आदरणीय फ्रान्सवासी दिदीवहिनी ज्युहरू,

नमस्कार !
    यस गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्स ( nrna france) तथा महिला प्रतिनिधि श्रीमती रोशनी हमाल बानियाँ को सकृयाता र नेपाली राजदूतावास पेरिस फ्रान्सका माहामहिम राजदूत श्रीमान मोहन कृष्णा श्रेष्ठ की धर्मपत्नी श्रीमती सजना श्रेष्टको सहयोग र एन आर एन आई सि सी का महिला सह-संयोजीका श्रीमती रजनी प्रधान को विशेष आथित्यमा हामी सबै फ्रान्सवासी नेपाली दिदीवहिनीहरू बीच भेटघाट भई महिलाका समस्या र उत्थानका बिषयहरूमा विशेष छलफल र संम्भाव्यता तथा ठोस् कार्यान्वयन गर्न अभिप्रेरित गर्ने विषय वस्तु सहित महिला भेला तथा छलफल अन्तरक्रियाको कार्यक्रम तल उल्लेखित निम्न स्थान , समय र मिती मा आयोजना गरिएकोले फ्रान्स स्थित महिला दिदीवहिनी हरूमा यो सुचना गर्दै उपस्थितिको लागी हार्दिक अनुरोध सहित निमन्त्रणा गर्दछौं ।
स्थान :- 7 Rue Albéric Magnard
75116 Paris
France ( म.म. राजदूतको निवास ),
समय :- दिन को ठिक २:३० – ५:३० बजे सम्म,
मिती :- ६ जुलाई २०१४ आईतबार ,

 

– एन आर एन ए फ्रान्स / महिला प्रतिनिधि ।