विशेष सुचना ! श्रद्धान्जली « शोकसभा »

आदरणीय फ्रान्सवासी नेपाली तथा गैर नेपाली दाजुभाई तथा दिदीवहिनीहरु र विभिन्न नेपाली संघ संस्थाहरू,

  सर्वप्रथम त हामी फ्रान्समा रहेका सम्पुर्ण एनआरएनहरुको तर्फबाट देशमा भएको यस क्षती प्रति गम्भिर दुख प्रकट गर्दै घटनामा परेर असामयिक निधन भै स्वर्गीय हुने सम्पूर्ण दिवंगत आत्माहरूको चिरशान्तीको प्रार्थना र हार्दिक श्रद्धान्जली अर्पण गर्दै उहांहरूका शोकाकुल परिवारजन तथा आफन्तजनहरु प्रति हामीहरू समवेदना प्रकट गर्दछौं साथै घाईतेहरुको शु:स्वास्थ्य एवं शिघ्र लाभको कामना गर्दछौं ।
   त्यसै क्रममा महाभूकम्पबाट आफ्नो जीवन गुमाउनुभएका हाम्रा सम्पूर्ण नेपाली दाजुभाई दिदिबहिनीहरुको स्वर्गीय आत्माहरूको चिरशान्तिको लागि विशेष गरी नेपाली राजदूतावास पेरिस फ्रान्सको अगुवाई र फ्रान्स स्थित विभिन्न संघ/संस्था सबै नेपाली ,गैर नेपालीहरूको उपस्थितिमा दिप प्रज्वलन गरी नेपाल र नेपालीको लागि एक्यबद्धता प्रर्दशन गर्नको लागि सम्पूर्ण फ्रान्स वासी नेपाली तथा ग़ैर नेपाली दाजु भाइ तथा दिदीबहिनीहरु लाई 02 May 2015 का दिन ठिक 3:00 बजे देखि 6:00 बजे सम्म मा TROCADERO ( Eiffel Tower ) अगाडी नेपाली झन्डा सहित् उपस्थित भैदिनुहुन् शादर अनुरोध गर्दछौं !
प्रार्थी :-
-एन आर एन ए फ्रान्स सम्पूर्ण परिवार का साथै फ्रान्सका लागी नेपाली राजदूतावास पेरिस ।