गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA ) फ्रान्सले गत १ मई २०१६ आईतबारका दिन नेपाली नया वर्ष २०७३ को उपलक्ष्य मा राष्ट्रिय ख्याति प्राप्त हास्य कलाकारहरू महजोडी द्दारा भव्यताका साथ कार्यक्रम विश्वको सुन्दर शहर पेरिसमा सम्पन्न गरेको छ ।

mahajatra-5

उक्त कार्यक्रम एन आर एन ए फ्रान्सका अध्यक्ष श्री भक्त वाग्लेको सभापतीत्वमा र संघका महासचिव नरेन्द्र शाही( ठकुरी) को संचालन मा शुरू भएको थियो । यस कार्यक्रम को प्रमुख अतिथि नेपाल दूतावास पेरिस फ्रान्स को माहामहिम राजदूत श्रीमती अम्बीका देवी मानन्धर लुईटेल हुनुन्थ्यो भने विशेष अतिथि गैर आवसिय नेपाली संघ अन्तर्राष्ट्रीय समन्वय परिषदको महिला उपसंयोजक रजनी प्रधान हुनुहुन्थ्यो । तेस्तै अतिथिहरू मा एन आर एन युरोप क्षेत्र को पूर्व उपसंयोजक रविन्द्रमान श्रेष्ठ, NRNAfrance का ICC सदस्य मिन बहादुर जी. सी., संघका प्रमुख संरक्षक एवं साहित्यकार हरिहर अर्याल , संरक्षकहरू मुकुन्द अमात्य, पेम्बा सेर्पा ,संघका भु पु अध्यक्ष तथा सल्लाहाकार निर्मल अर्याल, निवर्तामान अध्यक्ष तथा सल्लाहाकार घनश्याम पौडेल,नेपाली दूतावास पेरिस का नियोग उपप्रमुख राम वावु ढकाल, सहचारी धनिलाल महतो सल्लाहाकारहरू शोभा मैनाली,कृष्णा अधिकारी, थम्मन टण्डन,हरि प्रसाद सापकोटा , तमु समाज फ्रान्स की अध्यक्ष अनिता गुरूंग, पाकोफेन की अध्यक्ष जिता कटुवाल उपस्थिति हुनुन्थ्यो ।
आसन ग्रहण पछि पंन्चकन्याको साथमा राष्ट्रिय गीत गाई कार्यक्रम शुरू भएको थियो भने कार्यक्रमका संयोजक तथा उपाध्यक्ष एकेन्द्र मल्लले उपस्थित सबैलाई स्वागत भाषण द्दारा स्वागत गर्नुभएको थियो । त्यपछि कार्यक्रम को औपचारिक उदघाटन प्रमुख अतिथि राजदूत र सभापती दोयले संयुक्तरूपमा पानास मा बत्ती बाली गर्नुभएको थियो ।
त्यसैगरि एन आर एन कार्यसमिती सदस्य एवं गोर्खा दक्षिण बाहुले विभुसित कलाकार शैलेंद्र महर्जन द्दारा तयार गर्नु भएको चित्रकलाहरू पनि उक्त समारोह मा कार्यक्रम की प्रमुख अतिथि माहामहिम राजदूत श्रीमती अम्बीका देवी मानन्धर लुईटेल द्दारा चित्रकला प्रर्दशन उदघाटन गर्नभएको थियो।

