(Download Version PDF)

एन.र.न.ए फ्रान्सका पंजीकृत सदस्य ज्यूहरु, २३ अगष्ट मा हुने महा अधिवेशनमा छलफल गर्न यो संसोधित प्रस्ताव विधान पढेर आउनु हुन अनुरोध गरिन्छ

——————————————————————–

 

फ्रान्समा बस्ने नेपाली तथा नेपाली मुलका गैर नेपाली संघ फ्रान्सको बिधान 
(२००६ र २०१५ को संशोधन सहित )
( गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद फ्रान्सको फ्रेन्च भाषाको मूल बिधानको नेपाली भाषा अनुदित विधान)

प्रस्तावना: नेपालको विकास र प्रवर्धनमा टेवा पुराउन, विश्वका विभिन्न मुलुकहरुमा बसोवास गरिरहेका गैरआवासीय नेपालीहरुको हितको पक्षपोषण गर्न संगठित रुपले अघि बढ्नका लागि इस्वी सन् २००३ मा लण्डनमा सम्पन्न गैरआवासीय नेपालीहरुले एक भेलामा व्यापक छलफल भइ आफ्नो गतिविधिहरुलाई समन्वय एवं संचालन गर्न आधारभूत मानव अधिकारप्रति प्रतिवद् एक जिम्मेवारी सस्थाको गठन हुनु पर्ने अवश्यकतालाई मनन गरि एक स्वतन्त्र, गैर नाफामुलक, गैर राजनीतिक, गैर सरकारी, चिरस्थायी, एक संघको रुपमा स्थापित गैरआवासीय नेपाली संघको बृहत्तर दायरा भित्र रही फ्रान्समा विविध गतिविधि संचालन गर्न इस्वी सन् २००६ रास्ट्रिय समन्वय परिषद गठन भएको अप्रिल महिनामा ओबेरभिलिएमा सम्पन्न भेलाको निर्णय बमोजिम राष्ट्रिय समन्वय परिषद गठन एवं संचालनका लागि यो बिधान बनाई लागू गरिएको छ ।

दफा १: नामकरण
यो संघ १ जुलाई १९०१ को कानून र १६ अगष्ट १९०१ को सरकारको निर्णयको अधिनमा रही, यो विधान अनुसार बनेका पन्जेक्रित सदस्यहरुबाट स्थापना भएको छ I यो संघको नाम फ्रान्समा बस्ने नेपाली र नेपाली मुलका गैर नेपाली संघ फ्रान्स रहेको छ I यो संघको सांकेतिक नाम एन आर एन ए, एन सी सी फ्रान्स NRNA , NCC France हुनेछ I
दफा २: उद्देश्य
फ्रान्समा बस्ने नेपाली र नेपाली मूलका गैर नेपाली संघ फ्रान्सको उद्देश्य निम्न रहेको छ I
२.१ फ्रान्समा बसोबास गर्ने नेपाली समुदाय र नेपालको मित्र फ्रेन्च समुदायसंग मित्रता अभिबृदि गर्ने I
२.२ फ्रान्समा नेपाललाई चिनाउने I
२.३ नेपालको आर्थिक तथा प्राबिधिक प्रगतिको निमित्त काम गरेको बिदेशमा स्थापित नेपाली संघ-संस्था र अन्तर्राष्ट्रिय संघ संस्थाहरुसंग निकट गैर आवासीय नेपाली संघ (NRNA) तथा यसको अन्तर्राष्ट्रिय समन्वय परिषद (ICC) संग बिशेष सहकार्य गर्ने I गैर आवासीय नेपाली संघ बिदेशमा बस्ने नेपालीहरु र नेपाली मूलका बिदेशीहरुलाइ एकत्रित गरि काम गर्ने नेपाली कानूनको अधिनमा स्थापना भएको संघ हो I
२.४ फ्रान्समा बस्ने नेपालीहरु र फ्रेन्चहरुको अनुभवको माध्यमबाट फ्रेन्च ज्ञान र शिपलाई नेपालीको हितमा लगाउन वातावरण सिर्जना गर्ने तथा मद्त गर्ने I
२.५ नयाँँ पुस्ताका गैर आवासीय नेपालीहरुलाई नेपालको समिम्यमा राखन विविध गतिबिधि गर्ने I
२.६ माथिका उद्देश्यहरु प्राप्तिलागि संस्कृतिक , परम्परागत , साहितिक र आर्थिक रुपमा कार्यक्रमहरु आयोजना गर्ने I

 

दफा ३: प्रधान कार्यालय
३.१ एन आर एन ए, एन सी सी फ्रान्सको प्रधान कार्यालय ९३३०० ओबेरभिलिए सहरको १२२ नम्बरको लेवपोल्ड रेशोसियर गल्लीको चौथो तलाको दाहिने फ्लाटमा रहेको छ I १६ मई २००९ को संघको असाधारण महाधिबेशनले पारित गरि स्वीकृत भएअनुसार यसको प्रधान कार्यालय ९३१२० ला कुरनभ सहरको ९१ नम्बरको आभीनयु ज जोरेसमा स्थानान्तरण भएको छ I
२३ अगष्ट २०१५ को महाधिवेशनले पारित गरि यसको प्रधान कार्यालय २७ Rue MAurice Lachâtre 93120 La Courneuve मा स्थान्तरण गरेको छ ।
३.२ यो संघको प्रधान कार्यालय कार्यकारी समितिको (CA) निर्णयले पेरिस अञ्चल (L’Ile de France) भित्रको कुनै पनि सहरमा स्थान्तरण गर्न सक्नेछ I तर यस्तो निर्णय त्यसपछि हुने महावेशनबाट अनुमोदित हुनु पर्नेछ I

 

दफा ४: संघको कार्यकाल
यो संघको कार्यकाल (आयु) असिमित छ I
दफा ५: संघमा प्रवेश तथा आबद्दत्ता
फ्रान्समा दुइ वर्ष भन्दा बढी समय बसोबास गर्ने १८ वर्ष उमेर पुगेका नेपाली र नेपाली मुलका गैर नेपालीले यो संघमा निम्न अवस्थामा सदस्यता ग्रहण गर्न सक्नेछन् I
५.१ यो संघको सिदान्त, बिधान र आचार संहितालाई आत्मासात् गरि पंजीकृत सदस्य हुन चाहने व्यत्ति I
५.२ नेपाल सरकारको कामको सिलसिलामा फ्रान्समा बसोबास गर्ने नेपालीहरु यो संघमा आबद् हुन सक्ने छैनन् I
५.३ संघको सदस्यता माग गर्न वा नविकरणको माग गर्नेको सदस्यता स्वीकार गर्ने वा अस्वीकार गर्ने अधिकार कार्यकारी समितिलाई मात्र हुनेछ I
५.४ सदस्यता माग वा नविकरणको माग स्वीकार वा अस्वीकार गरेको जानकारी कार्यकारी समितिको पदाधिकारीले सम्बन्धित व्यक्तिलाई दिनेछ l सदस्यता स्वीकार भई सदस्यता शुल्क बुझाएको अवस्थामा संघले सम्बन्धित सदस्यलाई सदस्यता पत्र दिनेछ l

