*कृपया सुचना पुरै पढ्नहोला पुरा जानकारी को लागी *

आदरणीय फ्रान्स बासी दाजुभाई तथा दिदीवहिनीहरु ,
सर्वप्रथम शुभ दिपावली २०७१ को उपलक्ष्यमा यहाँहरू सबैलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
हरेक वर्ष झैं यस पाली पनि हामीले आपतकालिन कोष मा जम्मा गर्ने गरी तपाईहरूको घरआगनमा देउसीभैलो खेल्दै हामीहरू आउंदै छौ , साथै देउसीभैलो हुने समय र स्थानहरू यस प्रकार भएको जानकारी गरांउदछौं । हाम्रो यस अभियानलाई सफल पार्न यहाँहरू सबैको सहयोगको अपेक्षा गर्दछौं ।

देउसीभैली कार्यक्रम तालिका :-

१) १९ अक्टोवर २०१४ आईतबारको दिन बेलुकी ४:०० बजे देखि ७:०० बजे सम्म एन आर एन ए फ्रान्सका उपाध्यक्ष सुर्वण बिक्रम हमाल को घर (3 rue Colbert 93300 Aubervilliers france ) मा

२) २३ अक्टोवर २०१४ बिहीबार लक्ष्मी पुजाका दिन बेलुकी ४:०० बजे देखि ७:०० बजे सम्म :- एन आर एन ए फ्रान्सका युवा प्रतिनिधि एक बहादुर मल्लको नयाँ घर ( 27 Rue Jules et Martin Lopez 93300 Aubervilliers France) मा

३) २४ अक्टोवर २०१४ सुक्रबार को दिन ७:००बजे बाट नेपाल एमवेसी राजदूतावास निवास को घर (7 Rue Albéric Magnard 75116 Paris France) मा

४) २५ अक्टोवर २०१४ शनिबार भाई टिकाको दिन ५:३० देखि ७:०० बजे सम्म पार्वती मल्ल, वसन्त मल्लको घरमा (69 avenues jean jaurès,La Courneuve 93120 France) मा

५) २६ अक्टोवर २०१४ आईतबार को दिन ४:३० देखि ५:३० बजे सम्म गोविन्द हमाल र एन आर एन ए फ्रान्सका कार्यसमिति सदस्य विक्रम खाँण को घर (6 Rue Danielle Casanova 93300 Aubervilliers France) र
६) सोही दिन ५:४५ देखि ८:०० बजे सम्म एन आर एन ए फ्रान्सका संरक्षक हरिहर अर्याल र एन आर एन ए फ्रान्स का निवर्तमान अध्यक्ष निर्मल अर्याल को घर (121 Rue Danielle Casanova 93300 Aubervilliers France) मा …

थप क्रमश हेर्दै गर्नु होला सुचना……….

नोट :- यसरी हामीले देउसीभैलो खेल्ने टोल टोल स्थानको बारेमा facebook र website मा जानकारी गराउँदै जानेछौं , नजीक नजीक आँफुलाई पाई पर्ने ठाउँमा आफ्नो उपस्थिति जनाई देउसीभैलो कार्यक्रममा सहभागीभई दिनु हुनको लागी सादर अनुरोध गर्दछौं ।
यहाँहरूले स्वच्छाले व्यक्तिगत रूपमै आफ्नो घरघरमा देउसीभैलो टिमलाई निमन्त्रणा पनि गर्न सक्नुहुनेछ , त्यसको लागी एन आर एन फ्रान्स का कार्यसमिति पदाधिकारी, सदस्यहरू संग सिघ्र संम्पर्क गर्नुहुन् अनुरोध गर्दछौं ।

प्रार्थी :-
एन आर एन ए फ्रान्स परिवार ।

# थपजानकारी को लागी हाम्रो facebook र website हेर्दै गर्नुहोला