गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद फ्रान्सको २०२१ – २३ कार्यकालका लागि नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाइ स्वागत तथा निवर्तमान कार्यसमितिलाइ विदाई गर्ने कार्यक्रम सम्पन्न भएको छ। यहि आइतवार मार्च ५ का दिन ओभरभिल्लिएमा आयोजित एक कार्यक्रममा स्वागत तथा विदाई कार्यक्रम संगसंगै नेपालीहरुको महान चाड तिज समेत भव्यताका साथ सम्पन्न भएको हो।

एनआरएन फ्रान्सकी अध्यक्ष गीता खनाल थापाले सभापतित्व गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि फ्रान्सका लागि नेपाली राजदुत दीपक अधिकारी हुनु हुन्थ्यो। सँस्थाका बरिस्ठ उपाध्यक्ष शिवराम भण्डारीको स्वागत मन्तव्य पछि बोल्ने क्रममा सँस्थापक अध्यक्ष हरिहर अर्याल, पुर्व आइसीसी सदस्य मिन जिसी, पुर्व अध्यक्ष निर्मल अर्याल, निवर्तमान अध्यक्ष नरेन्द्र शाही, जन सम्पर्क समिति फ्रान्सका अध्यक्ष सुधिर राना, गोर्खाली समाज फ्रान्सका उपाध्यक्ष रामेश्वर श्रेष्ठ, जनप्रगतिशील मंचका प्रतिनिधि हरि सापकोटा, इनास फ्रान्सका महासचिव महेन्द्र अधिकारिले नवनिर्वाचित कार्यसमितिलाइ शुभकामना दिदै सँस्थाको बारेमा विचार राख्नु भएको थियो ।

१ अगस्ट २०२१ मा निर्वाचित कार्यसमितिका पदाधिकारी तथा कार्यसमितिलाइ प्रमाण पत्र वितरण गर्दै बोल्ने क्रममा राजदुत अधिकारिले एनआरएनए र नेपाली राजदुतावास विचको सहकार्यको बारेमा धारणा राख्नु भएको थियो। उहाँले गीता खनाल थापाको अध्यक्षतामा नवनिर्वाचित कार्यसमितिलाइ “सफल एवं उपलब्धिमुलक कार्यकालको लागि हार्दिक शुभकामना” व्यक्त गर्दै नेपाली नारीहरुको चाड तिजको उपलक्ष्यमा शुभकाना व्यक्त गर्नु भएको थियो।

सँस्थाका महासचिव दिलिप गुरुङले संचालन गर्नु भएको पहिलो चरणको कार्यक्रम विसर्जन गर्दै अध्यक्ष गीता थापा खानालले सवै संग हातेमालो र सहकार्य गर्दै अगाडी बढ्न खोजेको बताउनु भयो। साथै उहाँले पुरानो कार्यसमितिका पदाधिकारीहरुको उपस्तिथी न्यून भएकोमा दु:ख व्यक्त गर्नुभयो। 

कार्यक्रमको दोस्रो भागमा एनआरएनए फ्रान्सकी महिला प्रतिनिधि पार्वती अधिकारिले तिज कार्यक्रमको संयोजकत्व गर्दै कार्यक्रम संचालन गर्नु भएको थियो। रंगी विरंगी सारी लगाएत पहिरनमा उल्लेख्यरुपमा उपस्तिथ महिलाहरुले तिजको दर संगै रमाइला गितमा नाच र गान गर्दै हर्षोल्लासको माहोलमा कार्यक्रम सम्पन्न भएको थियो।