गैर आवासीय नेपाली संघरास्ट्रिय समन्वय परिषद फ्रान्सको निर्वाचन समिति २०१५ को सूचना

लाकुरनभ ७ अगष्ट २०१५,

 

यस संघको मिति ०७/०७/२०१५ मा बसेको कार्य समितिको वैठकले निर्णय गरि बनाएको निर्वाचन समितिको हैसियतले संघको विद्धमान विधानहरु तथा नियमावलीहरुको अधिनमा रहि संघले दिएको अधिकार प्रयोग गर्दै संघको नयाँ कार्यकारी परिषद्को निर्वाचन सम्वन्धी यो सार्वजनिक सूचना प्रकाशन गरिएको छ ।

 

(१) निर्वाचन हुने मिति र स्थान: आइतबार २३ अगष्ट २०१५ महा अधिवेशन स्थल: 58 Rue De La Convention, 93120 La Courneuve
(२) निर्वाचन हुने पदहरु, पद संख्या र उमेद्वारी शुल्क : (क) अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य – १ पद, २०० युरो (ख) राष्ट्रिय समन्वय परिषद अध्यक्ष – १ पद, २०० युरो (ग) राष्ट्रिय समन्वय परिषद उपाध्यक्ष – २ पद, १००/१०० युरो (घ) महासचिव, कोषध्यक्ष, सचिव, सह कोषध्यक्ष, महिला प्रतिनिधि र युवा प्रतिनिधि – १/१ पद, १००/१०० युरो (ङ) कार्यकारी सदस्य – ४ पद, ५०/५० युरो

 

(३) संघको विधान अनुसार कुनै पनि पदमा उमेद्वारी दिन चालु वर्षको संघको पव्जिकृत सदस्य (register member) अनिवार्य भएको हुनु पर्नेछ । सदस्यता ९ अगष्ट २०१५ सम्ममा लिएको वा नविकरण गरेको हुनु पर्नेछ । अन्तर्राष्ट्रियसमन्वय परिषदको सदस्य पदमा र राष्ट्रिय समन्वय परिषदको अध्यक्ष पदमा उमेद्वारी दिन निजले घटीमा एक कार्यकाल संघको अन्तर्राष्ट्रियवा राष्ट्रिय समन्वय परिषदमा काम गरि सकेको अनुभवी हुनुपर्नेछ ।
(४) कुनै पनि पदमा उमेदवारी दिन योग्यता पुगेका इच्छुक उमेदवारीले सोमवार १७ अगष्ट २०१५ को १७ बजे सम्ममा निम्न ठेगानामा आफ्नु उमेदवारी आवेदन पत्र पठाउन सक्नेछ । आवेदन पत्रको खाममा १७ अगष्ट वा सो भन्दा अघिको हुलाक छाप हुनु पर्नेछ ।
(५) आवेदन पठाउने वा पत्राचार गर्ने ठेगाना: Mr. Harihar Aryal NRNA France, Election Committee 121 Rue Danielle Casanova, 93300 Aubervillers – France

 

Read More

 

गैर आवासीय नेपाली संघरास्ट्रिय समन्वय परिषद फ्रान्सको निर्वाचन समिति २०१५ को सूचना

लाकुरनभ ७ अगष्ट २०१५ यस संघको मिति ०७/०७/२०१५ मा बसेको कार्य समितिको वैठकले निर्णय गरि बनाएको निर्वाचन समितिको हैसियतले संघको विद्धमान विधानहरु तथा नियमावलीहरुको अधिनमा रहि संघले दिएको अधिकार प्रयोग गर्दै संघको नयाँ कार्यकारी परिषद्को निर्वाचन सम्वन्धी यो सार्वजनिक सूचना प्रकाशन गरिएको छ ।

 

(१) निर्वाचन हुने मिति र स्थान: आइतबार २३ अगष्ट २०१५ महा अधिवेशन स्थल: 58 Rue De La Convention, 93120 La Courneuve

(२) निर्वाचन हुने पदहरु, पद संख्या र उमेद्वारी शुल्क : (क) अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य – १ पद, २०० युरो (ख) राष्ट्रिय समन्वय परिषद अध्यक्ष – १ पद, २०० युरो (ग) राष्ट्रिय समन्वय परिषद उपाध्यक्ष – २ पद, १००/१०० युरो (घ) महासचिव, कोषध्यक्ष, सचिव, सह कोषध्यक्ष, महिला प्रतिनिधि र युवा प्रतिनिधि – १/१ पद, १००/१०० युरो (ङ) कार्यकारी सदस्य – ४ पद, ५०/५० युरो

