासिक कार्यमा जोडीन र अभिलिखित हुन सहयोगको आग्रह गर्नुभएको थियो।