 

दफा ६: संघको बनोट
संघमा निम्न अनुसारका सदस्यहरु हुनेछन् l
६.१ साधारण सदस्य : दुई वर्ष वन्द बढी बसोबास गर्ने नेपाली नागरिक वा नेपाली मुलका बिदेशी नागरिक संघका साधारण सदस्य हुनेछन् l
६.२ पव्जिकृत सदस्य : साधारण सदस्य भएपछि तोकिएको शुल्क तिरी सदस्य प्राप्त गर्ने व्यक्तिहरु पव्जिकृत सदस्य हुनेछन् l
६.३ प्रारभिक सदस्य : दुई वर्ष भन्दा कम समय फ्रान्समा बसोबास गरेको नेपाली नागरिक वा नेपाली मुलका बिदेशी नागरिक संघका प्रारभिक सदस्य हुनेछन् l यस्ता सदस्यहरुले संघको सबै क्रियाकलापहरुमा भाग लिन पाउनेछन् तर राष्ट्रिय समन्वय परिषद वा अन्तर्राष्ट्रिय समन्वय परिषदको कुनै निर्वाचित हुने पदको लागि उमेद्वार हुन र मतदान गर्न पाउने अधिकार हुने छैन l
६.४ सम्बद्ध सदस्य : नेपालीलाई सहयोग र प्रवर्धन गर्न चाहने गैरनेपाली मुलको व्यक्ति वा संस्था संघको सम्बद्ध सदस्य हुनेछ l यस्ता सदस्यहरुले संघको सबै क्रियाकलापहरुमा भाग लिन पाउनेछन् तर राष्ट्रिय समन्वय परिषद वा अन्तर्राष्ट्रिय समन्वय परिषदको कुनै निर्वाचित हुने पदको लागि उमेद्वार हुन र मतदान गर्न पाउने अधिकार हुने छैन l
६.५ मानार्थ सदस्य : फ्रान्समा रहेको गैरआवासीय नेपालीको हकहित संरक्षणमा तथा नेपालको विकाशमा उल्लेखेनीय योगदान पुराएका व्यक्तिहरुलाई मानार्थ सदस्यताकालागि राष्ट्रिय समन्वय परिषदको सिफारिसमा अन्तर्राष्ट्रिय समन्वय परिषदले मानार्थ सदस्य प्रदान गर्नेछ l यस्ता सदस्यहरुलाई संगको कुनै पनि निर्वाचनमा मतदान गर्ने र उम्मेदवार हुने अधिकार हुनेछैन l

 

दफा ७: सदस्यता शुल्क
चालु वर्षको वार्षिक सदस्यता शुल्क रकम प्रतिवर्ष कार्यकारी समितिले तोक्नेछ र राष्ट्रिय समन्वय परिषदले पव्जिकृत सदस्यहरुको विवरण र तोकेको सदस्यता शुल्क तोकेको समयमा अन्तर्राष्ट्रिय समन्वय परिषदमा पठाउनु पर्नेछ l

 

दफा ८: सदस्यताको समाप्ती, कर्तव्य र अधिकार
निम्न अवस्थामा यो संघको सदस्यता समाप्त हुनेछ:
८.१ राजिनामा दिएमा
८.२ मृत्यु भएमा
८.३ संघ खारेज वा बिघटन भएमा
८.४ कार्यकरी समितिले तोकेको समय भित्र तोकेको शुल्क नबुझाएमा । संघको हित विपरीत, कुनै पनि काम गरेको वा गर्न लगाएको भन्ने लिखित उजुरी आएको अवस्थामा, सो को स्पष्टिकरण दिन नसकेको हकमा, कार्यसमितिको वहुमतले निर्णय गरेमा निजको पंजीकृत सदस्यता वदर हुनेछ ।
८.५ प्रतेक सदस्यहरुको अधिकार र उत्तरदायित्व व्यक्तिगत हुनेछ र अन्य व्यक्तिमा हस्तान्तरणयोग्य हुनेछैन l
८.६ यस बिधान, गैरआवासीय नेपाली संघका बिधान र राष्ट्रिय समन्वय परिषद्का अन्य निर्णयहरुको पालना गर्नु र संघको उदेस्यहरु प्राप्तिका लागि आफ्नु अधिकतम सामर्थको प्रयोग गर्नु हरेक सदस्यहरुको कर्तव्य हुनेछ l
८.७ पर्न्जिकृत सदस्यहरुलाई राष्ट्रिय महाधिबेशन र अन्तर्राष्ट्रिय महाधिबेशनमा भाग लिन पाउने तथा मतदान गर्ने हक हुनेछ l तर उनीहरुलाई अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्बाचित हुने पदमा र राष्ट्रिय समन्वय परिषद्को अध्यक्ष पदमा उमेदवार हुने हक हुने छैन l यी पदहरुमा उमेदवार हुन घटीमा एक कार्यकाल राष्ट्रिय एवं अन्तर्राष्ट्रिय परिषदमा कार्य गरेको अनुभव हुनु पर्नेछ l

 

दफा ९: संघको आर्थिक श्रोतहरु र कोषहरू
संघको आर्थिक श्रोतहरु र कोषहरू निम्न अनुसारका छन् :
९.१ शुल्क तिर्नु पर्ने सदस्यहरुले तिरेको शुल्कहरु
९.२ राज्य तथा सरकारी निकायहरु र संघ संगठनहरुको अनुदान सहयोग
९.३ श्रम तथा कुनै बस्तु वा सामग्री सहयोग तथा अनुदान
९.४ संघको विभिन्न कार्यक्रमहरुबाट प्राप्त मुनाफा तथा संघले सेवा दिए बापत पाउने सेवा शुल्क र संघको सर-समान तथा सम्पत्ति बिक्रीबाट हुने आय
९.५ बार्षिक बजेटबाट बचत भई आएको बचत
९.६ संघको दायित्वको रकमको ब्याज र अन्य सम्पत्तिको आम्दानी
९.७ कानूनले मन्यता दिएको अन्य आर्थिक श्रोतहरु
९.८ संघको नाममा बैंक वा बित्तिय संस्थामा खाताहरु खोलिनेछ र कोषाध्यक्षको हस्ताक्षर अनिवार्य हुने गरि संघको अध्यक्ष वा महा सचिवको सयुंक्त हस्ताक्षर दारा संचालन हुनेछ l
९.९ आवश्यक परेमा राष्ट्रिय समन्वय परिषदले लेखा परीक्षक नियुत्त गरि वार्षिक रुपमा लेखा परीक्षण गराउनेछ र सो परीक्षणको प्रतिबेदन महाअधिविशेनमा पेश गरि अनुमोदन गर्ने र अन्तर्राष्ट्रिय समन्वय परिषदलाई जानकारी गराउने छ l
९.१० राष्ट्रिय समन्वय परिषदको आयव्ययको विवरण फ्रान्सको संघ संस्थाको लेखा प्रणाली बमोजिम राखिनेछ l

