एन आर एन फ्रान्स : निर्वाचन आयोग २०१७ गठन गरिएको सम्बन्धमा
फ्रान्सबासी सम्पूर्ण नेपाली दाजुभाई दिदिबैनिहरु,
यहि अगस्ट २७ तारिख एन आर एन फ्रान्सको माहाअधिवेशन हुन लागेको कुरा सर्वविदितै छ, यस अधिवेशनमा २०१५ – २०१७ को कार्यकालका कार्यसमितिका पदाधिकृतहरुलाई बिदाइ तथा नया कार्यसमिति गठन गरिनेछ । यस पक्रियालाई प्रभावकारी, पारदर्शी तथा प्रजातान्त्रिक तरिकाले सम्पन्न गर्नका निमित्त एन आर एन फ्रान्सको २५ जुलाईमा बसेको कार्यसमितिको बैठकले एक निर्वाचन आयोग गठन गर्ने निर्णय गरेकोछ, यस आयोगको संयोजक संस्थाका प्रमुख संरक्षक श्री हरिहर अर्यालज्यु हुनुहुनेछ, साथै संस्थाका संरक्षक सदस्य श्री मुकुन्द अमात्य ज्यु र तमु समाजकी अध्यक्ष श्रीमती अनिता गुरुङज्यु यस निर्वाचन आयोगको सदस्य रहनुहुनेछ ।
एन आर एन फ्रान्सलाइ प्रजातान्त्रिक तरिकाले नया कार्यसमिति गठन गर्न सहयोग गर्नुहुने निर्वाचन आयोगका सम्पूर्ण सदस्य महानुभावहरुलाई अग्रिम रुपमा हार्दिक धन्यवाद ब्यक्त गर्दछौ ।
भक्त वाग्ले
अध्यक्ष , एंव सम्पूर्ण एन आर एन फ्रान्स परिवार ।