आदरणीय एन आर एन ए फ्रान्स प्रेमी दाजुभाई तथा दिदीवहिनी हरू ,
नमस्कार !
नेपाली एकता समाज फ्रान्सको छैटौं एकता समाज रनिङ्ग कप फुटबल प्रतियोगिता यही २० सेक्टेम्बर मे २०१५( नेपालको संविधान २०७२ घोषणा गर्ने ) का दिन आयोजना गरेको र उक्त प्रतियोगितामा फ्रान्स का मात्र ४ वटा फुटबल टिमले भागलिएको मा प्रथम स्थान मा तमु समाज फ्रान्स (ए) र « द्रोस्रो स्थानमा एन आर एन ए फ्रान्स को प्रविन सापकोटा को नेतृत्व को टिम ले भव्य विजयी हासिल गरेकोमा हामी NRNA FRANCE सम्पूर्ण परिवारको तर्फबाट सबै खेलाडी साथीहरूलाई हार्दिक बधाई र धन्यवाद ज्ञापन गर्दै ! उज्वल भबिस्यको कामना गर्दछौं !  »

यसरी टिम द्रोस्रो भएको र नेपाल मा संविधान घोषणा भएको खुशीयाली मा NRNA FRANCE ले एक रात्रिभोज को आयोजना » इंडियन स्वाद  » रेस्टुरेन्ट मा गरेको थियो ।
यस कार्यक्रम मा प्रमुख अथितीको रूपमा नेपाल एमवेशी पेरिस फ्रान्सका उपनियोग प्रमुख श्री राम बावु ढकाल ज्यू हुनुन्थ्यो भने संस्थाका पदाधिकारीहरू र सल्लाहकार एव शुभचिन्तक को पनि उपस्थिती थियो । यसै बीच एक समारोह को मा प्रमुख अथितीज्युले र खेलाडीहरू साथै संस्थाका पदाधिकारीहरू ले मैन बत्ती प्रज्वलित गरि भब्यरूमा खुशीयाली मनाईएको थियो।
खेल र रात्रिभोज का केहि झलकहरू…….र उक्त खेलमा धन्यवाद का पात्र खेलाडीहरू र संस्थाका पदाधिकारी सहयोगीहरू को नामावली निम्नानुसार छ:-
१) शैलेश सेन,
२) मनोहर थापा,
३) आशीष वाग्ले ,
४) रत्न श्रेष्ठ ,
४) नविन पुरी,
५) सुदेश तामाङ ,
६) जीवन आले,
७) दिपक थापा,
८) राज कुमार गुरूंग,
९) गणेश श्रेष्ठ ,
१०) सुरज कार्की
तेस्तै संस्थाका पदाधिकारीहरू :-
१) प्रविन सापकोटा,
२) एक बहादुर मल्ल,
३) नरेन्द्र शाही ठकुरी,
४) मिन श्रेष्ठ ,
५) गिता थापा,
६) सुवर्ण हमाल ।
समाप्त
सबैमा धन्यवाद एव बधाई छ….!!!