 

दफा १०: कार्यकारी समिति – राष्ट्रिय समन्वय परिषद (C.A.)
१०.१ यो संघको उदेश्यहरु कार्यान्वयन गर्ने काम महाअधिविशेनबाट २/२ वर्षको लागि निर्वाचित ११ देखि २१ जना पदाधिकारी तथा सदस्य भएको कार्यकारी समितिले गर्नेछ l आगामी कार्यकारी समितिको संख्या कतिजनाको हुने भन्ने निर्णय संघको पर्न्जिकृत सदस्य संख्या तथा क्रियाकलापको आधारमा पदमुत्त हुने कार्यकारी समिति ले निर्णय गर्ने छ l
१०.१.१ राष्ट्रिय समन्वय परिषदको गठन देहाए अनुसारको हुनेछ :
अध्यक्ष – १, उपाध्यक्ष – २, महासचिव -१, सचिव -१, कोषाध्यक्ष – १, सह-कोषाध्यक्ष -१, आवश्यक ठानेमा प्रबक्ता (मनोनित) – १, महिला संयोजक -१, युवा संयोजक -१, सदस्यहरु -४, कार्यसमिति बाट मनोनित सदस्य – २
दफा ११: कार्यकारी समितिको (राष्ट्रिय समन्वय परिषदको ) काम कर्तव्य र अधिकार:
११.१ आवश्यक परेमा कार्यकारी समितिले १ वर्षको लागि आफ्नो कार्यकाल बढाउन सक्नेछ l यसो गरेमा यसपछि हुने अधिवेशनबाट यो निर्णयको अनुमोदन हुनुपर्नेछ l
११.२ विविध विषयमा विभिन्न कार्यहरु सम्पादन गर्न कार्यकारी समितिले उप-समिति बनाउन सक्नेछ l
११.३ कारणवश कार्यकारी समितिको कुनै पदाधिकारी वा सदस्य पदरित्त भएमा कार्यकारी समितिले मनोनय बाट रित्त स्थान प्रूर्त्ति गर्नेछ l यसरि मनोनयन भएका पदाधिकारी वा सदस्यको कार्यकाल साबिकमा बाँकी रहेको कार्यकाल मात्र हुनेछ l
११.४ बहुमत संख्यामा कार्यकारी समितिका पदाधिकारी वा सदस्यहरुले पदबाट राजिनामा दिएमा कार्यकारी समितिमा बाँकी रहेका पदाधिकारी तथा सदस्यहरुले तीन महिमा भित्रमा असाधारण अधिवेशनको आयोजना गरि, निर्वाचनदारा कार्यकारी समितिलाई पूर्णता दिनेछन् । यसरि पूर्णता पाएको कार्यकारी समितिको पदावधि बाँकी रहेको समय मात्र हुनेछ ।
११.५ अन्तर्राष्ट्रिय समन्वय परिषद (ICC) मा प्रतिनिधित्व गर्न यस राष्ट्रिय समन्वय परिषद्को महाअधिवेशनबाट निर्वाचित अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यले यो संघ (NCC ) र गैर अबसिय नेपाली संघ (ICC) बीच समन्वय कर्ताको भूमिका निर्वाह गर्नेछ ।
११.६ कार्यकारी समितिले संघको विभिन्न सभा, सम्मेलन तथा कार्यक्रमहरु तयार गरि संचालन गर्नेछ । कार्यकारी समितिले राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सभा, सम्मेलन, गोष्ठीहरु आयोजना गरि भाग लिनेछ ।
११.७ चालु कार्यकारी समितिको पदावधि समाप्त हुन अगावै नयाँ कार्यकारी समितिको निर्वाचन तयार गरि निर्वाचन गराउनेछ । आवश्यक ठानेमा निर्वाचन आयोग गठन गर्न सक्नेछ ।
११.८ राष्ट्रिय समन्वय परिषदले योग्यता पुगेका व्यक्तिलाई प्रमुख संरक्षक / संरक्षक र सल्लाहकार हरु मनोनित गर्नेछ ।
११.९ राष्ट्रिय समन्वयले पंजीकृत सदस्यता जारी गर्ने छ र सोको विवरण र तोकेको शुल्क अन्तर्राष्ट्रिय समन्वय परिषद मादाखिल गर्ने छ ।
११.१० राष्ट्रिय समन्वय परिषद कार्य समितिले संचालन गरेको र गर्ने किर्यकलापहरुको अर्ध वार्षिक विवरण अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य मार्फत क्षेत्रीय सयोंजकलाई पठाउनु पर्नेछ ।
११.११ राष्ट्रिय समन्वय परिषद कार्य समितिले अन्तर्राष्ट्रिय महाधिबेशन तथा विश्व सम्मेलनमा उपस्थित हुन दर्ता भएका पंजीकृत सदस्यहरुको विवरण समयमै अन्तर्राष्ट्रिय समन्वय परिषदको सचिवालयमा पठाउनु पर्नेछ ।
११.१२ राष्ट्रिय समन्वय परिषद कार्य समितिले विधानको पालना गर्दै देश भित्र क्षेत्रीय वा स्थानीय समितिहरु गठन गर्ने, तिनीहरुलाई निर्देशन जारी गर्ने र बिघटन गर्नेछ ।
दफा १२: कार्यकारी समिति (राष्ट्रिय समन्वय परिषद ) को बैठक:
१२.१ कार्यकारी समितिको बैठक घटीमा वर्षको दुई पटक बस्नेछ । कार्यकारी समितिले आवश्यक ठानेको अन्य कुनै पनि समय र कार्यकारी समितिको २५% पदाधिकारी वा सदस्यले बैठकको माग गरेमा बैठक बस्नेछ । महासचिवले लिखित पत्रद्वारा बैठक बोलाउनेछन् ।
१२.२ बैठकको निर्णय मान्य हुनको लागि ५१% पदाधिकारी वा सदस्य उपस्थित हुनुपर्नेछ ।
१२.३ बैठकमा उपस्थित संख्याको बहुमतको आधारमा निर्णय मान्य हुनेछ । मत बराबर भएमा अध्यक्षको मत निर्णायक मत हुनेछ ।
१२.४ कुनै अर्को पदाधिकारी वा सदस्यलाई अधिकार प्रत्यायोजन गरि मत प्रकट गर्न सकिनेछ तर एक सदस्यले एक भन्दा बढी प्रत्यायोजित मत लिन दिन र प्रयोग गर्न सक्नेछैन । यस्तो अधिकार प्रत्यायोजन पत्र यसै संघको कार्यकारी पदाधिकारी वा सदस्यलाई मात्र दिनु-लिनु पर्नेछ ।
१२.५ कुनै पनि पदाधिकारी वा सदस्य विना सूचना लगातार ३ बैठकमा भाग नलिएमा स्वत: राजिनामा गरे सरह भइ पद मुक्त हुनेछ ।
१२.६ २५% पदाधिकारीले वा सदस्यहरुले बैठक बोलाउन लिखित अनुरोध गरेको अवस्थामा बाहेक सामान्य अवस्थामा बैठकको छलफलको बिषय र कार्यतालिका अध्यक्षसंग परामर्श लिई महासचिवले निर्णय गर्नेछ ।
१२.७ गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यहरुको पद व्यवस्था भएको अवस्था र निज/निजहरु कार्यकारी समितिमा आबद्दद छैनन् भने निज/निजहरुलाई कार्य समितिको हरेक बैठकमा आमन्त्रण गर्नु पर्नेछ ।
१२.८ कार्यकारी समितिको बैठकमा छलफल हुने कुनै विषयमा कुनै विशेष व्यक्तिले प्रकाश पार्नु पर्ने भएमा त्यस्ता व्यक्तिलाई सल्लाहकारको रुपमा बैठकमा बोलाउन सकिनेछ ।
१२.९ बैठकहरुको छलफल र निर्णयहरुलाई लिपिबद्द (माइनेट) गरिनेछ र त्यसमा अध्यक्ष र महासचिवले दस्तखत गर्नेछन् ।

