आदरणीय फ्रान्सवासी नेपाली दिदीबहिनीज्यु हरु

नमस्कार,

हाम्रो एन आर एन फ्रान्स अन्तर्गत २०१४ मा नेपाल एम्बेसी फ्रान्सको आवास स्थित हलमा महिला समिति गठन भएको सबैमा जानकारी नै छ। हाम्रो उदेश्य भनेको महिनाको १ युरोको दरले उठाएर नेपालमा महिलाहरुको स्वास्थ सम्बन्धि सहयोग गर्दै आइरहेको कुरा हजुरहरु सबैलाई अवगत नै छ।

त्यसमा बिगत वर्षमा पनि नेपालमा महिलाहरुको पाठेघर समस्याको विभिन्न ठाउमा क्याम्प राखी सहयोग गरि सकिएको छ। यसै सिलसिलामा यस वर्ष २०१७ को लागि सहयोग रकम दिइसक्नु भएका दिदीबैनीहरु तथा अन्य सहयोगी मनहरुलाई धन्यबाद ब्यक्त गर्दै, बाकी सहयोगी मनहरु तथा दिदीबहिनीहरुले तुरुन्त एन आर एन फ्रान्सकी महिला प्रतिनिधि गीता खनाल थापालाई 06.95.35.92.34 मा सम्पर्क गरि सहयोग रकम दिनुभइ हामीलाई हामीलाई सहयोग गरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ।

 

महिला प्रतिनिधि

गीता खनाल

एन आर एन फ्रान्स

थप जानकारीको लागि NRNA WOMEN FORUM FRANCE फेसबुक मा visit गर्नु होला