फ्रान्सबासी सम्पूर्ण नेपाली दाजुभाई दिदिबैनिहरु,

यहि अगस्ट २७ तारिख एन आर एन फ्रान्सको माहाअधिवेशन मार्फत नया कार्यसमिति गठन गरिने कुरा सर्वविदितै छ । यस पक्रियालाई प्रभावकारी, पारदर्शी तथा प्रजातान्त्रिक तरिकाले सम्पन्न गर्नका निमित्त एन आर एन फ्रान्सको २५ जुलाईमा बसेको कार्यसमितिको बैठकले एक निर्वाचन आयोग गठन गरेको कुरा अघिल्लो सूचना मार्फत सबैलाई जानकारी गराइएको कुरा सर्वविदितै छ ।

गठित निर्वाचन आयोगका प्रमुख आयुक्त तथा संस्थाका प्रमुख संरक्षक श्री हरिहर अर्यालज्युले आफ्नो स्वास्थको कारण निर्वाचन आयोगको कार्यभार पुरा गर्न असमर्थ भएको जनाउनु भएको छ । उहाले आफु आयोगमा बस्न नसकेता पनि माहाअधिवेशनको लागि आफुले सक्ने सहयोग गर्न तयार रहेको जानकारी गराउनु भएको छ । एन आर एन फ्रान्स उहालाई हार्दिक धन्यवाद दिदै उहाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

यसै सम्बन्धमा  ७ अगस्त २०१७ मा बसेको एन आर एन फ्रान्सको कार्यसमितिको आकस्मिक बैठकले निर्वाचन आयोगको पुनर्गठन यसप्रकार गरिने निर्णय गरेको छ ।

 

प्रमुख आयुक्त : मुकुन्द अमात्य

सदस्य : थमन टन्डन

सदस्य : अनिता गुरुङ

 

निर्वाचन आयोगका सम्पूर्ण महानुभावहरुलाई अग्रिम रुपमा हार्दिक धन्यवाद ब्यक्त गर्दछौ

 



भक्त वाग्ले


अध्यक्ष , एंव सम्पूर्ण  एन आर एन फ्रान्स परिवार ।