 

दफा १३: अध्यक्ष
१३.१ अध्यक्षले कार्यकारी समितिको र मह अधिवेशनहरुको निर्णय कार्यान्वयन गर्ने गराउने र संघको कार्य सुचारुरुपले संचालन गर्नेछ ।
१३.२ नागरिक समाजमा तथा बैधानिक कार्यहरुमा संघको प्रतिनिधित्व अध्यक्षले गर्नेछन् । अध्यक्षले कार्यकारी समितिको स्वीकृति लिएर संघको भलोकोलागि आवश्यक परेमा न्यायालयमा प्रतिरक्षाको निमित्त आवश्यक कदम चाल्नेछन् । अध्यक्षको हैसियतले अपिल गर्ने अधिकार निजमा निहित छ ।
१३.३ अध्यक्षले सबै प्रकारका अधिवेशनहरु बोलाउनेछन् र सबै प्रकारका अधिवेशनहरु र बैठकहरुको अध्यक्षता गर्नेछन् ।
१३.४ अध्यक्षले संघको नाममा कुनै पनि बैंक वा बित्तिय संस्थामा चल्ती वा बचत खाता खोल्ने र संचालन गर्ने कार्य गर्न एवं गराउनेछ । निजले खाता खोल्ने, संचालन गर्ने, दस्तखत गर्ने, विल तिर्ने, स्वीकृति दिने, खातामा जम्मा गर्ने आदि हिसाब किताब सम्बन्धमा दस्तखत गर्नेछ ।
१३.५ माथि उल्लेख गरेको आर्थिक सम्बन्धि कुनै कार्य कार्यकारी समितिको कुनै पदाधिकारी वा सदस्यलाई अधिकार हस्तान्तरण गर्न सक्नेछन् ।
१३.६ माथि जे व्यवस्था भएपनि अध्यक्ष बाहेक अरुले न्यायालय सम्बन्धि गर्ने कुनै काममा प्रतिनिधित्त्व गर्न कार्यकारी समितिले निर्णय गरि अधिकार पाएको पदाधिकारी वा सदस्य हुनुपर्नेछ ।
१३.७ आवश्यक ठानेमा अध्यक्षले कार्य समितिको सफरिसमा १ जना प्रवक्ता, २ जना थप कार्यकारी सदस्य मनोनित गर्न सक्नेछन् । 
दफा १३.८ उपाध्यक्ष: 
दुई जना उपाध्यक्ष कार्यरत भएको अवस्थामा निर्वाचनमा बढी मत प्राप्त गरेकालाई वरिस्ठ मानिनेछ । सर्वसम्मत वा मनोनयद्वारा निर्वाचित अवस्थामा भने संघमा सेवा गरेको पद र समयको अधारमा अध्यक्षले मर्यादा क्रम कायम गर्नेछ ।
१३.८.१ संघको बिधान वा कार्यकारी समितिले अन्यथा निर्णय गरे बाहेक सामान्य अवस्थामा अध्यक्षको अनुपस्थितिमा वा पद रित्त भएको अवस्थामा अध्यक्षको सम्पूर्ण अधिकार, कर्तव्य, काम तथा दायित्व वरिस्ठ उपाध्यक्षले ग्रहण गर्नेछन् ।
१३.८.२ सामान्य अवस्थामा उपाध्यक्षले संघको क्रियाकलाप सुचारु रुपले संचालन गर्ने अध्यक्षको सम्पूर्ण काम, कर्तव्य र जिम्मेवारीलाई पूरा गर्न साथ दिने तथा सहयोगी भूमिका निर्वाहा गर्नेछन् ।
दफा १४: महासचिव
१४.१ महासचिवको मह काम कर्तव्य संघको विभिन्न पत्राचार गर्नु, अभिलेख राख्नु, सम्पूर्ण प्रशासनीक कार्य सम्पादन गर्नु हुनेछ ।
१४.२ आर्थिक कार्य बाहेक संघको बैठकहरु तथा अधिवेशन-महाधिवेशनहरुको कार्य विवरण-निर्णय (माईनेट) लेख्नु तथा संघको लेखापढी गर्नु र प्रशासनिक अभिलेख दुरुस्त राख्नु महासचिवको कार्य हुनेछ ।
१४.३ महासचिवले १ जुलाई १९०१ को कानूनको दफा ५ र १६ अगस्त १९०१ को सरकारी निर्णय (decret) ले तोकको दफा ६ र ३१ अनुसारको रजिष्टर पुस्तिका प्रयोग गर्नेछ ।
१४.४ संघमा कर्मचारीहरु नियुत्त भएको अवस्थामा निजहरुलाई निर्देशन दिने र निजहरुको कार्य व्यवस्थापन गर्ने मह सचिवको कार्य हुनेछ ।
१४.५ सचिव
१४.५.१ संघको विधानले वा कार्यकारी समितिले अन्यथा निर्णय गरेको अवस्थामा बाहेक महासचिवको अनुपस्थितिमा वा पद रित्त भएको अवस्थामा महासचिवको सम्पूर्ण काम, कर्तव्य, अधिकार एवं दायित्व सचिवको जिम्मामा हुनेछ ।
१४.५.२ सामान्य अवस्थामा सचिवले संघको क्रियाकलाप सुचारु रुपले संचालन गर्न महासचिवको सम्पूर्ण काम तथा दायित्व तथा जिम्मेवारीलाई पूरा गर्न साथ दिने तथा सहयोग भूमिका निर्वाहा गर्नेछन् ।

