पेरिस फ्रान्स ,विगत का वर्ष जस्तै विभिन्न खेलकुदको माध्यमबाट फ्रान्सका युवा वर्ग र महिला तथा बालबालिकाहरुलाई मनोरंजन का साथै भाइचारा अभिवृद्धि गर्ने उदेश्यका साथ हरेक बर्ष संचालन गर्दै आएको खुल्ला भलिबल रनिड्ग सिल प्रतियोगिता यहि गत आइतबार १४ सेक्टेम्बर २०१४ को दिन पेरिस शहरको नजीक्कैको ( Parc Interdépartemental des Sports 93200 Saint-Denis
France ) ग्राउण्डमा भव्यताकासाथ सम्पन्न भएको छ ।

कार्यक्रम विशेषत: युवा पुरुषको लागि भलिबल प्रतियोगिता र महिलाहरूका लागी सिओमा धागो छिराउने खेल बढो आकर्षक र मनोंजन प्रदान गरेको थियो । खुल्ला भलिबल रनिड्ग सिल प्रतियोगितामा चार टिमका खेलाडीहरु प्रतिस्पर्धामा थिए ।
खेलको सुरुमा खेलकुद कार्यक्रमका संयोजक एवम संघका युवा प्रतिनिधि एकेन्द्र बहादुर मल्ल र संघका माहासचिव भक्तवाग्ले सम्पूर्ण दर्शक र खेलाडीहरू लाई स्वागत गर्दै खेलका नियम र संचालनका बारेमा जानाकारी दिनुभएको थियो । कार्यक्रममा संघका अध्यक्ष घनश्याम पौडेल,उपाध्यक्षद्वय सुवर्ण बिक्रम हमाल, किरण के सी, कोषाध्यक्ष नरेन्द्र शाही,सह-कोषाध्यक्ष मिन कुमार श्रेष्ठ , सहसचिब अनिल गुरूड्ग , सदस्य राजीव के सी ,संघ का आई सी सी सदस्य मिन बहादुर जी सी, संघका संस्थापक तथा संरक्षक हरिहर अर्याल , भु पु निवर्तमान अध्यक्ष निर्मल अर्याल , भु पु उपाध्यक्ष हरि प्रसाद सापकोटा , तमुसमाज फ्रान्स का अध्यक्ष नारायण गुरूड्ग लगाएत समितीका पदाधिकारी हरू, नेपाली एकाता समाज फ्रान्सका संस्थापक तप्त भण्डारी लगाएत अध्यक्ष प्रमोद पाण्डे र समितिका पदाधिकारीहरू को समेत उपस्थिति रहेको थियो । कार्यक्रम को प्रमुख अतिथीको रूपमा नेपाली राजदूताबास पेरिस फ्रान्सका का मु माहामहिम राजदूत राम बावु ढकालको उपस्थिति थियो ।
भलिबल खेल लिग सिष्टममा खेलिएको थियो । खुल्ला भलिबल रनिड्ग सिल प्रतियोगितामा एन आर एन टिम, एकता समाज « बि » टिम ,एकता समाज « ए »टिम, तमु समाज फ्रान्स टिम सबैले अनुशासित पूर्वक आफ्नो खेल प्रस्तुत गरेका थिए ।
नेपाली रास्ट्रिय झन्डा एवम संघको ब्यानरहरु फ़रफ़राइरहेको र २ किसिमका खेलहरु बिभिन्न स्थानमा संचालन भईरहँदा र बहुसंख्य सहभागीहरुको तालि र थपडीले खेलकूद परिसर अति रमाइलो बनेको थियो ।

सबै खेलको समाप्ती पछि नेपाली राजदूतवास पेरिस फ्रान्सका का मु महामहिम राम बावु ढकाल र संघका अध्यक्ष घनश्याम पौडेल,उपाध्यक्ष सुवर्ण बिक्रम हमाल, युवा तथा खेलकुद समिति संयोजक एक बहादुर मल्ल , संघका संस्थापक एवं संरक्षक हरि हर अर्याल , संघका आई सी सी सदस्य मिन बहादुर जी सी ,एकता समाजका संस्थापक र अध्यक्ष, तमुसमाज का अध्यक्ष सबैले पालो पालो गरी प्रथम, द्दितिय ,तृतीय र उत्कृष्ट खेलाडी का साथै कार्यक्रम लाई स्पोनसर स्वरूप केहि रकम प्रदान गर्ने माहानुभावहरू निर्मल अर्याल ,राम शर्मा, हरि प्रसाद सापकोटा, हरिहर अर्याल र अजय उप्रेती ज्युहरूलाई प्रमाण प्रत्र र सबै खेलका बिजेता खेलाडीहरु प्रथम हुने तमु समाज फ्रान्स लाई यस वर्षको रनिड्ग सिल्ड ,तक्मा , प्रमाण पत्र र ५०१€ नगद पुरस्कार ! द्रोस्रो हुने एकता समाज « बी » लाई सिल्ड , तक्मा र प्रमाण पत्र साथै २५१€ नगद पुरस्कार ! तेस्स्रो हुने एन आर एन टिम लाई सिल्ड , प्रमाण पत्र ! उत्कृष्ट खेलाडी एन आर एन फ्रान्सकाे टिमका बिरेन्द्र मल्ल लाई नगद ५१€ , प्रमाण पत्र प्रदान गर्रिएको थियो ।

अन्त्यमा कार्यक्रम संचालक संघका महासचिब र युवा प्रतिनिधिले सम्पूर्ण सहभागी खेलाडीहरु, रेफ्रीहरु, प्रायोजकहरु एवं दर्शकहरुलाई धन्यबाद दिदै अक्टूबर ११ मा हुने NRN डे साधारण सभा र विजय दशमी को शुभकामना आदान प्रदान र नेपाल बाट पाल्नुहुने गायककार हेमन्त शर्मा का साथै स्थानिय कलाकारहरू को सांस्कृतिक कार्यक्रम मा सहभागी हुन सबैलाई आमन्त्रण गर्नु भयो भने संघका अध्यक्षले कार्यक्रम समापन भएको घोषणा गर्नुभयो ।
यसरी विहान १०:०० बजे बाट शुरू भएको कार्यक्रम वेलुकी ७:०० समापन भएको थियो ।