 

(३) संघको विधान अनुसार कुनै पनि पदमा उमेद्वारी दिन चालु वर्षको संघको पव्जिकृत सदस्य (register member) अनिवार्य भएको हुनु पर्नेछ । सदस्यता ९ अगष्ट २०१५ सम्ममा लिएको वा नविकरण गरेको हुनु पर्नेछ । अन्तर्राष्ट्रियसमन्वय परिषदको सदस्य पदमा र राष्ट्रिय समन्वय परिषदको अध्यक्ष पदमा उमेद्वारी दिन निजले घटीमा एक कार्यकाल संघको अन्तर्राष्ट्रियवा राष्ट्रिय समन्वय परिषदमा काम गरि सकेको अनुभवी हुनुपर्नेछ ।

(४) कुनै पनि पदमा उमेदवारी दिन योग्यता पुगेका इच्छुक उमेदवारीले सोमवार १७ अगष्ट २०१५ को १७ बजे सम्ममा निम्न ठेगानामा आफ्नु उमेदवारी आवेदन पत्र पठाउन सक्नेछ । आवेदन पत्रको खाममा १७ अगष्ट वा सो भन्दा अघिको हुलाक छाप हुनु पर्नेछ ।

(५) आवेदन पठाउने वा पत्राचार गर्ने ठेगाना: Mr. Harihar Aryal NRNA France, Election Committee 121 Rue Danielle Casanova, 93300 Aubervillers – France

(६) उमेदवारी आवेदन पत्रको ढाचा संघको वेभ साइटमा (website) उपलब्ध छ । यो आवेदन पत्र भरेर वा यस्तै ढाचामा आफैले हातले लेखेर आवेदन पठाउन सकिनेछ । आवेदनमा उमेद्वारको नाम, थर, ठेगाना, सम्पर्क फोन, उमेदवारी दिएको पद र दस्तखत अनिवार्य हुनु पर्नेछ ।
(७) आवेदन पत्रका साथ फ्रान्समा वसोवास गर्ने अनुमति पत्र carte de séjour वा परिचय पत्र carte d’identité Nationale, वा येस्तै अन्य परिचय पत्रको प्रतिलिपि अनिवार्य संलग्न गरेको हुनुपर्नेछ । यसका साथै पद अनुसार तोकीएको उमेदवारी शुल्क NRNA-NCC France को नाममा चेक संलग्न हुनु पर्नेछ । नगद शुल्क बुझाएमा सोको भरपाइ पेश गर्नु पर्नेछ । कुनै पनि कारणले यो शुल्क फिर्ता हुनेछैन ।

 

(८) मतदाता र उमेदवारहरुको नामावली प्रकाशन मिति र स्थान: बुधबार १९ अगष्ट २०१५ संघको वेभ साइट र नेपाली राजदूतावास
(९) मतदाता नामावली र उमेदवारहरुको नामावलीमाथि दावि विरोध समय: शुक्रबार २१ अगष्ट २०१५, १५ बजे सम्म निर्वाचन समितिको संयोजक समक्ष प्रमाणित र उचित कारण देखाई लिखित दावि विरोध पत्र पठाउनु पर्ने छ ।

 

(१०) उमेदवारी फिर्ती लिने समय: आइतबार २३ अगष्ट २०१५, १२ बजे सम्म-अधिवेशन स्थलमा

 

(११) मतदाता र उमेदवारहरुको अन्तिम नामावली प्रकाशन: आइतबार २३ अगष्ट २०१५, १४ बजे सम्म-अधिवेशन स्थलमा

 

(१२) अक्टोवर २०१५ काठमाडौंमा हुने अन्तर्राष्ट्रिय परिषद्को महाअधिवेशन – निर्वाचन एवं विश्व सम्मेलनमा भाग लिन १० जना पव्जिकृत सदस्य बराबर १ जना प्रतिनिधि छनोट हुनेछ । पव्जिकृत सदस्यको अन्तिम नामावली प्रकाशन संख्याको आधारमा प्रतिनिधि संख्या निर्धारण हुनेछ । काठमाडौंमा हुने उक्त कार्यक्रममा प्रतिनिधि भई भाग लिन जाने इच्छुक उमेद्वारले यही अधिवेशन स्थलमा लिखित आवेदन दिन सक्नेछन् । तोकिएको प्रतिनिधि संख्या भन्दा बढी संख्यामा उमेदवारी परेमा गोप्य मतदानवाट प्रतिनिधिको निर्वाचन हुनेछ । प्रतिनिधि उमेद्वारको आवेदन नआएमा वा घटी संख्या भएमा वाँकी संख्याको प्रतिनिधिको छनोट नँया कार्य समितिले गर्नेछ ।