 

दफा १५ कोषाध्यक्ष
१५.१ संघको आर्थिक काम कारबाही कोषाध्यक्षको कार्य तथा दायित्व हुनेछ । अध्यक्षको रेख देखमा निजले संघको आम्दानी बुझ्ने र खर्च गर्ने कार्य गर्नेछन् ।
१५.२ कोषाध्यक्षले संघको सम्पूर्ण आर्थिक कारोबारको नियमित लेखा राख्नेछन् र संघको विधानमा उल्लेख भए अनुसार सम्पूर्ण हिसाव महाधिवेशनमा पेश गर्नेछन् ।
१५.३ कोषाध्यक्षले संघको नाममा कुनै पनि बैंक वा वित्तिय संस्थामा चल्ती तथा बचत खाता खोल्ने र संचालन गर्ने कार्य गर्न तथा गराउनेछन्, निजले खाता खोल्ने, संचालन गर्ने, दस्तखत गर्ने, बिल तिर्ने, आम्दानी लिने, स्वीकृति दिने, खातामा रकम जम्मा गर्ने आदि आर्थिक काम गर्नेछन् ।
१५.४ सह कोषाध्यक्ष
१५.४.१ कोषाध्यक्षको अनुपस्थितिमा वा पद रित्त अवस्थामा संघको विधानले वा कार्यकारी समितिले अन्य व्यवस्था नगरेको अवस्थामा कोषाध्यक्षको सम्पूर्ण कार्य र दायित्व सह कोषाध्यक्षले बहन गर्नेछन् ।
१५.४.२ सामान्य अवस्थामा सह कोषाध्यक्षले संघको आर्थिक क्रियाकलाप सुचारु रुपले संचालन गर्न कोषाध्यक्षलाई हर प्रकारले साथ दिई सहयोगी भूमिका निर्वाह गर्नेछन् ।

 

दफा १६: प्रवक्त्ता 
कार्य समितिले आवश्यक ठानेमा कार्य समिति वाट वा पर्न्जिकृत सदस्य मध्ये वाट एकजना प्रवक्त्ता मनोनित गर्न सक्ने छ । प्रवक्त्ता पदाधिकारी पद हुनेछ ।
१६.१ कार्य समितिको नीति र काम कारबाही बारे परिषद्को दृष्टिकोण सार्वजनिक गर्ने । 
१६.२ कार्य समिति र संचार माध्यम वीच समन्वय गर्ने कार्य समितिको विभिन्न गतिविधिको सूचना प्रवाह गर्ने गराउने । 
१६.३ आचार संहिताको पालना गर्दै कार्य समिति तथा अध्यक्षले तोकेको अन्य कामहरु गर्ने ।
दफा १७: महिला संयोजक
महिला संयोजक महाधिवेशनवाट निर्वाचित पदाधिकारी पद हुनेछ । फ्रान्स भित्र वसोवास गरेको गैर आवासीय नेपाली महिलाहरुलाई संयोजन गर्दै नेपाल र नेपालीहरुको हितकोलागि संजाल निर्माण गर्नु महिला संयोजकको काम हुनेछ ।
१७.१ फ्रान्स भित्र वस्ने गैर आवासीय नेपाली महिलाहरुको सवै प्रकारको हक हित र अधिकार प्राप्तिको लागि सहयोगी भूमिका निभाउने । यसकालागि आवश्यक विषयहरुमा भेला, बैठक, कार्यशाला, तालिमको आयोजना गर्ने ।
१७.२ महिला सम्बन्धि अर्ध वार्षिक र वार्षिक कार्य तालिका एवं योजना बनाई राष्ट्रिय समन्वय परिषदको बैठकबाट अनुमोदन गर्ने र अन्तर्राष्ट्रिय समन्वय परिषद महिला संयोजकलाई जानकारी दिने ।
१७.३ आचार संहिताको पालना गर्दै कार्य समितिले तोकेको अन्य कार्यहरु गर्ने ।
दफा १८: युवा संयोजक
युवा संयोजक महाअधिवेशनवाट निर्वाचित पदाधिकारी पद हुनेछ । फ्रान्स भित्र वसोवास गरेको गैर आवासीय नेपाली युवाहरुलाई संयोजन गर्दै नेपाल र नेपालीहरुको हितकोलागि संजाल निर्माण गर्नु युवा संयोजकको काम हुनेछ । युवा भन्नाले ४० वर्ष उमेर ननाघेका महिला वा पुरुष दुवैलाई सम्झनु पर्नेछ ।
१८.१ कार्य समितिमा भाग लिदै विशेषत युवाहरु र १८ वर्ष भन्दा मुनिका नयाँ पुस्ताका गैर आवासीय नेपालीहरुलाई नेपाल र नेपाली समुदाय प्रति आस्थावान बनाउन विभिन्न सभा, गोष्टी, कार्यशाला, तालिम तथा खेलकुद आदिको आयोजना गर्ने ।
१८.२ माथिको विषयहरुलाई पूरा गर्न अर्ध वार्षिक र वार्षिक कार्य योजना तयार गरि कार्य समितिको स्वीकृति लिने र सोको जानकारी अन्तर्राष्ट्रिय युवा संयोजकलाई दिने ।
१८.३ आचार संहिताको पालना गर्दै कार्य समितिले तोकेको अन्य कामहरु गर्ने ।
दफा १९: निर्वाचित तथा मनोनित सदस्य
राष्ट्रिय समन्वय परिषद फ्रान्सको कार्य समितिमा ४ जना महाअधिवेशनवाट निर्वाचित र आवश्यक परेमा २ जना कार्य समितिको परामर्शमा अध्यक्षले नमोनित गरेको सदस्य हुनेछ ।
१९.१ आचार संहिताको पालना गर्दै कार्य समितिको सवै प्रकारको क्रियाकलापमा भागलिइ संघको लक्ष्य प्राप्तिको लागि आफ्नु अधिकतम क्षमता र समय प्रयोग गर्नु सदस्यहरुको कर्तव्य हुनेछ ।
१९.२ कार्य समितिले तोकेको अन्य कार्यहरु गर्ने ।

