आदरणीय फ्रान्सबासी दाजुभाई तथा दिदीवहिनी ज्युहरू !

       सर्व प्रथम त विजय दशमी २०७१ को हार्दिक मंगलमय शुभकामना ! यहि ११ अक्टोबर २०१४ शनिवार को दिन,एन आर एन ए फ्रान्सको बार्षिक साधारण सभा को साथै एन आर एन डे ,बिजय दशमी २०७१ सालको शुभकामना आदानप्रदान कार्यक्रम र नेपाल देखि पाल्नु भएका नेपाल का ख्याति प्राप्त गायककार हेमन्त शर्मा को प्रस्तुति साथमा स्थानिय कलाकारहरू को संस्कृतिक कार्यक्रम प्रस्तुती हुनेभएकोले सम्पूर्ण संस्थाका पंजीकृत सदस्य ज्युहरू उक्त दिन हुने विहान को १०:०० बजे साधारण सभामा भाग लिन अनिवार्य उपस्थित भैदिनुहुन यही सुचना बाट हार्दिक अनुरोध गर्दछौं ।
साथै सम्पूर्ण दाजुभाई तथा दिदी वहिनी ज्युहरूलाई विजय दशमी को शुभकामना तथा भव्य सांस्कृतिक कार्यक्रम मा भाग लिन दिन को ठिक १:०० बजे उपस्थितिको लागि हामी निमन्त्रणा गर्दछौं ! संास्कृतिक कार्यक्रम मा सहभागी हुनको लागी जम्मा १० युरोको शुल्क निर्धारण गरेका छौं भने १० दश वर्ष मुनीका बालबालिकाहरुलाई निशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ । समयमै आ-आफ्नो प्रवेश टिकट लिएर स्थान बुकींड्ग गर्नुहुन हार्दिक निमन्त्रणा गर्दछौं ।

*कार्यक्रम वेलुकी ५:०० समाप्त गरिने छ ।

स्थान :- Maison Guy Moquet – La Courneuve ( metro line no.7 , station :- la Courneuve -8-Mai -1945 )

119 Avenue Paul Vaillant-Couturier 93120 La Courneuve

-एन आर एन ए फ्रान्स परिवार ।