गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद एनआरएनए फ्रान्सले फ्रान्समा रहेर सामाजिक क्षेत्रमा योगदान गर्ने महिलाहरुलाई सम्मान गरेको छ। आईतवार ६ मार्चको दिन अन्तरास्ट्रिय महिला दिवसको अवसर पारेर पेरिस नजिकै मेजों अल्फोर्डमा होली संगसंगै सम्मान कार्यक्रम आयोजना गरिएको थियो। फ्रान्समा रहेका नारी सशक्तिकरणका हिमायती महिलाहरुलाइ सम्मान गर्न पाउँदा निकै हर्षित भएको बताउदै एनआरएनए फ्रान्सकी अध्यक्ष गीता खनाल थापा ज्युले भावुक हुदैं सम्मानित महिलाहरुले नेपाल र नेपालीका लागि गर्नु भएको योगदानको स्मरण गर्नु भएको थियो।

सम्मान कार्यक्रममा नेपाली « पाकोफेन PACOFEN » सँस्था मार्फत नेपालका नारीहरूको अवस्था सुधार गर्न सहयोग गर्ने श्रीमती सुमित्रा प्रधान ज्यू लाई दोसल्ला ओडाई सम्मान पत्र प्रदान गरिएको थियो। उहाँले विगतमा फ्रान्सेली संघ सँस्था र स्थानीय निकाय संग समन्वय गर्दै विभिन्न कार्यक्रमहरु आयोजना गर्ने नेपाली नवआगन्तुकहरुलाई फ्रान्सेली भाषा कक्षा संचालन गर्ने आदि बिभिन्न धेरै कामहरु गर्दै आउनु भएको छ।

सन् १९७० को दशकदेखि फ्रान्समा रहेर पूर्बिय संङ्गीत बाध्यबाधकमा अतुलनीय योगदान गर्दै नेपाली सङ्गीत, कला, संस्कृतिको उन्ननयकोलागि महत्वपूर्ण योगदान गर्नुहुने श्रीमती गोविन्द-जीवन के.सी. ज्युलाई दोसल्ला र सम्मान पत्र प्रदान गरिएको थियो।

फ्रान्समा हस्त चित्रकालामा ख्यातीप्राप्त व्यक्तित्व, चित्रकला प्रदर्शनी मार्फत प्रवासमा नेपाली कला संस्कृति प्रवर्द्वनमा योगदान पुर्याउदै महिला सशक्तिकरणको उदाहरणीय व्यक्तित्व श्रीमती सन्ध्या मिश्र ज्यूलाई दोसल्ला ओडाई सम्मान पत्र प्रदान गरिएको थियो।

विगतमा एनआरएनए फ्रान्सको कार्यसमितिमा रहेर महिला हक, हित, उत्थान र समस्या सम्बन्धि छलफल र सम्भाव्यता तथा ठोस कार्यान्वयन गर्न अभिप्रेरित गर्दै महिला फोरम गठन गरी युरोपियन स्तरमा प्रशंसनीय सामाजिक कार्य गर्नु भएकी श्रीमती रोशनी हमाल ज्यूलाई दोसल्ला र सम्मान पत्र प्रदान गरिएको थियो।

फ्रान्समा बसेर नेपाली विभिन्न मैत्री संघ संस्थाको माध्यमबाट तपाँईंले गर्नु भएको सामाजिक कार्य र युरोप स्तरीय अन्तरराष्ट्रिय नारी दिवस कार्यक्रम सफल पार्न महत्वपूर्ण भूमिका निर्बाह गर्नु भएको समेत स्मरण गर्दै श्रीमती अनुराधा पौडेल ज्यूलाइ दोसल्ला र सम्मान पत्र प्रदान गरिएको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष गीता खनाल थापाज्युले सामाजिक कार्यक्षेत्रमा महिलाहरु अझै आउनु पर्छ भन्दै, नेपाली समाजले महिलाहरुलाइ अगाडी बढ्न प्रेरित गर्नु पर्ने बताउदै भेदभावको अन्त्य गरिनु पर्दछ भन्नु भएको थियो।

त्यस्तै एनआरएनए फ्रान्सका संस्थापक अध्यक्ष तथा संरक्षक हरिहर अर्यालज्युले महिला सशक्तिकरणको बारेमा बताउदै विगतमा एनआरएनए फ्रान्सले गरेको प्रथम युरोपियन महिला भेला र महिला फोरमको बारेमा स्मरण गराउनु भएको थियो।

कार्यक्रम हलमा नेपाली संस्कृतिक गृह फ्रान्सको होली विशेष कार्यक्रम र एनआरएनए फ्रान्सको नारी दिवस संयुक्तरुपमा गरिएको थियो। अध्यक्ष गीता खनाल थापाज्युले संयुक्तरुपमा कार्यक्रम गर्न व्यवस्था मिलाउनु भएकोमा नेपाली संस्कृतिक गृह फ्रान्सका अध्यक्ष सुरज श्रेष्ठ तथा पदाधिकारीहरु र पाकोफेन फ्रान्सलाई हार्दिक धन्यवाद व्यक्त गर्नु भएको थियो।

श्रीमती सुमित्रा प्रधान ज्यू लाई दोसल्ला ओडाई सम्मान पत्र प्रदान गरिदै
श्रीमती सन्ध्या मिश्र ज्यूलाई दोसल्ला ओडाई सम्मान पत्र प्रदान गरिदै