 

दफा २०: संरक्षक वा संरक्षक परिषद
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्स वा अन्तर्राष्ट्रिय समन्वय परिषदमा संग्लग्न भइ संघको अभियानमा महत्वपूर्ण योगदान दिइसकेका र फ्रान्सको नेपाली जनजीवनमा समेत महत्वपूर्ण योगदान पुराएका प्रतिभाशाली एक व्यक्ति वा तिन व्यक्तिहरुलाई कार्य समितिले संरक्षक पदमा मनोनय गर्नेछ । एक भन्दा धेरै व्यक्ति संरक्षक पदमा मनोनय गरेमा संघमा संग्लग्न भएको समय र बढी अनुभवीलाई प्रमुख संरक्षक पद दिनु पर्ने छ । संरक्षकको भूमिका गैर आवासीय नेपालीहरु वीच एकता कायम गर्ने, संघको क्रियाकलापमा सधै सहयोगी रहने र राष्ट्रिय समन्वय परिषद्को अस्थित्वमा ठूलो संकट आएमा संकटवाट जोगाउने हुनेछ । यसको कार्यकाल दुइ वर्षको हुनेछ भने पदावधिको सिमा हुने छैन ।
२०.१ संरक्षक वा संरक्षक परिषद्को अधिकार
राष्ट्रिय समन्वय परिषद्को हरेक सुचनाहरु प्राप्त गर्ने र सवैतहका गतिविधिहरुमा सरिक हुन पाउने ।
२०.२ राष्ट्रिय समन्वय परिषद्को बैठकमा भाग लिन पाउने तर मताधिकार हुने छैन र कोरममा गणना पनि हुने छैन ।
२०.३ राष्ट्रिय समन्वय परिषद विविध कारणले निष्क्रिय रहन गएमा वा अत्यन्त विवादित भइ विभाजित हुने अवस्था आएमा राष्ट्रिय समन्वय परिषद्लाई बैठक वस्न निर्देशन दिने । उचित समयमा बैठक बस्न नसकेमा प्रमुख संरक्षकले नै कार्य समिति सहित सल्लाहकारहरु समेत को संयुंत बैठक बोलाउने र अन्तर्राष्ट्रिय समन्वय परिषद को समेत परामर्श लिई संघको संरक्षणको लागि उचित कदम चल्ने ।
२०.४ संरक्षक / संरक्षकहरु परिषद्को काम कर्तव्य : रास्ट्रिय समन्वय परिषदले अवलम्वन गर्ने हरेक नीति अनुसार काम सम्पादन गर्ने, परिषद्का सम्पूर्ण कार्यक्रमहरु सम्पन्न गर्ने, आफ्नु अधिकतम क्षमता र समय प्रयोग गर्ने ।
२०.५ राष्ट्रिय समन्वय परिषद्को अनुरोध वमोजिम राष्ट्रिय एव अन्तर्राष्ट्रिय स्तरका विभिन्न निकायहरुमा राष्ट्रिय समन्वय परिषद्को प्रतिनिधित्व गर्ने र यसले अनुरोध गरेको अन्य कार्यहरु गर्ने ।
दफा २१: सल्लाहकार समिति
संघको विश्व व्यापी अभियानमा तथा राष्ट्रिय समन्वय परिषद्को कार्य समितिमा महत्त्वपूर्ण योगदान गरिसकेको पूर्व पदाधिकारीहरु मध्ये वढीमा ५ जनालाई चालु कार्य समितिले मनोनय गर्न सक्नेछ । निजहरुको शिप क्षमता र अनुभवलाई संघको हितमा लगाउन यो सल्लाहकार समितिको संरचनाको उधेस्य हुनेछ । ५ जना सल्लाहकारहरु मध्ये निवर्तमान अध्यक्ष स्वत: सल्लाहकार हुनेछ र ४ जना मनोनित हुनेछ ।
२१.१ सल्लाहकार समितिको काम कर्तव्य र अधिकारी दफा २०.३ वाहेक संरक्षक / संरक्षक परिषद्कै कायम हुनेछ ।

 