 

(१३) निर्वाचन प्रक्रिया: चलन चल्तीको गोप्य मतदान हुनेछ । कुनै पदमा पद संख्या भन्दा वढी संख्यामा उमेदवारी नआएमा मतदान हुनेछैन र सो पदमा निर्विरोध निर्वाचन भएको मानिनेछ । कुनै पनि पदमा वा पदहरुमा निर्वाचन मतदान भएमा धेरै मत प्राप्त गर्ने उमेदवार वा उमेदवारहरुलाई विजयी मानिनेछ ।

 

(१४) निर्वाचनको परिणामको जानकारी महअधिवेशन स्थलमा, संघको वेभ साइटमा र आवश्यक परेमा चलन चल्तीका संचारका माध्यमहरुवाट गराइनेछ ।

 

(१५) मतदान गर्दा मतदाताहरुले अनिवार्यरुपमा आफ्नो परिचय पत्र देखाउनु पर्नेछ । प्रकाशित नामावलीसंग परिचय नमिलेकोलाई मतदान गर्न दिइने छैन ।

 

(१६) संघको विधानले प्रदत्त गरेको मतदान प्रत्यायोजन अधिकारलाई (procuration) मान्यता दिइनेछ । एक पव्जिकृत सदस्यले संघको आर्को पव्जिकृत सदस्यलाई मात्र आफ्नु परिचय पत्रको प्रतिलिपि संलग्न गरि लिखित अधिकार प्रत्यायोजन दिनु पर्नेछ । एक सदस्यले एउटा भन्दा धेरै अधिकार प्रत्यायोजन ग्रहण गर्न सक्नेछैन ।

 

(१७) महाअधिवेशन तथा निर्वाचन स्थलमा कुनै पनि उमेदवारले वा निजका सहयोगीले निर्वाचनको प्रचार प्रसार पम्पलेटिंग वा भाषण-मनतव्य गर्न पाउने छैन ।

 

(१८) निर्वाचनमा मतदान कार्य पछि मतगणना हुनेछ र निर्वाचन समितिको संयोजकले निर्वाचनको परिणाम घोषणा गर्नेछ । परिणामको घोषणा पछि निर्वाचन समितिका संयोजकले विजयी अध्यक्षलाई पदको शपथ ग्रहण गराई पदभार सुम्पनेछ ।

 

(१९) निर्वाचन सम्बन्धि सम्पूर्ण र अन्तिम निर्णय गर्ने अधिकार निर्वाचन समितिलाई हुनेछ ।

 

(२०) हरिहर अर्याल संयोजक, मुकुन्दमान अमात्य र पेम्वा शेर्पा सदस्य रहनु भएको तीन सदस्यीय निर्वाचन समिति विधिवत् गठन भएकोछ । महाअधिवेशन तथा निर्वाचनमा अन्तर्राष्ट्रियसमन्वय परिषदको घटीमा एकजना प्रतिनिधि पर्यवेक्षक को रुपमा उपस्थित हुनेछ ।

 

(२१) यो निर्वाचन सबन्धि सूचना, दस्तावेज आदि गोप्य राख्नु पर्ने समय र विषयमा सार्वजनिक गर्न वा कसैलाई जानकारी दिन निर्वाचन समिति वाध्य हुनेछैन ।

 

(२२) निर्वाचन सम्बन्धमा थप वा अन्य जानकारी चाहिएमा समितिका संयोजक वा सदस्यहरुसंग सम्पर्क राख्न सकिनेछ ।
एन.आर.एन.ए. जस्तो पबित्र र गरिमामय विश्व संघको फ्रान्सको निर्वाचन निष्पक्ष, बैधानिक र उत्साहबर्धक वातावरणमा सम्पन्न गर्न निर्वाचन समिति प्रतिबध्दता जाहेर गर्दछ । साथै यसकालागि निर्वाचन समितिलाई सहयोग गर्नुहुन सवै सरोकार वर्गसंग हार्दिक अनुरोध पनि गर्दछ ।
निर्वाचन समिति २०१५ एन.आर.एन.ए. फ्रान्स संयोजक: हरिहर अर्याल