गैरआवासिय नेपाली संगठन (एन.आर.एन.ए) फ्रान्सको छैटौं महाधिवेशन समारोहका बिच एक सम्पन्न भएको छ । महादिबेसनले भक्त वाग्लेको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । निर्वाचित समितिको उपाध्यक्षमा सुवर्ण बिक्रम हमाल र एकबहादुर मल्ल, महासचिवमा नरेन्द्र शाही ठकुरी, सचिवमा शिव पराजुली कृष्ण, कोषाध्यक्षमा मिनकुमार श्रेष्ठ र सह-कोषाध्यक्षमा अनुज न्यौपाने रहेका छन् । 
त्यसैगरी महादिबेसनवाट युवाप्रतिनिधिमा प्रविन सापकोटा, महिला प्रतिनिधिमा गिता खनाल थापाको साथै सदस्यमा शैलेन्द्र महर्जन र चेतभक्त ढुंगाना, आई.सि.सी.मा मिनबहादुर जी.सी. निर्वाचित भएका छन् ।

यसैबिच निर्वाचित समितिले महादिवेसनमा उपस्थित प्रमुख अतिथि, विशेष अथिती एवं सम्पूर्ण अथितिहरू, संघका सल्लाहकारहरू, भु.पु. पदाधिकारीहरू, निर्वाचन मण्डलका संयोजक एवं निर्वाचन मण्डलका सदस्यहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, संस्थाका पंजीकृत सदस्यहरू लगायत छैटौं माहाधिवेशनमा उपस्थित माहानुभावहरू लाई हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा समेत सहयोगको लागी अनुरोध गरेको बताईएको छ ।

 nrn-france-2015-2

nrn-france-2015-3

nrn-france-2015