गैर आवासीय नेपाली संघ एनआरएनए फ्रान्सको निर्वाचन आइतवार अगस्ट १ तारिख २०२१ का दिन सम्पन्न भएको छ। विधुतीय प्रविधि मार्फत सम्पन्न मतदानको नतिजा प्रकाशित गर्दै निर्वाचन समिति २०२१ ले अध्यक्षमा गीता खनाल थापा विजयी हुनु भएको जानकारी दिएको हो। 

बिजयी हुनेमा अध्यक्षमा गिता थापा, उपाध्यक्षमा शिवराम भण्डारी, लोक बहादुर पुन र संगीता तिमिल्सिना (निर्विरोध),  महासचिवमा दिलिप गुरुङ, सचिवमा कमल बिक्रम केसी, कोषाध्यक्ष टिका अधिकारी, सह कोषाध्यक्ष महेश्वर (महेश) शर्मा, महिला संयोजकमा पार्वती खड्का, युवा संयोजकमा उमेश बन्जारा सदस्यहरुमा सुजिता सिटौला, मान बहादुर सेन्चुरी, राजेन्द्रबबु श्रेष्ठ सुमित्रा थापा र लक्ष्मण मल्ल रहनु भएको छ । आइसीसी सदस्यमा  अमर बहादुर भण्डारी र एक बहादुर मल्लको बराबर मत (२२५) प्राप्त भएकोमा सहमतीय अधारमा अमर बहादुर भण्डारी विजयी हुनु भएको थियो। निर्वाचन समितिले सम्पूर्ण निर्वाचित पदाधिकारीहरु तथा सदस्यहरुलाइ पद तथा गोपनियताको सपथ गराउनुको साथै प्रमाण पत्र वितरण गरेको थियो।

सन् २००५ मा स्थापना भएको सँस्थाको ९ औं रास्ट्रिय महाअधिवेशन सम्म आइपुग्दा सँस्थाले पहिलो महिला नेतृत्व पाएको छ ।  सदस्य, महिला संयोजक, २ कार्यकाल बरिस्ठ उपाध्यक्ष हुँदै २०२१-२०२३ कार्यकालका लागि गीता खनाल थापा अध्यक्ष पदमा निर्वाचित हुनु भएको हो। अध्यक्ष पदमा कार्यभार सम्हाल्न सपथ ग्रहण गर्दै आफ्नो मन्तब्य दिने क्रममा उहाँले सवैले अपनत्व महसुस गर्ने र महिलालाइ प्राथमिकतामा राखेर कार्यक्रमहरु ल्याइने बताउनु भयो।

नयाँ कार्यसमितिको पूर्ण विवरण : 

Geeta KHANAL THAPA
PRESIDENT
Shivaram BHANDARI
SENIOR VICE - PRESIDENT
Sangita TIMILSINA POUDEL
VICE - PRESIDENT
Lok Bahadur PUN
VICE - PRESIDENT
Dilip GURUNG
GENERAL SECRETARY
Kamal Biram KC
SECRETARY
Tika ADHIKARI
TREASURER
Maheshwor SHARMA
CO-TREASURER
Parbati KHADKA ADHIKARI
WOMEN COORDINATOR
Umesh BANJARA
YOUTH COORDINATOR
Sumitra THAPA
Member
Sujita SITAULA BHATTARAI
Member
Laxman MALLA
Member
Rajendra babu SHRESTHA
Member
Man Bahadur SENCHURI
Member
Amar Bahadur BHANDARI
ICC Member

 

भूतपुर्व कार्यसमितिहरु => http://nrnfrance.fr/executive-committee-nrnfrance