गैर आवासीय नेपाली संघ , राष्ट्रिय समन्वय परिषद फ्रान्सले गत:आईतबार ६ सेक्टेम्बर २०१५ का दिन « नेपाली हरि तालिका तीज २०७२ » को पूर्व सन्ध्यामा तीजको भब्य कार्यक्रम आयोजना गर्यो । तीज पर्वको अवसरमा नेपाली चेलीवेटीहरू लाई दर खुवाउने कार्यक्रमको संयोजन एन आर एन ए फ्रान्स की महिला संयोजक श्रीमती गीता खनाल थापाको नेतृत्वमा सम्पन्न भएको हो ।

पेरिसको पूर्व दक्षिणमा जोडिएको मेजो अल्फोर्ड शहरमा एउटा विशेष हल ब्यवस्था गरेर दिदीवहिनीहरू लाई जलपान खाजा नास्ता र खाना ( दर ) को व्यवस्था गरेको थियो । नेपाली झण्डा र ध्वजा पतका अनि एन आर एन ए को ब्यानरहरूले सृगांरिएको कार्यक्रम स्थलमा रातो साडी र पुरै नेपाली पोशाक र गर गहनाले सु:सज्जीत दिदीवहिनीहरूको उपस्थितीले कार्यक्रम स्थल नेपालको पशुपतीनाथ मन्दिर परिसरमय जस्तैं भएको आभाष हुन्थ्यो । सबैको लोक प्रिय एन आर एन को आयोजनामा भएको तीजको दर खाने यस कार्यक्रममा अधिकांश नेपाली दिदीवहिनीहरू को साथै एन आर एन का दाजुभाईहरूको समेत उपस्थिती र सहयोग रहेको थियो । कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष भक्त वाग्ले ले गर्नु भएको थियो भने थालनी संघका महासचिव नरेन्द्र शाही ठकुरीको उद्घघोषणबाट भएको थियो र मूल कार्यक्रमको संचालन भने महिला प्रतिनिधि गीता खनाल थापाले गर्नुभएको थियो ।

कार्यक्रम मा आशन ग्रहण प्रकृया सकिए पछि नेपाली राष्ट्रिय गीतबाट शुरू गरिएको थियो । कार्यक्रम प्रमुख अतिथि नेपाली राजदूतावास पेरिस फ्रान्स की महामहिम राजदूत श्रीमती अम्बिका मानन्धर लुईटेल र संघका अध्यक्ष भक्त वाग्ले ले संयुक्तरूपमा पानसमा बत्ती वाली उद्धघाटन गर्नु भएको थियो ।
शुभकामना मन्तब्य को क्रममा प्रमुख अतिथिले आज यस कार्यक्रम मा आफ्नो आमा संगै फ्रान्सवासी दिदीवहिनीहरू संग यसरी तीज मनाउन पाउंदा एकदमै शुसी लागेको कुरा व्यक्त गर्दै सबै लाई तीजको शुभकामना र एन आर एन ए फ्रान्सलाई धन्यवाद दिनुभएको थियो । संघका संरक्षक तथा साहित्यकार हरिहर अर्यालले  » तिमी नारी  » शीर्षकको वडो मर्मस्पर्शी कविता वाचन गर्नुभएको थियो भने श्रीमती शोभा गजुरेलले  » नारी को हक़ अधिकार » सम्बन्धी कविता वाचन गर्नुभएको थियो । यसै क्रममा संघका भु पु अध्यक्ष निर्मल अर्यालले सबैलाई तीजको शुभकामना दिंदै आगामी अक्टोवर महिना मा नेपालमा हुन गैरहेको गैर आवासीय संघ को विश्व सम्मेलन तथा महाधिवेशन एवं परिषदको नया निर्वाचनमा आंफु परिषदको « युवा संयोजक » पदमा उमेदवार हुने घोषणा पनि गर्नुभयो । आंफु द्रोस्रो पुस्ताको गैर आवासीय नेपाली युवक भएकोले युवा संयोजकको हैसियतले युवा युवती र विधार्थीहरूको दु:ख सुख बुझ्न सक्ने र आफ्नो कर्मथलो फ्रान्स भएकोले फ्रान्सकै राष्ट्रिय समन्वय परिषदको विशेष कार्यक्रममा आफ्नो उमेदवारी घोषणा गरेको र गर्न पाउनु गौरबको कुरा लागेको बताउनु भएको थियो ।
कार्यक्रममा संघका आई सि सि सदस्य मिन जी सी , बरिष्ठ उपाध्यक्ष सुवर्ण हमाल, उपाध्यक्ष एक बहादुर मल्ल, कोषाध्यक्ष मिन श्रेष्ठ ,सहकोषाध्यक्ष अनुज न्यौपाने ,युवा प्रतिनिधि प्रविन सापकोटा, कार्यसमिति सदस्यहरू शैलेन्द्र महर्जन, चेतभक्त ढुंगाना , अनिता शाक्य, निवर्तवान अध्यक्ष घनश्याम पौडेल , निवर्तवान उपाध्यक्ष किरण के सी, पूर्व उपाध्यक्ष जीता कटुवाल, पूर्व कोषाध्यक्ष कृष्ण अधिकारी, पूर्व कोषाध्यक्ष एवं उपाध्यक्ष थम्मन टण्डन , पूर्व सचिव एव उपाध्यक्ष र सल्लाहकार हरि सापकोटा, पूर्व सल्लाहकार मुकुन्द अमात्य लगायत विभिन्न संघका पदाधिकारीहरू एव प्रतिनिहरूको उपस्थिती थियो । औपचारिक उद्धघाटन कार्यक्रमको अन्तमा संघ का अध्यक्ष एवं कार्यक्रमका सभापति भक्त वाग्ले ले उपस्थित सबैलाई धन्यवाद दिंदै यस कार्यक्रम सफल पार्नाको लागी विभिन्न सहयोगीहरू को ठुलो हात रहेकोले उहाँहरू को नाम लिंदै सबैलाई विशेष धन्यवाद दिनुभएको थियो । यस्ता खाले कार्यक्रमहरू गर्दा फ्रान्स स्थित सबै संघ संस्थाहरू मिलेर गर्नु पर्ने र तेसको लागी एन आर एन ए फ्रान्स सार्वजनिकरूप मा सहकार्यको लागी आव्हान गर्दै नेपाली कुटनितिक अंगहरू र संघ संस्थाहरू संग मिलेर भाईचाराको हिसाबले जाने । आफ्नो नेर्तृत्व को भूमिका संधै अटल रहने कुरा व्यक्त गर्दै फ्रान्स को तर्फबाट नै विश्व भरी को केन्द्रिय एन आर एन मा भर्खर पूर्वघोषित युवा संयोजकका उमेदवार निर्मल अर्याल लाई विजय गराउन विश्व भरका एन आर एन लाई सार्वजनिक अपिल गर्दछु भन्दै औपचारिक कार्यक्रम को अन्त गरि नाचगान दर खानाको लागी स्वागत गर्दै आगामी अक्टोवर महिनामा काठमाण्डौ मा हुन गै रहेको अन्तराष्ट्रीय माहाधिवेशन निर्वाचन मा फ्रान्सको तर्फबाट भाग लिन जान चाहने सदस्यहरू लाई सहभागिता को अपिल गर्नु हुंदै कार्यक्रम समापनको घोषणा गर्नुभएको थियो ।

image1-teej

image2-teej

image3-teej

image4-teej

image6-teej

image7-teej