दफा २२: राष्ट्रिय समन्वय परिषद को क्षेत्रीय समिति
फ्रान्सको भौगोलिक वनोट, गैर आवासीय नेपालीहरुको वसोवासको घनत्व र सो क्षेत्र भित्र वस्ने गैर आवासीय नेपालीहरुको उचित सहभागिताको आधारमा राष्ट्रिय समन्वय परिषदले क्षेत्रीय समितिहरु स्थापना गर्न सक्नेछ ।
२२.१ फ्रान्सको प्रशासनिक क्षेत्र (region) लाई क्षेत्र मानिनेछ ।
२२.२ कुनै क्षेत्र भित्र वसोवास गर्ने पर्न्जिकृत १० जना सदस्यहरुले सो क्षेत्रमा क्षेत्रीय समिति स्थापना गर्न कार्य समितिलाई लिखित अनुरोध गरेमा कार्य समितिले अध्यन गरेर ३ महिना भित्रमा क्षेत्रीय समिति खोल्ने वा नखोल्ने निर्णयको जानकारी दिनेछ ।
२२.३ क्षेत्रीय समिति राष्ट्रिय समन्वय परिषद्को मातहतमा रहने क्षेत्रीय प्रतिनिधि हुनेछ ।
२२.४ क्षेत्रीय समितिमा १ जना क्षेत्रीय संयोजक र आवश्यक अनुसार अन्य सदस्य क्षेत्रीय अधिवेशनवाट २ वर्षको लागी निर्वाचित हुनेछन् । क्षेत्रीय अधिवेशनवाट निर्वाचित हुन नसकेको खण्डमा राष्ट्रिय समन्वय परिषद्को निर्देशन र स्वीकृतिमा आपसी सहमतिमा हुनेछ । क्षेत्रीय संयोजकको हैसियत राष्ट्रिय समन्वय परिषद्को कार्यकारी सदस्य सरह हुनेछ ।
२२.५ क्षेत्रीय समितिको आफ्नै बैंक खाता हुने छैन, राष्ट्रिय समन्वय परिषद्कै बैंक खाता संचालन हुनेछ
२२.६ क्षेत्रीय संयोंजकले राष्ट्रिय समन्वय परिषद्को परामर्शमा आफ्नु क्षेत्रमा सभा, भेला, गोष्टी तथा संघको उधेस्य प्राप्तिको लागि विभिन्न क्रियाकलाप आयोजना गर्नेछ ।
२२.७ क्षेत्रीय संयोजकले राष्ट्रिय समन्वय परिषद्को सूचना, निर्देशन, कार्यक्रम आदिको जानकारी क्षेत्रीय समितिलाई दिनु पर्नेछ ।
२२.८ क्षेत्रीय समितिको काम, कर्तव्य र अधिकार राष्ट्रिय समन्वय परिषदले तोक्ने छ र यसको गठन गर्ने र विघटन गर्ने अधिकार राष्ट्रिय समन्वय परिषदलाई हुनेछ ।
दफा २३: महा अधिवेशनहरु
अधिवेशन तथा महाअधिवेशनहरुमा अधिवेशनको सूचना पत्र तयार गर्ने समयसम्म संघलाई तिर्नु पर्ने शुल्क बुझाएका सम्पूर्ण सदस्यहरु सहभागी हुनेछ111न् । महा अधिवेशनको निर्णयहरु सबै अवस्थामा सबैलाई लागू हुनेछ । महा अधिवेशनहरु साधारण र असाधारण हुनेछन् । अधिवेशनहरुमा मताधिकार भएका पदाधिकारी वा सदस्यले अर्को पदाधिकारी वा सदस्यलाई मताधिकार अख्तियारी पत्र दिन पाउनेछ । तर एक पदाधिकारी वा सदस्यले एउटा भन्दा बढी मताधिकार दिन वा लिन सक्नेछैन ।
दफा २४: साधारण तथा महाधिवेशन
२४.१ साधारण अधिवेशन वर्षको १ पटक बोलाइनेछ । असाधारण महाधिवेशन भने आवश्यता अनुसार जति पटक पनि बोलाउन सकिनेछ ।
२४.२ साधारण महाधिवेशनमा छलफलको विषयहरु कार्यकारी समिति ले तयार गरि तोक्नेछ । यस्ता छलफलका विषयहरु महाधिवेशन बोलाएको सूचना पत्र मा उल्लेख हुनु पर्नेछ । साधारण महाधिवेशन बोलाएको सूचना पत्र संघको महासचिवले अधिवेशन हुनु भन्दा १५ दिन अघि पठाउनु पर्नेछ ।
२४.३ अधिवेशन बोलाएको सूचना पत्रमा उल्लेख भएका विषयहरुमा मात्र छलफल गरि निर्णय गर्नु पर्नेछ । निर्णयहरु पारित गर्न ५१% (सभासद) सदस्यहरुको उपस्थिति अनिवार्य हुनेछ ।
२४.४ सभामा उपस्थित सदस्यहरुको बहुमत निर्णय मान्यता हुनेछ । एक सदस्यले ओर्को सदस्यलाई मताधिकार पत्र दिन सक्नेछ ।
२४.५ राष्ट्रिय समन्वय परिषदले गरेको क्रियाकलापहरुको मुल्यांकन गर्ने, नयाँ कार्यक्रमहरुको छलफल गर्ने र अनुमोदन गर्ने ।
२४.६ परिषद्को अध्यक्षले पेस गरेको नैतिक प्रतिवेदन, महासचिवको क्रियाकलापको प्रतिवेदन र कोषाध्यक्षको आर्थिक नीति र प्रतिवेदन अनुमोदन गर्ने ।
२४.७ प्रत्येक २/२ वर्षमा कार्य समितिको लागि नयाँ निर्वाचन गराउन निर्वाचन आयोग गठन गरेर निर्वाचन सम्पन्न गर्ने ।
२४.८ प्रत्येक २/२ वर्षमा काठमाडौंमा हुने संघको विश्व सम्मेलन तथा महा अधिवेशनमा भाग लिने प्रतिनिधिहरु चयन गर्ने ।
दफा २५: विशेष अधिवेशन
२५.१ कार्यकारी समितिले प्रस्ताव गरेमा वा ५१% पदाधिकारी वा पर्न्जिकृत सदस्यले माग गरेमा संघको असाधारण महाधिवेशन बोलाइनेछ असाधारण महाधिवेशनको कार्य संघको बिधान संसोधन गर्नु, संघ विघटन गर्नु, समान उधेश्य भएको ओर्को कुनै संघमा मिलाउनु अथवा यसैसंग सम्बन्धित अन्य संघहरुको महा संघ भित्र आबद्द गराउनु र संघमा असाधारण अवस्था आइपरेमा सोको समाधान खोज्नु मात्र हुनेछ ।
२५.२ यस्ता असाधारण महाधिवेशन संघको अध्यक्षले २१ दिन अघि सूचना पत्रद्वारा बोलाउनु पर्नेछ ।
२५.३ असाधारण महाधिवेशनको लागि लेखिएको पत्रमा छलफलको विषयहरु तथा बिधान संसोधन गर्ने उधेश्य भएमा संसोधन हुने सबै बुदाहरु प्रस्ताव लेखिनु पर्नेछ । अधिवेशनमा मताधिकार भएका घटीमा ५१% सदस्य वा यस्ता सदस्यको अख्तियार पत्र प्राप्त सदस्यको उपस्थिति हुनु पर्नेछ ।
२५.४ उपस्थित सदस्य वा पदाधिकारीले आफ्नो बाहेक ओर्को एक मताधिकार अख्तियार पत्र भन्दा बढी मताधिकार हुनेछैन । कार्यकारी समितिका पदाधिकारीले उपस्थित सभासद्लाई उपस्थित पुस्तिका दस्तखत (उपस्थित) गराउनेछन् ।
२५.५ यदि गणपुरक संख्या (कोरम) नपुगेमा १५ दिन पछि पुन: असाधारण महा अधिवेशन बोलाईनेछ । यसरी दोस्रो पटक बोलिएको महाधिवेशनमा जतिसुकै संख्यामा सभासद्को उपस्थिति वा अख्तियार पत्र भएपनि प्रस्तावित विषयमाथि भएको निर्णय मान्य हुनेछ ।
दफा २६: निर्वाचन
२६.१ प्रत्येक २/२ वर्षमा हुने कार्य समितिको निर्वाचन र विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महा अधिवेशनमा भाग लिने प्रतिनिधिहरुको निर्वाचन सम्पन्न गर्नको लागि कार्य समितिले एक संयोजक र २ जना सदस्य रहेको ३ सदस्सिय निर्वाचन समिति गठन गर्नेछ ।
२६.२ निर्वाचन समितिले कार्य समितिले दिएको जिम्मेवारी अनुसार संघको बिधानहरु र आचार संहिताको पालना गर्दै निस्पक्ष निर्वाचन सम्पन्न गर्नेछ । निर्वाचन समितिको संयोजक वा सदस्यहरु कुनै पनि पदको उमेदवार हुन सक्नेछैन तर मतदान गर्न र अन्तर्राष्ट्रिय प्रतिनिधि हुन भने योग्य हुनेछन् ।
२६.३ अन्तर्राष्ट्रिय समन्वय परिषद्को लागि प्रतिनिधि सदस्य, राष्ट्रिय समन्वय परिषद्को कार्यकारी पदाधिकारीहरु र सम्पूर्ण सदस्यहरु एवं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महा अधिवेशन मा भाग लिने प्रतिनिधिहरु महा अधिवेशनमा पर्न्जिकृत सदस्यहरु द्वारा निर्वाचित हुनेछन् ।
२६.४ अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्य र राष्ट्रिय समन्वय परिषद्को अध्यक्ष पदमा उमेदवार हुन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्को कुनै पनि पदमा घटीमा एक कार्यकाल काम गरेको अनुभव हुनु पर्नेछ ।
२६.५ कार्य समितिको निर्वाचन हुने मितिले १ महिना अघिदेखि पर्न्जिकृत सदस्यता वितरण भएपनि ती सदस्यहरुले निर्वाचनमा उमेदवार वन्न र मतदान गर्न सक्ने छैनन् तर महा अधिवेशनमा भाग लिन भने योग्य हुनेछन् ।
२६.६ निर्वाचनको सिलसिलामा यदि कुनै पदमा उमेदवारी नपरेमा अन्तर्राष्ट्रिय समन्वय परिषद्को प्रतिनिधि सदस्य , अध्यक्ष र महा सचिव पद बाहेक अन्य पद नयाँ कार्य समितिले मनोनय द्वारा पूर्ति गर्ने । अन्तर्राष्ट्रिय समन्वय परिषद्को प्रतिनिधि सदस्य, अध्यक्ष र महा सचिवको हकमा भने नयाँ कार्य समितिले पुन: निर्वाचनको आयोजना गरेर पद पूर्ति गर्नेछ ।
२६.७ निर्वाचन प्रयोजनको लागि कार्य समितिले निर्वाचन समितिलाई पर्न्जिकृत सदस्यहरुको नामावली र आवश्यक अन्य कागज पत्र समयमै उपलब्ध गराउनेछ र हरेक पदको लागि लाग्ने उमेदवारी शुल्क पनि तोक्ने छ ।
२६.८ कार्य समितिले तोकेको दिनमा निर्वाचन सम्पन्न गर्नको लागि निर्वाचन समितिले अपनाउनु पर्ने प्रक्रिया ; मतदाता नामावली प्रकाशन, उमेदवारहरुको उमेद्वारी दर्ता, उमेद्वार वा मतदाताको दावी विरोध, उमेद्वारी फिर्ता, उमेद्वारको अन्तिम नामावली प्रकाशन आदिको समय तालिका उचित समय भित्र सार्वजनिक गर्नु पर्नेछ ।
२६.९ संघको बिधान, नियमावली एवं आचार संहिताको पलानागर्दै निर्वाचन सम्वन्धि नीति-नियम निर्माण गरि लागु गर्न निर्वाचन समिति पूर्ण स्वतन्त्र हुनेछ । निर्वाचन समितिको निर्णय अन्तिम निर्णय हुनेछ ।
२६.१० महा अधिवेशन तथा निर्वाचन कार्यक्रममा अन्तर्राष्ट्रिय समन्वय परिषदले तोकेको प्रतिनिधिको समेत उपस्थिति हुनेछ । निर्वाचनको मत गणना पश्चात निर्वाचन समितिको सयोंजकले मत घोषणा सार्वजनिक गर्नेछ र बिजयी अध्यक्षलाई पदको गोपनियताको शपथ ग्रहण गराउनेछन् । शपथ ग्रहण भएपछि बिजयिहरुले कार्य भार सहमाल्ने छ । शपथ ग्रहण भई प्रमाण पत्र वितरण भए पश्चात निर्वाचन समिति स्वत: भंग हुनेछ ।
दफा २७: आन्तरिक नियम
कार्य समितिले संघको आन्तरिक नियमावली तयार गरि लागु गर्न सक्नेछ । यस्तो नियमावली महा अधिवेशनले अनुमोदन गर्नु पर्नेछ ।
दफा २८: संघको प्रतिक चिन्ह
यस संघमा गैर आवासीय नेपाली संघको प्रतिक चिन्ह हुनुको साथै पहिलो कार्यकारी समितिले छानेर लागु गरेको आफ्नै ओर्को प्रतिक चिन्ह पनि हुनेछ ।
दफा २९: संघको विघटन
असाधारण महाअधिवेशनमा मताधिकार भएका घटीमा ७५% सदस्यहरुले संघको विघटनमा मत प्रकट गरेमा संघ विघटन हुनेछ। यदि संघ विघटन भएमा संघको सम्पूर्ण सम्पत्ति प्राथिमिकता क्रम अनुसार निम्न संघलाइ दिइनेछ
गैर आवासीय नेपालीसंघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई, फ्रेन्च नियम कानून अनुसार हुनेछ ।