mahajatra-2 

झण्डै ५०० पाँच सय जना दर्शकहरूले खचाखच भरीएको हलमा महजोडी को प्रतिक्षा र आतुर्ताले वातावरण रमणिय थियो, यसै बीच बरिष्ट कलाकारहरू मदन कृष्ण श्रेष्ठ र हरि वंश आचार्य को साथमा चर्चित कलाकारहरू नरेन्द्र कंसाकार, माण्डवी त्रिपाठी ,यमन श्रेष्ठ , मोहित आचार्य ले विभिन्न फरक फरक ढंगबाट नाटक ,गीतहरू प्रस्तुत गर्नुभएको थियो । मह जात्राका कलाकारहरूको प्रस्तुतीको बीच बीच मा स्थानीय कलाकारहरू को नृत्यहरू प्रस्तुत गरिएको थियो साथै तमु समाज फ्रान्सको तर्फबाट आफ्नो तमु सम्बन्धी नृत्य प्रस्तुत गरिएको थियो ।
मह जोडीको ग्रुपले आफ्नो प्रस्तुती को माध्यमबाट दर्शकहरूलाई मरिमरि हंसाउनुको साथै नेपालको समसामयिक समस्यालाई प्यारोडि गीतको शैलीमा गाएर मनोरंजन दिनुका साथै देशको स्थितीलाई व्यंग्य गर्दै चेतानामुलक संदेश दिनुभएको थियो । यसै गरि कलाकार माण्डवी त्रिपाठी को « सिमपल सिमपल नानीको डिम्पल पर्ने गाला » र अरू पनी गीतहरू र हाउभाउले दर्शकलाई छमछम नचाउन सफल हुनुभयो भने स्वयंसेवकहरूलाई दर्शकलाई कन्ट्रोल गर्ना समेत हम्मे हम्मे परेको थियो ।

mahajatra-3

कार्यक्रम सफल पार्न विभिन्न भै परि आउने व्यवस्थापन मा वरिष्ठ उपाध्यक्ष अधिवक्ता सुर्वण विक्रम हमाल,टिकट व्यवस्थापन कोषाध्यक्ष मिन श्रेष्ठ , सचिव शिव (कृष्णा) पराजुली ,म्यूज़िक व्यवस्थापन मा प्रविन सापकोट, अनुज उपाध्याय, कविन्द्र शाक्य ,हल व्यवस्थापन मा चेतभक्त ढुंगना, राजेन्द्र घिमिरे, झलक भण्डारी,राजीव के सी, शैलेश सेन, लाल सोडारी ,नृत व्यवस्थापन अनिता शाक्य, विना के सी ,मुख्य अन्तराष्ट्रिय कलाकारहरू लाई व्यवस्थापन किरण के. सी ( कोर्धी) , सम्पूर्ण फोटो भिडीयो मा सुमन राई ,यसरी कार्यक्रम संयोजक एकेन्द्र मल्लले विभिन्न कार्य विभाजन गरी पूर्व तयारी गराउनु भएको थियो ।

mahajatra-4
नेपालबाट पाल्नु भएका बरिष्ठ कलाकारहरूलाई प्रमाण पत्र र माया को चिनो माहामहिम राजदूत बाट प्रदान गरिएको थियो । यस्तै क्रममा कलाकारहरू र आर्थिक सहयोग गर्ने चन्दा दाताहरूलाई स-धन्यवाद सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।
अन्तमा सभाका सभापती तथा एन आर एन ए फ्रान्सका अध्यक्ष भक्त वाग्लेले कार्यक्रम मा सहभागी संम्पूर्ण कलाकारहरू ,नेपाली राजदूतावास परिवार, एन आर एन ए परिवार, स्वयंसेवकहरू,कार्यक्रम लाई आर्थिक सहयोग गर्ने संम्पूर्ण प्रायोजकहरू र उपस्थित सम्पूर्ण दाजुभाई दिदीवहिनीहरू प्रति धन्यवाद व्यक्त गर्दै कार्यक्रमको विशर्जन गर्नु भएको थियो ।
रात्रीको १० बजे सम्म कलाकार र सहभागीहरू एक आपशमा छुट्टीनै नसक्ने गरी फोटो सेसन , परिचय भालाकुशरी गर्ने कार्यमा व्यस्त थिए ! अधिकारीक कार्यक्रमको समाप्ती पछि वरिष्ठ कलाकारहरूको सम्मान साथै आयोजक संस्थालाई धन्यवाद स्वरूप तेही साँझ नेपाली राजदूत पेरिस की माहामहिम को तर्फबाट रात्रि भोजको आयोजना गरेर स्वागत गर्नुभएको थियो भने भोली पल्टको साँझ कार्यक्रम आयोजक एन आर एन ए फ्रान्सले श्री गणेश रेस्टुरेन्ट मा एक रात्रि भोजको आयोजना गरेर नेपाल देखि आउनुभएका कलाकारहरू प्रति कृतज्ञता प्रकट गर्दै धन्यवाद दियो ।

mahajatra-11