एन आर एन फ्रान्स को देसीभैलो कार्यक्रम पूर्वघोषणानुसार १७ नोबेम्वर २०१३ आईतबारका दिन श्री गणेश रेस्टुरेन्ट पेरिस ( संघका अध्यक्ष श्री घनश्याम पौडेल ) को मा १:०० बजे देखि ८:०० बजे बेलुकी सम्म सम्पन्न तथा समापन गरियो ,उक्त देउसीभैलो कार्यक्रम लाई भव्य स्वागत का साथ उच्च दक्षिणा सहित सहयोग गरिदिनु भएकोमा यहंँा ,यहाँको परिवार तथा  रेस्टुरेन्ट परिवार समेतलाई  एन आर एन फ्रान्स परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछौं । 
 nrn-deusi-2013-9
 
साथै उक्तकार्यक्रममा उपस्थित भै आ-आफ्नो सहभागिता जनाई स्वतस्फुर्त भै भैलीलाई दान गर्नुहुने एन आर एन फ्रान्सका आई सि सि सदस्य मिन बहादुर जी. सि. , एन.आर.एन फ्रान्सका दिर्तिय उपाध्यक्ष किरण के. सी.,एन आर एन का सचिव अनिल गुरूड्ग , एन आर एन का सह-कोषाध्यक्ष मिन बहादुर श्रेष्ठ र मेडाम रूकमणि श्रेष्ठ ,एन आर एन का कार्यसमिति सदस्य शिव (कृष्णा) पराजुली,आफ्नो कार्य व्यस्थता को बाबाजुत कार्यक्रममा उपस्थित हुन नसके पनि दक्षिणा पठाउनु हुने तमुु समाज फ्रान्सकी कोषाध्यक्ष अनिता गुरूड्ग समेतलाई एन आर एन फ्रान्स परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछौं ! !
अन्तमा यस वर्ष २०१३ को देउसीभैलो कार्यक्रम विशेष समारोह बीच समापन गरियो । यस समापन समारोहमा बोल्नेक्रममा संघका आई सि सि सदस्य मिन बहादुर जी सीले देउसीभैलो कार्यक्रमको माध्यमबाट यसरी कोषसंकलन गर्ने चलन बसाल्नुहुने भु पु अाई सि सि सदस्य स्वर्गीय असोक न्युपाने र संस्थापक एवं पुर्वजहरूको सझना गर्दै हामी सबैले यस माहान कोष संकलनमा सहभागी हुनुपर्ने कुरामा जोड़ दिनु भयो ।
तेस्तै संघको यस कार्यक्रम लाई सफल पार्न सक्षम कर्मस्ठ कार्यवाहक अध्यक्ष भै विशेष भुमिका निभाउनु हुने उपाध्यक्ष सुर्वण बिक्रम हमाल लगाएत कार्यसमिति का साथीहरू एक बहादुर मल्ल, रोशनी हमाल(बानियाँ ),मिन बहादुर श्रेष्ठ ,नरेन्द्र शाही ,शिव(कृष्णा) पराजुली ,अनिल गुरूड्ग र सदस्य साथीहरू , स्वयंमसेवकहरू सुजन बानियाँ , गिता खनाल थापा, समिक्षा थापा,समिरा थापा, मुना वाग्ले,अदिती हमाल, पुजा अधिकारी, कान्छा भण्डारी, मिलन सेन,रामकृष्ण कार्की, प्रकाश भण्डारी ,दिपेश मल्ल, शैलेस सेन,छिरिड्ग शेर्पा , संगिता तामाड्ग , मिराज घले , विशाल थापा ,उद्दव चौलागाई, विनोद वास्तोला,पुरूश्वतम पौडेल,सुनिता पौडेल र दाजुभाई ,दिदीबहिनीहरू समेतलाई कर्मश: महासचिव भक्त वाग्ले, द्दितिय उपाध्यक्ष किरण के सी, कोषाध्यक्ष नरेन्द्र शाही, अध्यक्ष घनश्याम पौडेल ले यस एन आर एन फ्रान्सको आजसम्मकै नमुना कार्यक्रम ईतिहासिक रहेको भन्दै  सबै धन्यवाद का पात्रहरू भएको बताउनु भयो । जो जसले कोष संकलनको लागी दिनरात को मेहनेत गर्नुभयो यसरी यो कार्यक्रम सफल पार्नुभयो उहाँहरूलाई आँफुहरूको अनुपस्थितीमा पनि नमुना कार्यक्रम सफल पार्नुभएको मा धेरै धेरै धन्यवाद छ भन्दै हाम्रो यस देउसीभैलो लाई आँफुखुसी दानदक्षीणा प्रदान गर्नुहुने सबैको नाम एन आर एन फ्रान्सको अभिलेखमा रहिरहनेछ भन्ने मन्तब्यमा वक्ताहरूले व्यक्त गर्नु भएको थियो । स्मरण रहोस एन आर एन फ्रान्सको यस वर्षको देउसीभैलो १ नोबेम्वर २०१३ का दिन संघका उपाध्यक्ष सुवर्ण बिक्रम हमाल को घर बाट शुरू गरि १७ नोबेम्वर २०१३ का दिन संघका अध्यक्ष घनश्याम पौडेल को श्री गणेश रेस्टुरेन्ट पेरिस मा आईपुगेर सम्पन्न गरिएको थियो ।
यस देउसीभैलो समापन कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष घनश्याम पौडेल ले र संचालन महासचिव भक्त वाग्ले ले गर्नु भएको थियो ।
deusi-2014-pic-2
 
nrn-deusi-201
 
nrn-deusi-2013-5