(नोट: यो नेपाली भाषाको विधानमा कुनै विषयमा वा शब्दार्थमा फरक मत वा व्यख्या भएमा फ्रेन्च भाषाको विधानलाई मूल आधार मानिनेछ ।)

 

अनुसूची १: संघको शपथ
म सत्यनिष्ठापूर्वक एवं विवेकपूर्वक शपथ लिन्छु कि गैर आवासीय नेपाली संघको यो बिधान र यसको अधिनमा बन्ने नियम उपनियमहरुको साथै फ्रान्सको संघ संगठन ऐन १९०१ को पालना गर्नेछु । म कहिल्यै पनि विधानले मलाई दिएको अख्तियारीको दुरुप्रयोग गर्न एवं पदको गोपनियता भंग गर्ने कार्य गर्ने छैन । म गैरआवासीय नेपाली संगको मूल्य र मान्यताहरुलाई सदा सर्वोकृष्टताकासाथ आत्मासाथ गर्ने मेरो प्रतिवदतालाई अभिव्यत्त गर्दछु ।
यो मसौदा निर्माण उपसमिति २०१५ : संयोजक – हरिहर अर्याल, सदस्यहरु – मिन बहादुर जिसी, घनश्याम पौडेल, सुबर्ण बिक्रम हमाल, भक्त बहादुर वाग्ले, फ्रेन्च भाषामा निर्मल अर्याल द्वारा अनुबाद कार्य भइरहेकोछ ।